काठमाण्डाै । प्रगतिशील रुपान्तरणको संयोजनमा हिजाे २०८१ कार्तिक २१ अनामनगरकाे संवाद डबलीमा सम्पन्न विभिन्न पार्टीका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, बिद्यार्थी संगठनका प्रतिनिधि, किसान संगठनका प्रतिनिधि तथा ईजरायलकाे बर्बर जनसंहारकाे बिराेध गर्ने ब्यक्तित्वहरुकाे समेत प्रतिनिधित्व रहेकाे संयन्त्रको बैठक केही महत्वपूर्ण निर्णय गरेर सम्पन्न भएकाे छ ।
बैठकले प्यालेस्टिनहरूमाथि इजरायलले गरिरहेकाे जनसंहारकारी बर्बर अत्याचारका बिरूद्ध बिभिन्न निर्णयहरू गर्दै कार्तिक २६ गते इजरायली बर्बता र अत्याचारका बिरूद्ध ज्ञापनपत्र दिने लगायतका कार्यक्रमहर तय गरेकाे छ, जाे यस प्रकार छन् :
१. संयन्त्रको नाम " प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारबिरुध्द संयुक्त अभियान, नेपाल " राख्ने
२. इजरायली जनसंहारबिरुध्द रहेका सबै दल, बृहद नागरिक आन्दोलन , संघ संस्था र ब्यक्तित्वहरू आगामी कात्तिक २६ गते १ बजे शान्तिबाटिका , शंखधर पार्कमा जम्मा भएर इजरायली राजदूतावास, लाजिम्पाटमा ज्ञापनपत्र दिन जाने निर्णय भएकाे छ।

३. मंंसिर ८ गते १ बजे माइतीघर मण्डलामा एकत्रित भएर बृहद बिरोध प्रदर्शन गर्दै नयाँ बानेश्वरसम्म जाने र त्यहाँ बिरोध सभा गर्ने सहमति बनेकाे छ।
४. ज्ञापनपत्र र बृहद बिरोध प्रदर्शनको कार्यक्रमको बीचमा इजरायली जनसंहार सम्बन्धमा जनमत सृजनाको उद्देश्यले फोटो तथा भिडियो प्रदर्शनी गर्ने । यस सम्बन्धी ज्ञाता साथीहरूसँग बसेर यसको स्थान, मिति र विधि बारे टुङ्गो गर्ने सहमति बनेकाे छ।

५. नेपाल सरकारलाई ज्ञापनपत्र दिने, अमेरिकी दूतावासमा ज्ञापनपत्र दिने र नेपालका बिभिन्न शहरी केन्द्रमा पनि बिरोध प्रदर्शन गर्ने बारे संयन्त्र मा आम सहमति भएकाले यस बारे बिस्तृतमा पछिका संयन्त्रका बैठकमा टुङ्ग्याउने समझदारी भएकाे छ ।
नेपालपत्र संवाददाता