
अरविन्द रिमाल
याे हाेमर श्रेष्ठले जुटाइदिएर समयले जुर्याएकाे सुयाेग थियाे। यिनलाई Iconic Leftist- Revolutionary of the Cuban Revolution काे सम्बाेधनले सम्मान गरिन्छ। पछि यिनकाे छवि Symbol of the Struggle of the Entire Latin American Peoples Against US Imperialismकाे रुपमा विश्वविख्यात भयाे।
यिनीसँग मेराे एकतर्फा परिचय 1959 काे May- June तिर भएकाे लाग्छ, मलाई। डायरी नराख्ने म मनुवा सम्झनाकै भरमा परी लेख्ने गर्छु। तिथिमिति तलमाथि पर्न गए, क्षमायाचना गर्छु।
तिनताक नेपालकाे साथै विश्व राजनीति तातेकाे थियाे। मुलुकका मूल राजनीतिक दलहरु आमचुनावविरुद्ध राजा महेन्द्रका अनवरत चलखेललाई भद्र अवज्ञा आन्दाेलनद्वारा माथदिंदै पहिलाे आमचुनावकाे साक्षात्कार गर्दै थिए। अर्काेतिर,एकअर्काविरुद्ध घनघाेर चुनाव प्रचारमा पनि डुबेका थिए।तिनैताका तिब्बती धर्मगुरु दलाई लामा ठूलाे दलबलसहित हिमालय पार गरेर नेपाल र भारतीय भूमिमा निर्वासनका लागि पसिरहेका थिए । उता दक्षिण अफ्रिकाकाे अमानवीय गाेरा नश्लवादी शासनविरुद्ध उत्तिकै iconic अधिवक्ता Nelson Mandelaकाे नेतृत्वमा शान्तिपूर्ण सङ्ग्राम चलिरहेकाे थियाे। त्यसैबीच साेभियत रुसका मतान्तरवादी साहित्यकार Boris Pasternakलाई उनकाे Doctor Zivago नामक कृतिवापत साहित्यमा लागि Nobel Prize दिईँदाकाे समर्थन र विराेधका शब्द अखबारका पानामा छाइरहन्थे। तर प्रधानता क्यारिबियन क्षेत्रकाे क्यूबा नामकाे देशमा अमेरिकी साम्रज्यवादकाे पिट्ठू शासककाे विरुद्ध युवा अधिवक्ता Fidel Castroकाे नेतृत्वमा सशस्त्र सङ्घर्षले व्यापकरुप लिइरहेकाे समाचारले पाइरहेकाे थियाे। पछिका सुप्रसिद्ध पत्रकार Harisson Salisbury( मलाई सम्झना भए अनुसार)ले ती घटनाकाे प्रत्येक विवरण , Joseph Stalinले कुनै एक प्रकरणमा आफ्ना कार्यकर्ताहरुलाई भनेकाे भनी आफूले पढेकाे आधारमा , अमेरिकी कुशलताअनुसार तर राेमाञ्चक तरिकाले New York Timesमा दिन्थे। यिनी तिनताक NYT का विशेष सम्वाददाता थिए।
दलाई लामा र पास्तरनाक प्रसङ्ग कम्युनिष्टशासनमा " धर्म , जातीय विशिष्टता तथा लेखन स्वतन्त्रता" काे दमनका ज्वलन्त उदाहरण भनेर नेपाली काङ्ग्रेस नेतृत्व र त्यसकाे शनशनीदार प्रवक्ता " कल्पना" दैनिक नेपाल कम्युनिष्ट पार्टीमाथि निन्दा- लाञ्छना वर्षाउँदथ्याे भने आफ्नाे तर्फबाट नेकपा मुखपत्र "नवयुग"सक्दाे प्रतिवाद गर्न चुक्दैनथ्याे। संक्षेपमा भन्दा, याे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा घनघाेर शीतयुद्धकाे कालखण्ड थियाे, कदाचित शीतले राप- तापकै रुप लिने जस्ताे।
फिडेलका Comrade- in -arms!
