शनिबार, आश्विन १७ गते २०८३

मुगुमा भयानक बसदुर्घटना ३२ जनाको मृत्यु एक दर्जन बढी घाइते

आश्विन २६, २०७८ मंगलबार
मुगुमा भयानक बसदुर्घटना ३२ जनाको मृत्यु एक दर्जन बढी घाइते

मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको  जनाइएकाे छ। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

busaccient.jpg

दुर्घटनामा नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको  बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारीले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिएका छन्  

 बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।