काठमाण्डौ । लामो समयदेखि स्वाश–प्रश्वासको समस्या झेलिरहेका नेकपा(क्रान्तिकारी माओबादी)का महासचिव मोहन बैद्य ‘किरण’ दमको समस्याले अझ च्यापेपछि हिजो साँझदेखि अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् । उनलाई नर्भिक अस्पताल भरना गरिएको बताइएको छ ।
धेरै उहाँका शुभ चिन्तक, मित्रहरु र कमरेडहरुले उहालाई शिघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गरिरहेका छन् । चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गराउन उचित हुने सल्लाह दिएको बताइएको छ । नेपालपत्र न्यूजडटकम उहाँकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछ ।