बुधबार, भाद्र ३ गते २०८३

सहकारी अभियानमा संकटका कारण र अबको बाटो


मंसिर २६, २०८१ बुधबार
सहकारी अभियानमा संकटका कारण र अबको बाटो

(१) प्रारम्भ

विश्व बजारमा सहकारीको स्थापनाबारे अबधारणागत विकास

सह = मिलेर, कार्य = काम गर्ने,

ई.सं. १४९८ मा स्कटल्याण्डमा समुन्द्री किनारका भरिया समाज गठन गरी सञ्चालन,

ई.सं. १७५१ मा Mutual fire Insurance cooprative (वेन्जामिन फ्रेन्कलिन) USA

ई.सं. १७६१ मार्च १४ मा स्कटल्याण्डको एरसायरभा (फेवीक जुलाहा समाज)

ई.सं. १८१० मा दुग्ध सहकारी USA (प्राचिन विश्व सहकारी अभ्यास) भएको देखिन्छ । आधुनिक विश्वमा सहकारीको सहभागिता ई.सं. १८ औं शताब्दीबाट शुरू हुन्छ । जसको स्थापना ई.सं. १८४४ मा वेलायतमा उपभोक्ता सहकारी समाज (Rochadale Society of Equitable Poineer) को २८ जनाले उपभोक्ता सहकारी गठन गरी प्रतिव्यक्ति १ पाउण्ड शेयर २८ पाउण्ड गुणस्तरीय खाना र पाकाहरूलाई सुविधा प्रदान गर्नका लागि स्थापना किन ? औद्योगिक क्रान्तिका कारण आधुनिक सहकारी गठन सन् १८६२ मा जर्मनी क्रेडिट युनियन (बचत तथा ऋण सहकारी) फ्रेडरिक विलियम र फ्राञ्ज हरम्यानको पहल ।

नेपालको इतिहासमा २०१० सालमा सहकारी विभागको स्थापना र २०१३ चैत्र २० मा चितवनमा बखान कृषि ऋण सहकारी संस्था स्थापनाबाट शुरू अन्तरराष्ट्रिय सहकारी महासंघद्वारा स्वीकृत सहकारीका ८ सिद्धान्तहरू वर्तमान अवस्थामा नेपालको सहकारी अभियानमा अभ्यासरत अवस्थामा छ ।

१. स्वेच्छिक तथा खुल्ला सदस्यता
२. सदस्यहरूद्वारा आर्थिक सहभागिता
३. सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण
४. स्वयतता तथा स्वतन्त्रता
५. शिक्षा तालिम तथा सुचना
६. सहकारीहरुबिच सहकारीता सहयोग
७. समुदाय प्रतिको सरोकार
८. जलवायू अनुकुलनमा सहभागिता

सहकारीको निरन्तरतामा राज्यद्वारा गरिएका धर्मभकारी, साझा संस्थान, साना किसान कृषि विकास जस्ता विभिन्न अभ्यासहरूको निरन्तरता सँगै २०४८ सालमा सहकारी ऐन र २०४९ मा सहकारी नियमावलीका साथै २०४९ मै राष्ट्रिय सहकारी विकास बोर्डको गठन र सञ्चालन २०६९ मा राष्ट्रिय सहकारी नीति निर्माण र २०७४ मा पुःन सहकारी ऐन ०७५ मा सहकारी नियमावली बन्यो । सहकारी सञ्चालन र व्यवस्थापनमा संविधान २०७२ को प्रस्तावना र संविधानको धारा ५०(३), ५१ (घ) १ २ ३ विभिन्न धाराहरू द्वारा सहकारी सम्बन्धि अधिकार र कार्यान्वयन बारे धारणा सहित संघिय राज्य प्रणाली अनुरूप एकल र साझा अधिकार सहित वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, चुनौती र समाधान सहितको अबको बाटोबारे कार्यपत्र ।

