बुधबार, भाद्र ३ गते २०८३

ब्रिक्सबाट शक्ति, नीतिगत निर्णय र आर्थिक वृद्धिका नयाँ केन्द्रहरु बन्दै


कार्तिक ९, २०८१ शुक्रबार
ब्रिक्सबाट शक्ति, नीतिगत निर्णय र आर्थिक वृद्धिका नयाँ केन्द्रहरु बन्दै

सिन्ह्वा । १६ औं ब्रिक्स शिखर सम्मेलनमा हिजो बुधबार जारी गरिएको कजान घोषणापत्रमा ब्रिक्स राष्ट्रहरूले विश्वमा शक्ति, नीतिगत निर्णय लिने र आर्थिक वृद्धिका नयाँ केन्द्रहरु उदाइरहेको बताएका छन् ।

Brics leaders.jpg

बिश्मा उदाउदो यो प्रवृत्तिले अधिक समतामूलक, न्यायपूर्ण, लोकतान्त्रिक र सन्तुलित बहुध्रुवीय विश्व व्यवस्थाका लागि मार्ग प्रशस्त गर्नुका साथै उदीयमान बजार र विकासशील देशहरूलाई विश्वव्यापी लाभकारी र समावेशी आर्थिक भूमण्डलीकरणबाट लाभ उठाउन थप अवसर प्रदान गर्दछ, घोषणापत्रमा भनिएको छ ।

ब्रिक्समा एशियाबाट मलेशिया, इणडाेनेशिया, भियतनाम र थाइल्याण्ड पनि थपिएका छन् ।