चुनावकाे तयारी र प्रचार, प्याफलस्थित Party Headquartersमा पार्टी तथा "नवयुग" सञ्चलान- कार्य बीच म प्रत्यक दिन नयाँ सडककाे झण्डै आमनेसामन रहेका American Library र British Libraryमा विश्व घटनाक्रमसित परिचित हुन पुग्थ्यें। अनि त्यहाँ पढिने अखबारहरुमा Fidelसँगसँगै जसाे Che Guevaraकाे चर्चा पाइन्थाे। फिडेलका " second fiddle" भनिएर तर यी क्यूबाली हाेइनन् अआर्जेटाइनी जातिका कम्युनिष्ट डाक्टर हुन् भन्ने जनाउँदै Che काे परिचय दिइन्थाे।अर्थात्, याे सङ्घर्ष मास्काेकाे उक्साईमा क्यूबाबाहिरकाे कम्युनिष्टहरुले चलाएका हुन् भन्ने देखाउन हुनुपर्छ ।हाे, चे पक्का आर्जेटाइनी कम्युनिष्ट थिए। भारतीय कम्युनिस्ट पार्टी प्रकाशनहरु र तिनताका Cominform काे मुखपत्र "For a Lasting Peace, For a People´s Democracy" त्यस सङ्घर्षबारेका टीकाटिप्पणीमा क्यूबाली कम्युनिष्ट पार्टीले माैखिक समर्थन मात्र दिएर सङ्घर्षबाट आफू अलग्गै रहेकाे बुझिन्थ्याे। क्रान्तिका नेता फिडेल कास्ट्राेले क्यूबाली कम्युनिष्ट पार्टीसँग सहायताकाे आव्हान गर्दा पनि त्यसले सशस्त्र सङ्घर्षकाे समय " परिपक्व नभएकाे " ठानेर त्यसलाई " निम्न- पूँजीवादी युवकाेचित उत्साह" मात्र ठहर्याएको थियाे। पछिकाे घटनाक्रमले चे त प्रधान सेनापति एवम् नेता फिडेलकै आत्मस्वरुप, Comrades- in- arms (सङ्घर्षमा दाैँतरी), परम मित्र एवम् सल्लाहकार भएकाे पुष्टि गर्याे । यता क्यूबाली कम्युनिष्ट पार्टीले आफैँलाई आफ्नाे जडसूत्रवादबाट मुक्त गरी क्रान्तिकाे नि:शर्त समर्थन- अनुमाेदन गर्दै फिडेललाई पार्टी- नेतृत्व हस्तान्तरण गर्याे । उदारमना क्रान्तिकारी फिडेलले मित्रशक्तिलाई कमरेड बनाउन कुनै कसर बाँकी राखेनन्। यी सबै उदात्ततामा चेकाे अदृश्य याेगदान अवर्णनीय नै भएकाे स्वतः सिद्ध छ।
क्यूबाली क्रान्तिले क्यूबाकामा जनतालाई आधुनिक दासत्वबाट मुक्ति, राजनीतिक स्वतन्त्रता प्रदान गरी राष्ट्रिय स्वाभिमानकाे पुनर्स्थापनकाे विजयमाला पहराई दियाे। क्रान्तिकारी नयाँ व्यवस्थाले आफ्नाे आभारस्वरुप चेलाई फिडेलसँगसँगैकाे मानसम्मान दियाे , साथै राष्ट्रिय अर्थतन्त्रकाे जिर्णाेद्दार गर्न- गराउन अर्थमन्त्री एवम् राष्ट्र बैंकका गभर्नरकाे गहन जिम्मेदारी पनि सुम्प्याे।
