
-सीताराम थापा
चाडबाडकाे चहलपहलमा गण्डकीप्रदेशमा काेराेना संक्रमण दर फेरि उच्च हुन थालेकाे छ। गएकाे २४ घण्टामा मात्र ७१७ जनामा नमुना परिक्षण गर्दा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे र ५ जनाकाे मृत्यू भएकाे छ। संक्रमितमध्ये ४९ पुरुष र ६३ जना महिलालाई काेराेना भएकाे हाे। प्रदेशका जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा कास्कीमा ७०, स्याङजा १२, बागलुङ ३, म्याग्दी १, तनहु १०, र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण भएकाे हो । यस सगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ९८८ पुग्नु उच्च जाेखिम हाे ।
काेराेना बाट मृत्यू:
कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा नगरपालिका– २२ काे ५६ वर्षीय पुरुष, कास्की माछापुच्छ्रे गाउँपालिका –४ काे ६४ वर्षीय पुरुष, तनहुं शुक्लागण्डकी नगरपालिका –५ काे ७२ वर्षीय पुरुष, स्याङजा विरुवा गापा– ७ काे ४५ वर्षीय पुरुष र म्याग्दी धौलागिरि गाउँपालिका –३ का ७६ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३७१ पुगिसकेकाे छ। त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ५९ पुगेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
काेराेनाकाे सुरुदेखि हाल सम्म गण्डकी प्रदेसमा काेराेना उच्च हुनु तीन तहकाे सरकार, राज्य र सराेकारवाला निकाय बेलैमा संबेदनशील हुनु आवश्यक भएकाे सचेत नागरिक समाजकाे गुनासाे छ।