बुधबार, भाद्र ३ गते २०८३

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेको वेश्यावृत्तिलाई गैरकानुनी बनाउने वाचा 

कार्तिक १, २०७८ सोमबार
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेको वेश्यावृत्तिलाई गैरकानुनी बनाउने वाचा 

बैधानिकता दिएरै हुर्काइएकाे बिश्वकाे सबैभन्दा ठूलाे तेश्राे बेश्याबृत्ति केन्द्र रहेकाे स्पेनमा त्यहाँकाे शोशलिस्ट पार्टीको तीनदिने महाधिवेशनलाई सम्बोधन गर्दा आइतवार स्पेनका प्रधानमन्त्री पेडाे साञ्जेले वेश्यावृत्तिले महिलालाई दासी बनाउने गरेको बताउँदै अब महिलामाथिकाे याे याैनाचार राेक्ने कानुन बनाउने बाचा गरेका छन् ।

यसभन्दा पहिलास्पेनमा सन् १९९५ मा वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको थियो। सन् २०१६ को संयुक्त राष्ट्रसङ्घको आकलन अनुसार त्यहाँको यौन उद्योग चार अर्ब २० करोड अमेरिकी डलरजतिको थियो।

यसभन्दा पहिला सन् २००९ को एउटा सर्वेक्षणले स्पेनमा तीनमध्ये एक पुरुषले पैसा तिरेर यौन सम्पर्क गरेको देखाएको थियो।

यद्यपि २००९ मै प्रकाशित अर्को एउटा प्रतिवेदनले ३९ प्रतिशतसम्म पुरुषले वेश्यागमन गर्ने गरेको हुनसक्ने सङ्केत गरेको थियो।

सन् २०११ को राष्ट्रसङ्घको अध्ययनले स्पेनलाई थाईल्यान्ड र पुर्टो रिकोपछि वेश्यावृत्तिको सबैभन्दा ठूलो केन्द्र भनेको थियो।
स्पेनमा हाल देहव्यापारलाई नियमन गरिएको छैन। त्यहाँ पैसाका लागि सार्वजनिक स्थानमा बाहेक अन्य स्थानमा देहव्यापार गरे कानुनी कारबाही हुँदैन। तर यौनकर्मी र ग्राहकका बीचमा गरिने दलाली भने त्यहाँ गैरकानुनी छ।

कानुनी बनाइएपछि स्पेनमा यौनकर्मीको सङ्ख्या बढ्न थालेको र अहिले त्यहाँ झन्डै तीन लाख यौनकर्मी महिला रहेको आकलन छ।

सन् २०१९ मा साञ्चेजको पार्टीले महिला मतदातालाई आकर्षण गर्न चुनावी घोषणापत्रमा वेश्यावृत्तिलाई गैरकानुनी बनाउने लेखेको थियो।
त्यस घोषणापत्रमा देहव्यापारलाई “गरिबीको नारीकरणको क्रूर पक्षमध्ये एक र महिलाविरुद्ध हिंसाको सबैभन्दा विकृत रूपमध्ये एक“ भनिएको थियो ।

यद्यपि निर्वाचित भएको दुई वर्षसम्म उनको पार्टीले यस विषयमा कुनै विधेयक निर्माण गरेको छैन।

देहव्यापारलाई कानुनी मान्यता दिनुपर्ने भन्ने पक्षधरहरूले महिला यौनकर्मीलाई यसले ठूलो सहयोग गरेको र सुरक्षित बनाएको बताउँछन्।

तर हालैका वर्षहरूमा महिलाहरूलाई यौनकर्मका लागि बाध्य पारिने विवरणहरू पनि आएको बताइएको छ ।

सन् २०१७ मा स्पेन प्रहरीले पजि छापामारीका क्रममा भेटिएका १३,००० महिलामध्ये ८० प्रतिशत महिलालाई वेश्यावृत्तिका लागि तेस्रो पक्षले बाध्य पारेको बताएको कुरा प्रकाशमा ल्याइएको थियो ।