चिकित्साविज्ञानका डाक्टर राष्ट्रिय आर्थिक दूरावस्थाकाे शल्यक्रिया तथा त्यसपछिकाे अत्यावश्यक उपचारमा जुटी हाले । जनतालाई, शब्दकाे सही अर्थमा, सुसूचित गर्ने ध्येयबाट राजधानी नगर हभानाकाे सुविख्यात क्रान्तिकारी चाेकबाट र देशका कुनाकाप्चाबाट फिडेल र चेका गगनभेदी आवाज गुञ्जिन थाले-- अमेरिकी साम्राज्यवादका नयाँ अनिष्टकारी चलखेल र हस्तक्षेपका विरुद्ध । किनभने " "उदारवादी" राष्ट्रपति जाेन केन्नेडी आफ्नै पूर्ववर्ती सैन्यवादी जर्नेल आईजनहावरले नै नामाकरण गरेका United States -Military- Industrial Complexकाे तिक्डममा परेर Bay of Pigsकाे दुस्साहसिक आक्रमणकाे तयारीमा लागिसकेका थिए। ( यहाँ के पनि स्मरणीय छ भने , त्यै Complex अमेरिकाे अदृश्य परन्तु वास्तविक सरकार हाे । त्यसकै याेजनामा बैकिङ्ग सम्राट Rothschildकाे मिलेमताेमा भएकाे केन्नेडीकाे हत्याकाे रहस्य धेरैअघि उदाङ्ग भएकाे छ, अमेरिकामै)
चेकाे कार्यकालमा पार्टी कार्यकर्ताकाे कतै कुनै हालीमुहाली भएन। तानाशाह Batistaले आफ्नाे शासनकालमा लुटेकाे धनसम्पत्ति हामीले त्यति महिनामै लुटेर ऐश्वर्यभाेग गर्नुपर्छ भन्ने संस्कार क्यूवामा न जन्मियाे, न त पलायाे नै जुन अपराध हामीकहाँ पुनर्स्थापित प्रजातन्त्रवादी वा वामपन्थी ऐश्वर्य भाेगकाे प्रवृत्तिले ल्यायाे र जसलाई चरम विकृतरुपमा वर्तमान " लाेकतन्त्रवाद " तथा "गणतन्त्रवाद"ले पुर्याइरहेकाे छ।

सच्चा अन्तर्राष्ट्रियतावादी चे
एकाएक एक दिन चेले आफ्नाेे क्यूबाली दायित्व फिडेलकाे शाेकसंतप्त मञ्जुरी त भए पनि तर उनलाई र समस्त क्यूबाली जनतालाई रुवाएर कुनै अज्ञात देशमा अमेरिकाली साम्रज्यवादकाे विरुद्ध आफ्नाे अन्तर्राष्ट्रियतावादी दायित्व निर्वाह गर्नजाने समाचार आयाे। संसारभरि अडकल- अनुमानकाे बजार तात्याे। USMIC यस खबरबाट अचम्भित तर चनाखाे भएकाे पुष्टि हुन धेरै समय लागेन। चे बाेलेभियाकाे जङ्गल पसेकाे खबर पनि प्रकाशमा आउन बेर लागेन।
सबभन्दा अचम्म त चेकाे व्यक्तित्व र राजनीतिक दिशालाई लिएर चीनकाे तत्कालीन पार्टी- नेतृत्व र उसकाे "साेभियत संशाेधनवादविराेधी" विश्व -शिविरमा आबद्ध अति "वामपन्थी" समूहले चलायाे। अमेरिकी साम्राज्यवाद आफ्नाे नृशंस अभियानमा चुपचाप जुटी हाल्याे। उ चेविरुद्ध विभिन्न ल्याटिन अमेरिकी देशहरुमा खाेटाे राष्ट्रिय मुक्ति माेर्चा गठन गर्दै गयाे, जुन कुराकाे पुष्टि अमेरिकाकाे दानवी गुप्तचर संस्था CIA आफैँले केही वर्षअघि गरेकाे खुलासा CNN TVले गरेकाे स्मरणीय छ।
सबभन्दा पहिला त,चेलाई anti- Soviet भनेर बदनाम गर्न थालियाे, अर्थात्, आफ्ना जनताकाे शाैर्यमा विश्वस्त हुँदै विविध क्षेत्रमा साेभियत संघकाे अमूल्य सहयाेग प्राप्त गर्दै आइरहेकाेे फिडेल नेतृत्वप्रति अविश्वासकाे बीउ राेपियाे। यसकाे लाभ पूरै साम्राज्यवादी सत्ता र तिनका भराैटेले उठाए।
