शनिबार, आश्विन १७ गते २०८३

काभा मेन्स भलिबल क्लब नेसन्स  लिग भाेलि बाट नेपालमा हुँदै: एक जानकारी


मंसिर २१, २०८१ शुक्रबार
काभा मेन्स भलिबल क्लब नेसन्स  लिग भाेलि बाट नेपालमा हुँदै: एक जानकारी

-सीताराम थापा
(विशेष प्रतिनिधि) 

नेपालकाे राजधानी काठमाण्डौमा भोलीबाट सुरु हुने काभा मेन्स भलिबल च्याम्पियनसीपकाे तयारी पूरा हुँदै छ। भाेलिबाट शुरू हुने खेलमा नेपालमा एनभिए जितेका गण्डकी प्रदेश भलिबल संघले मालदिभ्सको एचडिसी क्लबको सामना गर्ने भएको छ । भाेलि हुने उद्वघाटन खेल नेपालकाे एनभिए बिजेता हेल्प नेपाल र भारतकाे कालिकाेट हिराेज बिच हुने भएकाे अन्तर्राष्ट्रिय भलिबल रेफ्रि टहल सिंह थापा मगरले नेपालपत्रलाई जानकारी दए।
नेपाल भलिबल संघले शुक्रबार जारी गरेको खेल तालिका अनुसार भोली शनिबारदेखि चलेर आगामि शनिबार फाइनल खेल भब्यताकाे साथ सम्पन्न हुने गरी तयारी गरेकाे भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले जानकारी दिए। 
यस अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिबले च्याम्पियनसीप ट्रफी उद्वघाटन गरेका थिए। नेपालकाे राष्ट्रिय खेल भलिबल खेल्न गण्डकीका चर्चित  खेलाडी च्याम्पियनका लागि रबि के.सि. पनि जापान बाट आएकाे बिषय लाेकप्रिय भएकाे छ। उनी राष्ट्रिय टिममा खेल्ने अवसर पाएमा जापान छाडेर नेपाली भूमिमा राष्ट्रिय खेल खेल्न सक्ने कमेन्टृेटर हेमराज शर्मा र गण्डकी प्रदेश सफल काेच रमेश के. सि. लगायतले बताए। आम दर्शककाे याे चाहाना पूरा गर्न नेपालका राष्ट्रिय मूख्य काेच जगदिश भट्ट पनि युवाहरुलाई राष्ट्रिय टिममा ल्यायर तालिम दिई नेपाली भलिबल लाई उचाइ दिन चाहान्छन्।
नेपालमा हुने यस खेलमा नेपाल बिजेता हेल्प नेपाल, गण्डकी भलिबल, कालिकाेट हिराेज भारत, माल्दिप्स एचडी, र इरान चाेदुरमालु गरी ५ टिमले खेल्ने छन्।

cavamensvolley.jpeg

च्याम्पियनसीपमा सिंगल राउन्ड राेबिन लिग, सेमिफाइनल, तेस्राे स्थान र फाइनल गरि १४ खेल हुने छन। 
खेलकाे प्रत्यक्ष प्रसारण हाम्राे खेलकुद र कान्तिपुर म्याक्सले गर्नेछ।
खेल तालिका अनुसार मंसिर २८ गते तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ भने मंसिर २९ गते फाइनल खेलसहित तेस्रोस्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

cava3.jpeg

बिदेस बाट खेल्न आउने टाेलि लाइ नेपाल भलिबल संघले स्वागत गरेकाे छ।
 
आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले पहिलो पटक आयोजना हुन लागेको काभा पुरुष क्लब च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दैछन् ।
यस अघि नै  हेल्प नेपालबाट खेल्ने १४ जनाकाे टाेलि घाेषणा गरेकाे छ। जस्मा  आर्मिका रविन चन्द ठकुरी, सफल विक, भीम बहादुर गाहा, धन बहादुर भट्ट क्षेत्री र दुर्गा बहादुर खड्काले खेल्नेछन् ।
कप्तान कप्तान सन्जु विक्रम शाह, सुरेन्द्र बम ठकुरी, सुवास कुँवर, चिरन खड्का र मनिष मानन्धर टोलीमा छन् ।

cava4.jpeg
मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको छ । यसअघि टोलीका महत्वपूर्ण सदस्य रहेका अमृत केसीलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
यस पटक हुने काभा भब्यरुपमा नेपालले आयाेजना गर्नु राष्ट्रिय खेल भलिबल र नेपाल भलिबल संघकाे अहं भूमिका रहेकाे छ।

गण्डकीको टोली घाेषणा: 
आउट साइड हिटर – खोम प्रसाद पाण्डे ‘हरि’ (कप्तान), रवि केसी, सरोज वर्देवा, साहिल कुमार र हिमांशु त्यागी
सेटर – विवश आले, दुर्गा प्रसाद महतो र राजन थापा
मिडल ब्लकर – हिमाल सुनारी, हरि बहादुर अधिकारी, इन्द्र बहादुर विक र प्रिन्स
लिवेरो – कुन्जन शाही ठकुरी र ईश्वर थापा
मुख्य प्रशिक्षक – रमेश केसी
सहायक – शंकर गुरुङ र उत्तम थापा
टिम व्यवस्थापक – टुक बहादुर गुरुङ
फिजियो – डाक्टर अनुप

-* थापा विशेष प्रतिनिधि एवं सामाजिक अभियान्ता हुन।