आइतबार, आश्विन १८ गते २०८३

साम्राज्यबादकाे उक्साहटमा पेलेस्टिनीहरूकाे जन संहार गर्ने इज्रायली विस्तारवादकाे घाेर विराेध


कार्तिक २६, २०८१ सोमबार
साम्राज्यबादकाे उक्साहटमा पेलेस्टिनीहरूकाे  जन संहार गर्ने   इज्रायली विस्तारवादकाे घाेर विराेध

काठमाण्डौ । प्यालेस्टिनी जनता माथि इजरायलकाे जनसंहार बिरुद्ध, संयुक्त अभियान नेपालको आयोजनामा काठमाण्डौ लाजिम्पाटस्थित इजरायली दूतावास ज्ञापनपत्र दिने कार्यक्रम सम्पन्न भएको छ। इजरायली दूतावास मार्च लिखित ब्यानर र इजरायलले साम्राज्यबादको उक्साहटमा  गरेको जनसंहार विरुद्ध विभिन्न प्लेकार्डका साथ रत्नपार्कबाट बिश्वज्योति हल, दरबार मार्ग, नागपोखरी, उत्तरढोका हुँदै लाजिम्पाटको केजी टावरमा पुगेपछि प्रहरीले जुलुसलाइ अगाडि बढ्न रोकेको थियो ।

sikudarity2.jpg
राजनीतिक दलका नेताहरू, बृहत् नागरिक आन्दोलनका प्रतिनिधिहरू, मानव अधिकारवादी संगठन, पेशारब्यवसायगत संगठनहरू, ट्रेड युनीयन संगठनहरू, महिला अधिकारवादी संगठनहरू, विद्यार्थी र युवा संगठनहरू एवम् बिभित्र संस्थाहरूका प्रतिनिधिहरू तथा सामाजिक जीवनका सम्मानीत ब्यक्तित्वहरू समाहित रहेकाे  सो जुजुश बाटैमा धर्नाृ बसेर इजरायलले गाजा र लेबनानमाथि मच्चाएको नृशंश जन संहार तथा स–साना शिशु र बालबालिका,, महिला, बिरामी लगायत निर्दोष र निहत्था र निर्दाेष प्यालेस्टिनी नागरिकहरू मार्ने, दमन गर्ने , खाद्य सामाग्री पानी बिजुली, ओसधीमूलो केही पनि नदिएर घोर अमानबीय आतंक माच्चाएकामा त्यसकाे तीब्र निन्दा र भत्र्सना गदै र युद्ध रोक्न, हत्या रोक्न र प्यालेस्टिीहरुको स्वाधीन राज्य फिर्ता गर्न जोडदार माग गदै आततायी इजरायल त्यसलाई मद्दत गनेृ बिश्व सामज्यबादको ताण्डब नृत्यको घोर निन्दा र बिरोध बक्ताहरू चित्रबहादुर केसी, देब गुरूङ्ग र श्याम श्रेष्ठहरूले बाेलेका थिए

Ryali.jpg

दूतावासमा बुझाउन तयार पारिएको ज्ञापनपत्रको  व्यहाेरा यसप्रकार रहेकाे छ :

महामहिम राजदूत महोदय,
इजरायली राजदूतावास,
लाजिम्पाट, काठमाण्डौँ, नेपाल 

महामहिम,

हामी बिभित्र क्षेत्रका नेपालका जनता, जसभित्र राजनीतिक दलका नेताहरू, बृहत् नागरिक आन्दोलनका प्रतिनिधिहरू, मानव अधिकारवादी संगठन, पेशा/ब्यवसायगत संगठनहरू, ट्रेड युनीयन संगठनहरू, महिला अधिकारवादी संगठनहरू, विद्यार्थी र युवा संगठनहरू एवम् बिभित्र संस्थाहरूका प्रतिनिधिहरू तथा सामाजिक जीवनका सम्मानीत ब्यक्तित्वहरू समाहित रहेका छन्, तपाईँको राजदुतावासमा महामहिमसमक्ष बिरोधपत्र प्रस्तुुत गर्न उपस्थित भएका छौँ । तपाईँको सरकारले हिजोआज गाजाक्षेत्र र लेबनानमा जुन प्रकारको आम जनसंहार र जातीय सफाया चलाइ रहेको छ त्यसकै बिरुद्धमा हाम्रो भर्त्सना, सशक्त प्रतिवाद र असहमति यो विरोधपत्रमा सन्निहित रहेको छ । 