यथार्थमा चे न त फिडेलकाे नीति वा नेतृत्वप्रति विमति राख्दथ्ये, न उनी साेभियतविराेधी नै थिए। उनी त साेभियत संघकाे मित्रताकाे अर्थ एवम् महत्व फिडेलजत्तिनै जान्दथे जुन कुरा उनले आफ्नाे साेभियत - भ्रमणकालमा मास्काे विश्वविद्यालयमा आयाेजित दीक्षान्त समाराेहमा दिएकाे मैलेे तिनताकाे Moscow News पत्रिकामा पढेकाे थिएँ। मलाई अहिले चेकाे जीवनीलेख्ने एकजना साेभियत पत्रकारकाे सम्झना भइरहेछ, जसले यथार्थमा चेकाे सही जीवनवृत्तान्त लिपिबद्ध गरेका थिए। त्याे बेजाेड रचनाका सर्जककाे नाम मलाई सम्झना छैन, त्याे पुस्तक मैले कसलाई पढ्न दिएँ,त्याे पनि बिर्सेँ।
लमलाई सन् 2004काे September महीनामा बेलायतकाे Coventry विश्वविद्यालय हेर्नजाँदाकाे घटनाकाे सम्झना भइरहेछ, जसलाई हेर्न त्यहीँ पढ्ने मेराे नाति साैरभले मलाई एकदिनभरि लगेकाे थियाे।
विश्वविद्यालय घुमेर बाहिर निस्कदा एउटा दुईतले घरकाे बाहिरी भागभरि नै, हाम्राे २०४६ सालकाे प्रजातन्त्र पुनर्स्थापना आन्दाेलनताका काे Democratic Wall भन्दा ठूलाे पाटामा चेकाे विशाल आकृति तैलचित्रमा चित्रित दृश्य मैले देखेँ। पत्याइनसक्नुजस्ताे त्याे दृश्य देखदा म निस्तब्ध भएर टक्क उभ्भिएँ।
ओहाे ,काे हाेला, त्याे बहादुर बेलायती नागरिक भनेर म मनमनै गमिरहेकै बेला साैरभले भन्याे: "ड्डाडु, उ त्याे मानिस तिम्राे revolutionary hero हाेइन?" "कसरी चिनिस्,बाबू तैँले ?"-- मैले प्रतिप्रश्न गरें। उसले थप्याे:" तिम्राे political background थाहा पाएर, क्या! अनि मैले Londonमा Piccadilly Streetमा उसकाे portrait बाेकेर मानिसहरुले march गरेकाे देखेकाे छु। उ मलाई extraordinary personality लाग्याे।" याे मेराे नातिकाे political बुझाई थियाे। जेहाेस्, यतिबाट पनि हाम्राे third generationसम्मकाे आदरसम्मान थियाे, त्याे उद्गार।
मेराे " १९९७ देखि२०१७ -- एक अवलाेकन"मा ग्रन्थमा याे घटना उल्लेख छ।
Remember! You are Killing Man
चेले आफूलाई गाेली हानेर मार्न लागेकाे जल्लादलाई चेतावनी दिँदै इतिहासलाई नै चेत दिएका थिए : "Remember, you are killing a man!" वास्तवमा त्याे man साधारण नभएर Maxim Gorkyका शब्दलाई उद्धृत गर्दा MAN थिए।
तर, साम्राज्यवादकाे मानवसित कुनै सम्बन्ध- साइनाे के हुनसक्छ र! त्यसले चेकाे शारीरिक हत्या गर्न- गराउन नपुगेर उनकाे यशश्वी जीवन र कर्मलाई एकातिर disinformation, misinformation,तथ्य- विकृतिआदि माध्यमकाे सहाराले अनगिन्ती प्रकाशनद्वारा उनकाे बाैद्धिक हत्या गर्यागर्यै
