काठमाडौं । कसले जित्ला अमेरिकी चुनाव अमेरिकामा ४७औं राष्ट्रपतिका लागि ट्रम्म्प कि कमला ह्यरिस ? अहिले बिश्वब्यापी चर्चाकाे एउटा बिषय बनिरहेकाे छ ।
अमेरिकी समय अनुसार बिहान ६-३० बजेदेखि बेलुका ७-३० बजेम्म मतदाताहरूले मत खसाल्ने छन्र पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच राष्ट्रपति चयनका लागि याे मतदान हुन लागेको हो ।
पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला ह्यारिस डेमाेक्रेटिक पार्टीकी प्रत्यासी हुन् । उनीहरू दुबैका बीच उम्मेदवार चयन भएदेखिनै कडा प्रतिस्पर्धा हुने देखिएकाे थियाे। आज मतदान भएसँगै यो प्रतिस्पर्धा अन्तिम निष्कर्षमा पुग्नेछ ।
आज मतदान हुने भएपछि दुवै उम्मेदवारले हिजाृ सोमबार अन्तिम चुनावी अभियान चलाएका थिए । दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए । ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि भन्दै मत मागिरहेका छन् भने ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो जाेडदार प्रयास गरिरहेकी छन् ।
यस निर्वाचनका बारेमा भएका बिभिन्न सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । कतिपय सर्वेक्षणमा भने ह्यारिस ट्रम्पभन्दा थोरै अघि पनि देखिएकी छन् ।
अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कुल मतको लगभग आधा हो । र, दुवै प्रत्याशीले यसबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिइसकेका छन् ।
नेपालपत्र संवाददाता