मानवीय विवेकले हामीलाई यो विरोधपत्र प्रस्तुत गर्न बाध्य बनाएको छ किनभने कुनै पनि मानिस चुप लागेर बस्न सक्दैन जब कुनै पराया सरकारले एक बर्षको बीचमा नियतपूर्वक ४४ हजारभन्दा ज्यादा निर्दोष प्यालिस्टिनीको निर्मम हत्या गर्दछ जसमध्ये झण्डै ७० प्रतिशत त बालबालिका र महिला हुन्छन् । त्यसमाथि थप, यही अवधिमा गाजा क्षेत्रको आधा भन्दा ज्यादा घर र अस्पतालहरू तथा दशमा आठ विद्यालयहरूलाई भग्नावशेषमा बदल्ने कार्य भएको छ । यिनै कार्यहरूको फलस्वरुप भय र आतङ्कका कारण १९ लाखभन्दा ज्यादा प्यालिस्टिनीहरू आफ्नो भूमि र बासस्थानबाट बिस्थापित भएका छन् । संसारको कुन मानिस शान्तिपूर्वक निदाउन सक्छ जब गाजा र पश्चिमी किनारमा थप अन्य हजारौँ बालबालिकाहरू, बृद्ध–बृद्धाहरू र गम्भीर ढंगले बिरामी भएका मानिसहरू खानेकुरा, जीवनयापनका जरुरी वस्तुहरू, र जीवनबचाउने इमर्जेन्सी औषधिहरूको समेत आपूर्तिलाई रोक्नाको कारण निकै चाँडै मर्ने पक्कापक्की भइरहेछ ? गाजामा गोलीबाट बर्षभरिमा मर्ने मानिसको संख्याभन्दा आपूर्तिको रोकावटबाट मर्ने मानिसको संख्या बढी हुन जाने कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । विश्वको कुनै पनि मानवतावादी तुलोबाट जोखेपनि तपाईँको सरकार र सेनाले गरेका यी गतिविधिलाई निर्विवाद रुपमा युद्ध अपराध र राज्य आतङ्क भनेर नामाकरण गर्न सकिन्छ । अतः हामी यसको घोर भर्त्सना गर्दछौँ । 

सारा विश्वलाई थाहा छ–तपाईँहरूले यस्तो कृत्य गर्ने दुस्साहस साम्राज्यवादी महाशक्ति संयुक्त राज्य अमेरिका र उसका मित्रशक्तिहरूको आडभरोसामा गर्नु भएको हो । साम्राज्यवादी शक्तिकै आड्भरोसाका कारण संयुक्त राष्ट्र संघ जस्तो विश्व संस्थाले प्यालेस्टाइन बारे गरेका निर्णयहरू कैयन् पटक लागू हुन सकिरहेका छैनन् । हामी त्यस्ता साम्राज्यवादी शक्तिहरूको समेत भर्त्सना गर्दछौँ जसले यस्तो घृणित कार्य गर्न उत्प्रेरणा दिईरहेका छन् । 

यस परिप्रेक्ष्यमा हामी महामहिम राजदूतमार्फत तपाईँको सरकारलाई सूचना पुगोस् भनेर भन्न चाहन्छौँ कि खानेकुरा, जीवनयापनका जरुरी वस्तुहरू र औषधिमाथि लागिरहेको रोकावट सदाका लागि समाप्त गर्ने कार्य होस् । साथै, संयुक्त राष्ट्र संघ र मानवतावादी एजेन्सीहरूलाई निर्वाध रुपमा ती वस्तुको आपूर्ति च्यानलसम्म पुग्ने पहुँच प्रदान गरियोस् । हामी माग गर्दछौँ कि आक्रमणका सबै क्रियाकलापहरू, बर्बर जनसंहार र जातीय सफाया जस्ता गतिविधिहरू अविलम्व रोकिनु पर्दछ । इजरायल हमास/हजबोल्लाह र अन्य द्वन्द्वरत पक्षहरूबीच तुुरुन्त अनाक्रमणको सहमति हुनुपर्दछ । जुनसुकै पक्षबाट भएको किन नहोस्, निर्दोष जनताको हत्या गर्नु अपराध हो । युद्धरत पक्षका बीचमा जेजति मतभिन्नता र असन्तोषहरू रहेका छन् ती संयुक्त राष्ट्र संघको मध्यस्थतामा वार्ताको टेबुलमा सम्वाद गरेर हल गरिनु पर्दछ । हामी नेपालीहरू यो कुरा कदापि बिर्सन सक्दैनौ कि नेपाली नागरिक श्री बिपीन जोशी केवल इजरायलमा कृषक विद्यार्थीका रुपमा अध्ययन गर्न आउनुको कारणले हमासको बन्धक हुनपुगेका छन् । अतः उनको यथाशक्य रिहाइको लागि प्रभावकारी कूटनीतिक पहल गर्नु इजरायल सरकारको नैतिक दायित्व हो । इजरायलमा यतिबेला हज्जारौँ नेपाली नागरिकहरू रोजगारी वा अध्ययनका लागि रहेका छन् । उनीहरूको अधिकतम सुरक्षाको बन्दोबस्त गर्नु पनि इजरायल सरकारको नैतिक कर्तब्य हो । 