गर्याे र छ भने अर्काेतिर त्यसले राजनीतिक बदला लिन भाडाका वा खाेटा " मुक्ति माेर्चाहरु" खडा गरेर जनतालाई दिग्भ्रमित गर्ने चेष्टा पनि छाडेकाे छैन। किन हाेला? किनभने साम्राज्यवाद सत्यसित थर्कमान हुन्छ, र चे एक शाश्वत राजनीतिक निष्ठाका सत्यस्वरुप हुन् जुन तथ्य कदाचित कतिपय मित्र शक्तिहरु पनि बुझ्दैनन्।त्यसैले तिनीहरु मर्मलाइ पन्छाएर सतही कुरालाई प्राथमिकता दिन्छन्।
यहाँ मलाई मेरा सद्गुरुदेव स्वामी सत्यदेवका "गुरु " शब्दबारे उद्गारकाे सम्झना भइरहेछ। अर्थात् , चे शब्दले "ठूलो यश एवम् अपयश पाएकाे छ। जति विकृति यस नामबाट गरिए र गरिन्छन् ती पनि सर्वविदित छन्। तथापि याे शब्द त्यति नै पावन एवम् उज्ज्वल छ जतिकि बिहानीपखकाे सूर्य।"
अन्त्यमा, १९ ओैँ शताब्दीले वैज्ञानिक समाजवादी चिन्तक - दार्शनिक Karl Marx र Frederick Engels जस्ता विशेषणातीत गुरुरुपी Icon पाएकाे थियाे । अनि २० शताब्दीले समग्रमा विश्व कम्युनिष्ट आन्दाेलन एवम् साम्राज्यवादविराेधी राष्ट्रिय मुक्ति आन्दाेलनकाे परिवेशमा Vladimir Ilych Lenin, Rosa Luxemburg, Ho Chi Minh, Fidel Castro, Ernest Che Guevara , Patrice Lumumba, Salvador Allende, Nelson Mandela र विशुद्धरुपमा नागरिक- मानव अधिकार आन्दाेलनकाे हकमा Martin Luther King जस्ता विशिष्ठ Icon हरुका जीवन तथा कर्मकाे दर्शन गरायाे। बीचबीचमा अरु कतिपय पनि त्यस्ता प्रतिभा देखा नपरेका हाेइनन् तर तिनीहरु आआफ्नाे पछिल्लो कर्महरुका कारण ओइलाएकाे पनि सर्वविदितै छ। तथापि यहाँ अमेरिकी CIAसञ्चलित राज्यीय आङ्कवादका ताराे भई हत्या गरिएका Lumumba, Che Guevara,Martin Luther King( jr) र Salvador Allende जस्ता Iconहरु बाहेक एकजना बेग्लै खालका Icon काे उल्लेख हुन छुटेमा हाम्राे प्रस्तुति सङ्कीर्ण वा जडसूत्रवादी ठहर्न सक्नेछ। अर्थात् यहाँ
सन्दर्भ अमेरिका वा अन्य पश्चिमी राज्यीय आतङ्कवादका त शिकार हाेइनन् तर फाशिष्ट भारतीय हिन्दू fundamentalist सङ्गठन RSS काे आततायीबाट नृशंसतापूर्वक हत्या गरिएका अहिँसा आचार संहिताका मूर्धन्य अभियन्ता महात्मा गान्धीकाे पनि उल्लेख हुनु सर्वथा उचित ठहर्नेछ, जाे प्रार्थनासभामा जाँदाजाँदै "हिन्दु" आतङ्ककारीकाे गाेलीबाट मारिएका थिए।
आजलाई यत्ति शब्दसुमनद्वारा चे ग्वेभाराकाे अमर कर्तृत्वकाे जयजयकार गर्दै जय नेपालकाे अभिवादन !
अरबिन्द रिमालकाे मुहारपुस्तिकाबाट - साभार