काठमाण्डौ । आज एक बक्तब्य प्रकाशित गर्दै अखिल नेपाल महिला यूनियनले नेपालगञ्जदेखि काठमाण्डौ पदल आएर हत्या हिंसाको शिकार भएका पीडित महिलाको पक्षमा न्यायको माग गर्दा उनीहरुको धरपकड गर्ने उनीहरुलाई लछारपछार गर्ने र हिरासतमा राख्ने जस्ता दमनकारी कार्य गरेकोमा त्यसको घोर निन्दा र भर्त्सना गरेको छ ।

अखिल नेपाल महिला यूनियन संयोजक सीता सुबेदीले निकालेको बक्तब्यमा भनिएको छ – ‘महिला अधिकारकर्मी रुवी खानको नेतृत्वमा १९ दिन पैदल हिडेर ११ महिलासहीत १४ जनको टोली बडो दुःखकष्टकासाथ नेपालगञ्बाट काठमाण्डौ आई न्यायको माग गर्दा उनीहरुलाई अपमानजनक ढंगले माइतिघर मण्डलाबाट लछार पछार पारी पक्राउ गरिएको र त्यस क्रममा घाइते भएका महिलाहरुथको सही उपचार पनि नगराएको तथा महिला अधिकारकमीृ रुबी खानलाई झूटा आरोप लगाई पक्राउ गरेर प्रहरी हिरासतमा राखेको र प्रहरीले लछारपछार गर्दा घाउचोट लागेकोमा उनलाई उपचार गर्ने अवसरसम्म पनि नदिएकोमा अखिल नेपाल महिला यूनियन यस प्रकारको दमनको तीब्र निन्दा र भर्त्सना गर्दछ । महिला हत्या र हिंसा बिरुद्धको न्यायिक माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका महिलाहरुमाथि भएको अभद्र ब्यहार गरिनु जनताले लडेर ल्याएको लोकतन्त्र बिरुद्धको अपराध हो । दमन बन्द गरियोस्, पक्राउ गरिएकी महिला नेतृ अधिकारकर्मी रुबी खानको तत्काल बिनाशर्त रिहाइ गरियोस् र हत्या गरिएकी बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी र परस्पुर गाउकी बेपत्ता पारिएकी निर्मला कुर्मीका अपराधीहरुमाथि कडाभन्दा कडा कारबाही गरियोस् र पीडित महिलाका परिबारलाई न्याय दिलाइयोस्, अपराधीलाई लुकाउने कुनै किसिमको छलप्रपञ्च र आलेटाले नगरियोस्’ । उनले बलात्कार पछि हत्या गरिएकी किशोरीद्वय निर्मला पन्त र भागिरथी भट््टको बास्तविक दोषीहरु सार्बजनिक गरी कडा कारबाही गर्न पनि जोडदार माग गरेको छ । महिला नेतृ सुबेदी आजै माइतिघर मण्डलामा धरनारत नेपालगञ्जका आन्दोलनकारी महिलाहरुप्रति ऐक्यबद्धता पनि जनाएकी थिइन्।

यसै बीच मण्डलामा धर्नारत महिलाहरुको एक प्रतिनिधि मण्डलले आजै गृहमन्त्रालयका अधिकारीहरुसँग बार्ता गरेको तर त्यहाँ आलेटाले गगरेको आन्दोलकारीहरुलाई धना नदिन दबाव दिएको आन्दोलनकारी महिला टोलीकी नेता सकिना तेलीले बताएकी छन् । उनले सरकारले पीडित पहिलाहरुको समस्या गम्भीररुपमा सुनेर जायज माग पूरा गर्ने र पक्राउउ परेकी महिला नेतृ रुबी खानलार्य रिहा नगरेसम्म धर्ना कार्यक्रम नरोकिने नेपालपत्रसँगको कुराकानीमा बताएकी छन् । उता काठमाण्डौमा हिरासतमा रहेकी रुवी खाँनलाई भने आजै नेपालगञ्ज लगिएको सम्बद्ध आन्दोलनकारी महिलाहरुले बताएका छन् ।