काठमाडौं । अन्ततः युझ छेडेर निर्दोष मानिसको नरसंहारपछ इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। त्यसैले युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ।
संयुक्त राज्य अमेरिकाको बर्हिगमन हुन लागेके जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको यस युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।
यति बेला अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको बताइएको छ। दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाईको सहमति भएको बताएको छ।
दोहा कतारमा भएको वार्तामा दुवै पक्षका अधिकारीहरूबीच एउटै भवनमा अप्रत्यक्ष वार्ता गर्दै निश्कर्षमा पुगेको समाचारमा जनाइएको छ। अब यो युद्धविराममा भएको सहमति सहमति अनुसार ४८ देखि ७२ घण्टा भित्र लागु हुने बताइएको छ।
सम्पन् सम्झौता अनुसार हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा गर्नेछ। यस्तै युद्धविरामको १६ औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरू हुनेछ।यस युद्धमा अहिलेसम्ममा ४६ हजारभन्दा बढी गाजावासी मारिइसकेका छन् ।
त्यस अघि २०२३ अक्टात्रबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेर ११९५ नागरिकको हत्या र २५१ जनालाई अपहरण गरेर गाजा लगेपछि पछिल्लो युद्ध सुरु भएको थियो।