आइतबार, आश्विन १८ गते २०८३

प्रजातान्त्रिका आन्दोलनका नेता पीएल सिंह रहेनन्

पौष १, २०८१ सोमबार
प्रजातान्त्रिका आन्दोलनका नेता पीएल सिंह रहेनन्

नेपालको लोकतान्त्रिक आन्दोलनका एक समर्पित अथक तथा निष्ठावान योद्धा नेपाली कांग्रेसका पुराा नेता एबं  पूर्वमन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंह (प्रेमलाल सिंह रहेनन् । उनको आज २०८१ पुष १ गते ८५ बर्षको उमेरम निधन भएको छ । उनी मेयर हुँदा उनले नै काठमाण्डाै महानगरपालिका बनेकाे घाेषणा  पनि गरेका थिए । त्यसैले उनकाे निधनमा काठमाण्डाै महानगरपालिकाले उनकाे सम्मानमा महानगरमा बिदा दिएकाे छ ।
 उनको जन्म १९९७ सालमा भएको थियो । पछिल्लाे समय उनी पेट सम्बन्धि बिमारले आक्रान्त थिए ।
नेपाली कागे्स पार्टीसँग गम्भीर मतभेद भएपछि  २०६३ देखियता काग्रेससँग असन्तुष्ट र राजनीतिबाट टाढा रहँदै आएको थिए ।  संघर्षशील तथा  अविवाहित रहेका ती योद्धालाई अल बिदा !