आइतबार, आश्विन १८ गते २०८३

शी रुसको कजानमा हुने १६औं 'ब्रिक्स' शिखर सम्मेलनमा सहभागी हुने

कार्तिक ३, २०८१ शनिबार
शी रुसको कजानमा हुने १६औं 'ब्रिक्स' शिखर सम्मेलनमा सहभागी हुने


चीनका राष्ट्रपति शी चिनफिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा यही अक्टोबर २२ देखि २४ सम्म रुसको कजानमा हुने १६औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले शुक्रबार जानकारी दिनु भएकाे हाे । 

बर्तमान विश्वकै उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन 'ब्रिक्स' मा थप अरू ६ मुलुक सहभागी भइसकेका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गत बर्ष भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराइएको हो ।

याे ब्रिक्समा थप सहभागी हुने नयाँ देशहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स(यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट छन् । याे बिश्व संगठन १८ वर्ष पहिला स्थापना भएको हाे । नया थपिएका मुलुकहरूले केही वर्षयता ब्रिक्समा सदस्य बन्न लबिइङ गरिरहेका थिए । ५ देशको नामबाट संगठनको नाम ब्रिक्स रहेकोमा अब नयाँ ६ मुलुक सदस्य थपिएपछि संगठनको नाम 'ब्रिक्स प्लस' रहने बताइएकाे छ ।