सोमबार, आश्विन १९ गते २०८३

गरिमा विकास बैंकले गर्याे अनलाईन भुक्तानी सेवा सुरु


माघ ११, २०८१ शुक्रबार
गरिमा विकास बैंकले गर्याे अनलाईन भुक्तानी सेवा सुरु

गरिमा विकास बैंकले अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ई–कमर्श सेवाको सुरुवात गरेको छ।

नविनतम डिजिटल बैकिङ मार्फत आफ्ना ग्राहकलाई सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ यस्तो सेवा शुरूवात गरेको हो । 

बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्दा अनलाइनमार्फत् भुक्तानी गर्न सक्नेछन् । 

बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गरी सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सक्ने बैंकले जनाएको छ ।

अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटीपी जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास बैंकको छ । 

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।