(२) सहकारी क्षेत्रका विशेषताहरू

स्वेच्छिक संगठन, खुला सदस्यता, सेवा भावना, मताधिकार, प्रजातात्रिक व्यवस्थापन, कानूनी अस्तित्व, लाभको वितरण, नगद कारोबार, पारस्परिक सहायता, सरकारी नियन्त्रण, मितव्ययिता र कार्य कुशलता, अन्तर सहकारी सम्बन्ध, ग्रामीण सेवा, स्वाबलम्बनमा आधारित

(३) वर्तमान अवस्था र समस्या

(क) अवधारणागत स्थिति

१. सबैमा बैकिङ कारोबार गर्ने भन्ने सोच (भौगोलिक अवस्था र चेलनाको विकास सृजना नहुनु)

२. सहकारी संचालनबाट संचालकले चांडो पैसा कमाउने तर्फ उन्मुख

३. सहकारीका ८ सिद्वान्तबारे अज्ञानता

४. सहकारी सम्बन्धी राम्रो ज्ञान र तालिम नभएकाहरूले संस्था संचालन गर्नु

५. देखासिकी र रहरले सहकारी संचालन गर्ने

६. कानुन, नियम, विधिको पर्याप्त ज्ञानको अभाव

७. राज्यको कर्मचारीतन्त्र, राजनीतिक दल र नेतामा अस्वस्थ, भ्रामक र नकारात्मक सोच

(ख) नियतमा खोट

१. संचालकको कुनियतले अपचलन

२. घुस खाएर दर्ता तथा क्षेत्र विस्तार

३. ऋणीहरूको ऋण नतिर्ने कुनियत

४. स्रोत नखुलेको पैसा राख्ने थलो

५. संचालकले कृतिम सदस्य र ऋणी बनाई शेयर, निक्षेप र बचतको अपचलन गर्ने

६. व्यवस्थापक तथा कर्मचारीको मनपरी सुविधा

७. अनुदान खाने प्रवृत्ति

(ग) राज्यको निकाय र दायित्व

१. राज्यका निकायमा सहकारी सम्बन्धि गलत धारणा

२. संविधानको धारा-५० (३), ५१ (घ) १ र ३ बारे राज्य उदाशिन

३. सहकारीको जन्म देखि मृत्यु सम्म एउटै संस्था-रजिष्ट्रार कार्यालय

४. विज्ञता नभएका अस्थायी प्रशासक

५. संविधान उन्मुख नीति, योजना र कार्यक्रम तथा बजेट निर्माण र सहकारी प्रवर्धनमा ध्यान नपुग्ने

६. नव उदारवादी आर्थिक नीतिबाट प्रभावित

७. अनुगमन, निरीक्षण, नियमन, विषयगत सहकारी प्रवर्धनका लागि आवश्यक प्रभावकारी संयन्त्र कानुनको अभाव (४७ वटा कानून)

८. जनताको सम्पत्तिको रक्षक राज्य वन्नुपर्ने अवस्थाबाट उदाशिन

९. दण्डहिनता, अराजकता

(घ) संचालक, बचतकर्ता तथा ऋणीको मनोविज्ञान

. संचालकका कुनियतको कारण आफ्‌नो अनुकुलमा निक्षेप रकमान्तर

२. ऋणीले ऋण नतिर्ने कुनियत

३. सहकारीहरू स्वनियमनका सामाजिक अभियान हुन भन्ने बिर्सनु र कानुनी नियामक निकायबाट नियमन गराएर अनुमोदित नगराउनु

४. संचालक समितिका सदस्य र व्यवस्थापकमा सदाचारीता र मुल्य निष्ठाको प्रश्न उठ्ने कार्यगर्नु र लेखा सुपरिवेक्षण समितिले आफ्नो भुमिका पुरा नगर्नु

५. अपचलनको हल्लाको नकारात्मक प्रभाव बचत कर्तामा पर्दा विधिमा चलेका संस्थामा बचत फिर्ताको चाप