यो जगजाहेर छ कि प्यालेस्टाइन प्यालेस्टिनी जनताको आफ्नो भूमि हो । जबसम्म विस्थापित प्यालिस्टिनीहरूलाई आफ्नो भूमि तथा निवासमा फर्कन दिइँदैन, तबसम्म प्यालिस्टिनी समस्या कदापि समाधान हुने देखिँदैन । निश्चय पनि यहुदीहरू त्यो सीमारेखाभित्र बसून् जहाँ सुरुमा संयुक्त राष्ट्र संघले उनीहरूलाई राखेको थियो । परन्तु उनीहरूको बिस्तारवाद र राज्य आतङ्कको सहाराले बढी भूमि ओगट्ने लोभ भने प्यालेस्टिनीहरूलाई र सारा संसारलाई कदापि स्विकार्य छैन । 
कार्तिक २६, २०८१

यल हमास/हजबोल्लाह र अन्य द्वन्द्वरत पक्षहरूबीच तुुरुन्त अनाक्रमणको सहमति हुनुपर्दछ । जुनसुकै पक्षबाट भएको किन नहोस्, निर्दोष जनताको हत्या गर्नु अपराध हो । युद्धरत पक्षका बीचमा जेजति मतभिन्नता र असन्तोषहरू रहेका छन् ती संयुक्त राष्ट्र संघको मध्यस्थतामा वार्ताको टेबुलमा सम्वाद गरेर हल गरिनु पर्दछ । हामी नेपालीहरू यो कुरा कदापि बिर्सन सक्दैनौ कि नेपाली नागरिक श्री बिपीन जोशी केवल इजरायलमा कृषक विद्यार्थीका रुपमा अध्ययन गर्न आउनुको कारणले हमासको बन्धक हुनपुगेका छन् । अतः उनको यथाशक्य रिहाइको लागि प्रभावकारी कूटनीतिक पहल गर्नु इजरायल सरकारको नैतिक दायित्व हो । इजरायलमा यतिबेला हज्जारौँ नेपाली नागरिकहरू रोजगारी वा अध्ययनका लागि रहेका छन् । उनीहरूको अधिकतम सुरक्षाको बन्दोबस्त गर्नु पनि इजरायल सरकारको नैतिक कर्तब्य हो । 

यो जगजाहेर छ कि प्यालेस्टाइन प्यालेस्टिनी जनताको आफ्नो भूमि हो । जबसम्म विस्थापित प्यालिस्टिनीहरूलाई आफ्नो भूमि तथा निवासमा फर्कन दिइँदैन, तबसम्म प्यालिस्टिनी समस्या कदापि समाधान हुने देखिँदैन । निश्चय पनि यहुदीहरू त्यो सीमारेखाभित्र बसून् जहाँ सुरुमा संयुक्त राष्ट्र संघले उनीहरूलाई राखेको थियो । परन्तु उनीहरूको बिस्तारवाद र राज्य आतङ्कको सहाराले बढी भूमि ओगट्ने लोभ भने प्यालेस्टिनीहरूलाई र सारा संसारलाई कदापि स्विकार्य छैन । 

solidarity to palestine.jpg

नरसंहारकाे बिराेधमा मंसीर ८ गते माइती घर मण्डलामा बृहत विराेधसभा गर्ने कार्यक्रम राखिएकाे अभियान नेपालका नेताहरू बताएका छन् ।