सोमबार, आश्विन १९ गते २०८३

सिटिजन्स बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने


पौष ३, २०८१ बुधबार
सिटिजन्स बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने

सिटिजन्स बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ उक्त घर कर्जा योजना ल्याएको हो । बैंकले घर कर्जा ७ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएकाे छ । 

उक्त योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ बर्षसम्म स्थिर रहने जनाइएकाे छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर निर्धारण गर्नेछ ।

बैंकका शाखा कार्यालयबाट उक्त योजनाको सुविधा उपभोग गर्न सकिनेछ । अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरूलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड समेत उपलब्ध गराइने बैंकले जनाएको छ । साथै उक्त योजनामा पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको हो । बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।