६. अनुदान खाने मात्रै ध्याउन्न सहकारी झोले संस्था, नक्कली संस्था, अस्थायी कार्यक्षेत्र, अस्थायी सदस्य

७. सहकारी संस्था, संघ, महासंघमा नेतृत्व हत्याउने प्रवृत्ति (अनियमित गर्ने, ढाकक्षेप गर्ने, द्रूपयोग गर्ने, पक्षपात गर्ने मनशाय)

८. ब्याज बढी पाउने लोभमा अबैध श्रोत जम्मा गर्ने र बिना मिहेनत कमाईको अपेक्षा

९. ब्याज र सेवा शुल्कको अनिश्चितता

(ङ) दल, नेता र सहकारी अभियान

१. सहकारी बारे गंभीर नभएको, अस्पष्ट रहेको

२. अनियमितताका लागि र अनियमितको ढाकछोपमा राजनैतिक हस्तक्षेप

३. सहकारी आन्दोलन बिनाका सहकारी नेता

४. हल्लामा सहकारी प्रति धारणा बन्ने बनाउने

५. सहकारीको मुल्य, मान्यता र सिद्धान्त बदनाम गर्ने नव उदारवादी पूँजीवादी प्रचार र प्रभावको लहैहलैमा फस्नु

(च) परिस्थिति जन्य समस्या

१. मुद्रा स्फिति

२. अन्तर्राष्ट्रिय घटना कमको प्रभाव

३. उत्पादनको बजारिकरणको समस्या

४. शीतभण्डारको अभाव

५. लगानीको दायराको अनिश्चयता

६. उत्पादित उपजको बजार प्रर्वधनमा नेपाल सरकारको स्वामित्वमा रहेका १९ वटा कृषि बजार भित्र व्यवस्थापन नहुनु र थप बजार संघात्मक राज्य व्यवस्था अनुसार तयार नगर्नु

७. उत्पादनमा लगानी हुने कर्जा प्रवाहमा राष्ट्र बैंक को मौद्रिक नीति आकर्षक नहुनु

(छ) कानुनी मापदण्ड र दर्ता प्रक्रिया

१. अपारदर्शी दर्ता प्रक्रिया-क्षेत्र विस्तार घुस

२. एकाघरका स्वयम संचालक हुने

३. स्वनियमन र स्वयतता संस्था हो भन्ने भाष्यको कारण नियमक निकायको अनुशाासनको कानुनी हस्तक…

(४) निदानको बाटो

(क) सहकारीको ८ प्रमुख सिद्धान्तको जगमा आधुनिक परिभाषा अन्तरराष्ट्रिय सहकारी महासंघ द्वारा स्वीकृत सहकारीताको ८ वटा सिद्दान्त

– स्वेच्छिक तथा खुल्ला सदस्यता

– सदस्यहरूद्वारा आर्थिक सहभागिता

– सदस्यहरूद्वाराप्रजातान्त्रिक नियन्त्रण

– स्वयतता तथा स्वतन्त्रता

– शिक्षा तालिम तथा सुचना

– सहकारीहरूबिच सहकारीता सहयोग

– समुदाय प्रतिको सरोकार

– जलवायू अनुकुलनमा सहभागिता

– सुचना तथा विज्ञान प्रविधिको विकासमा आधारित उत्पादन (नेपालको संविधान र ओथिक निति निजि, सहकारी र सरकारी)

(ख) वर्गिकरण एवं व्यवसायिकरण

– साना, ठुला पूजि वर्गिकरण

– चरीत्रगत वर्गिकरण

– सेवा, सुविधा, प्राथमिकताको वर्गिकरण सहित केन्द्रीकरण

– आधारभुत जनता लक्षित, पूजि निर्माण लक्षित वर्गिकरण

– उत्पादन, भण्डारण, बजार, वितरण/निर्यात व्यवस्थापन

– अनुउत्पादक श्रम शक्तिलाई उत्पादन तथा श्रम सहकारी मार्फत औधोगिक क्षेत्रमा रूपान्तरण गरी रोजगारीको अवसर सिर्जना गर्ने

