काठमाडौं । चिनीयाँ कम्युनिष्ट पार्टीका छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आइपुगेका छन् ।
एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट छन काङ्ग हिजाे शनिबार काठमाडौं उत्रिएका हुन् ।
हिजाे नेपाल भ्रमणमा आइपुगेका छन काङ्गले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि चिनियाँ दूतावास र होटल याक एण्ड यतिमा आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
टोलीले आज आइतबार नै काठमाडौं दरबार स्क्वायरको समेत अवलोकन गर्ने छ भने भाेली सोमबार बिहान स्वयम्भू, भक्तपुर दरबार स्क्वायरको अवलोकनलगायतका कार्यक्रम रहेका छन् ।
याे चिनियाँ टोली भाेलि सोमबार दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक हुँदै स्वदेश फर्कने बताइएकाे छ ।