चिनियाँ सभ्यताको सहस्राब्दी पुरानो ज्ञानलाई समेट्ने चिनियाँ भाषा एक महत्वपूर्ण सार्वजनिक सांस्कृतिक उत्पादन - शी जिनपिङ
चीनका राष्ट्रपति शी चिनफिङले बेइजिङमा हिजो शुक्रबारदेखि सुरु भएको सन् २०२४ को विश्व चिनियाँ भाषा सम्मेलनलाई बधाई पत्र पठाएका छन् ।
पत्रमा उनले कन्फ्युसियस इन्स्टिच्युटको स्थापनाको २० औं वार्षिकोत्सवका अवसरमा बधाई समेत दिएका छन् ।
चिनियाँ सभ्यताको सहस्राब्दी पुरानो ज्ञानलाई समेट्ने चिनियाँ भाषा एक महत्वपूर्ण सार्वजनिक सांस्कृतिक उत्पादन हो जुन चीनले विश्वमा योगदान पुर्याएको छ।
चिनियाँ भाषाको शिक्षा सञ्चालनका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र सहजीकरण गर्नु चीनको दायित्व रहेको शीले बताए ।
सम्मेलनले अन्तरसम्बन्ध र एकीकरणलाई अभिवृद्धि गर्ने, सहमति निर्माण गर्ने, भाषिक सम्पर्क, समझदारी र पारस्परिक विश्वास तथा सभ्यताहरूबीच पारस्परिक शिक्षाको पुल निर्माण गर्ने प्रयास गर्ने र मानवजातिको साझा भविष्यसहितको समुदाय संयुक्त रूपमा निर्माण गर्न योगदान पु¥याउने विश्वास शीले व्यक्त गरे ।
"इन्टरकनेक्सन, इन्टिग्रेसन, इनहेरिटेंस, इनोभेसन" अर्थात 'अन्तरसम्बन्ध,एकीकरण, उत्तराधिकार र नबिनता' भन्ने मूल नाराका साथ सन् २०२४ को विश्व चिनियाँ भाषा सम्मेलन चिनियाँ शिक्षा मन्त्रालयले आयोजना गरेको हो ।
हिजाे शुक्रबारदेखि भाेलीआइतबारसम्म चल्ने सम्मेलनमा सरकारी अधिकारी, विद्यालयका प्रिन्सिपल, विज्ञ, विद्वान्, शिक्षक तथा विद्यार्थीका प्रतिनिधि, १६० भन्दा बढी देश र क्षेत्रका कूटनीतिक दूत गरी दुई हजारभन्दा बढी सहभागी रहेको बताइएको छ ।