– कच्चा पदार्थ र अनुउत्पादक रहेको श्रम शक्ति तथा पूँजीलाई सहकारीको माध्यमबाट प्रयोगमा ल्याईने

(ग) संविधान अनुसार सहकारी प्रर्वधन समाजवादको आधार निर्माण, तीन खम्बे अर्थतन्त्रको व्यवस्था कार्यान्वयन गर्न, निष्ठावान, सक्षम, इमान्दार र गतिशील नेतृत्व विकास, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि गुणस्तरीय एवं दिगो विकास

(घ) उत्पादन शक्ति र उत्पादन सम्बन्ध-उत्पादन र न्यायिक वितरणको खाका

(ङ) भू-राजनैतिक अवस्था र हाम्रो अस्तित्व पञ्चशीलको सिधान्तको आधारमा परराष्ट्र नीति

(च) बैचारिक राजनितीक कार्यदिशालाई संविधान २०७२ को कार्यदिशा आर्थिक संरचना र राज्यको मार्ग दर्शक सिद्वान्त अनुरूप कार्यान्वयन गर्दै जाने

(छ) नीति, कानुन, नियम, संरचना र नियतमा परिवर्तन/सुधार

(ज) सहकारी ऐन २०७४ र नियमावली २०७५ ले निर्देश गरे बमोजिमका कार्य गर्न कानूनी प्रकृया पुरा गरी कार्यान्वयन र उत्पादनमुलक सहकारी क्षेत्रमा कार्य गर्न अवरोध ऐन हटाई सहज ऐन निर्माण र कार्यान्वयन। सहकारी मार्फत समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्न उत्पादन र स्वामित्वको आधारमा सहकारी वर्गिकरण गरी परिचय पत्र उपलब्धता

१. राष्ट्रिय सहकारी नीति २०७९ सुझाब संकलन सहित कार्यान्वयन ।

२. वशिष्टिकृत नियामक निकायको संरचना निर्माण र कार्यान्वयन ।

३. सहकारी अभियानका अभियान्तामा विषयगत ज्ञान र नेतृत्वको विशिष्टता ।

 

(५) अब के गर्ने ?

 

(क) सहकारीताको महत्व र आवश्यकतालाई संविधान अनुकूल बनाउने समाजवादको आधार तयार पार्ने अवधारणाको विकासः

(१) आन्तरिक पूँजी परिचालन

(२) बचतमा प्रोत्साहन

(३) उत्पादनमा व्यापक जन सहभागिता

(४) रोजगारीमा बृद्धि

(५) फजुल खर्चमा कटौती

(६) मध्यस्तकर्ताको उन्मुलन

(७) समन्यायिक वितरण

(८) सट्टाखोरी मुक्त

(९) सामाजिक, आर्थिक सांस्कृतिक धार्मिक एवं राजनीतिक चेतनामा अभि वृद्धि गर्ने ।

 

ख) सरकारद्वारा चालिनु पर्ने कदम

१. बचतकर्ताको शेयर निक्षेप र बचतकताको पूंजीको संरक्षण संकलन प्रोसाहन गर्दै बचत फिर्तामा ग्यारेण्टी र ऋण असुलीमा न्यायिक सहजीकरण प्रोत्साहन दबाव बढाउने

२. बचतकर्ताको बचत नडुब्ने आश्वासन

३. ऋणीहरूलाई ऋण फिर्ता गर्न अपिल, पेनाल्टी मिनाहा गरी सावा ब्याज फिर्ता गर्न सहजीकरण

४. समुचित तरलताको सुनिश्चितता

५. नियतजन्य ऋण नतिर्नेलाई कानुनी सुविधा बाट वञ्चित गर्ने, कानूनी दबाव दिने

६. संस्थाका संचालक र ब्यवस्थापकद्धारा संस्थाको रकम अपचलन गरेकालाई कानूनि कारबाही गर्ने, सम्पत्ति रोक्का, लिलामी प्रकृयामा लैजाने

७. आवश्यक भए कुलिङ पिरियड राख्ने

 

ग) संघात्मक राज्य प्रणाली अनुरूप प्राधिकरण

१) अवधारणागत परिवर्तनका लागि नीतिगत सुधारको खाका निर्माणको थालनी गर्ने (विज्ञता, राजनीति, अभिमुखिकरण र संगठन)

२) कानुन कार्यान्वयन र कानुन निर्माण

३) सहकारी स्थापना, सञ्चालन, व्यवस्थापन, उत्तरदायित्व, विशिष्टिकृत व्यवसायिकरणका लागि संरचना परिवर्तन

४) सहकारी क्षेत्र व्यवस्थापन गर्न संघात्मक राज्य प्रणाली अन्तरगतको संरचना सहकारी विभाग + सहकारी विकास वोर्ड सहकारी तालिम केन्द्र = प्राधिकरण निर्माण १. महाशाखा २. शाखाहरू ३. उपशाखा निर्माण

घ) सम्पूर्ण सहकारीहरूको सीमावद्व गरेर ब्यालेन्स सीट सहित पुनरताजकिकरण गर्ने र समय सीमा पुनरताजकिकरण गर्न नआउने सहकारी खारेज गर्ने, तिनीहरूको दायित्व पालना गर्न गराउन कानुनी प्रक्रिया अपनाउने

ङ) बचत, पूंजी परिचालन, व्यवस्थापन, ऋण लगानी र तरलताका आधारमा सहकारीहरूको वर्गिकरण

१) कुशल व्यवस्थापन, पारदर्शीता, लगानी, कानुनी परिपालना र तरलताका दायित्वले पर्याप्त तरलतामा सञ्चालित सहकारी

२) कुशल व्यवस्थापन, पारदर्शीता रहँदा रहँदै घट्दो तरलताको शंकटबाट प्रभाव पार्ने दबाव युक्त सहकारी

३) व्यवस्थापनमा गडवडी, निक्षेपको अपचलन, विकृतिको बढ्‌दो प्रभाव, निक्षेप/बचत फिर्ता गर्न सक्ने तत्काल अवस्था नरहेको पूंजी व्यवस्थापनको सम्भावना यूक्त संकटोन्मुख सहकारी

४) व्यवस्थापनमा कुनियत, संचालक द्वारा कानुन, विधि विपरित परिचालन अपचलन, तरलता शुन्यता वा नकारात्मक अवस्थाले संकटग्रस्त

अन्तमा, नेपालको दिगो बिकासको लक्ष्यहरू पुरा गर्न बर्तमान अवस्थाका समस्या तत्काल निराकरण गर्दै सहकारीलाई उत्पादनमा केन्द्रीत गरी राष्ट्रिय अर्थतन्त्रमा दरिलो उपस्थित गराई समाजवाद उन्मुख अर्थ ब्यवस्था निर्माण गर्न आजैबाट कार्यान्वयन गर्ने र सहकारी केवल एउटा प्रणाली मात्र होईन यो एउटा विचार हो भन्ने कुरा सिद्ध गर्ने ।

विश्वलाई फेर्न सक्ने एउटै कुरा भनेको सामान्य जिवनको व्यवहारमा विकसित असिम मानवता नै हो । मानिसहरूले परम्परामा माया आदर गर्नैपर्छ र पारस्परिक सहयोगमा विश्वास गर्नैपर्छ । यो कुनै त्यस्तो कसैले कसैलाई दिने कुरक होइन। हो त हामी आफैले आफै भित्र उमार्नु पर्ने कुरा हो ।

 

– सहकारी केन्द्र नेपालकाे वर्ष पुस्तक २०८१

पाेखरेल नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिव तथा सहकारी तथा गरिबी निवारण विभागका ईन्चार्ज हुन् ।