आइतबार, आश्विन १८ गते २०८३

प्यालेस्टिनी र लेबनानी जनतामाथि नरसंहार बन्द गर - १५ बामपन्थी समूह

कार्तिक १, २०८१ बिहीबार
प्यालेस्टिनी र लेबनानी जनतामाथि नरसंहार बन्द गर - १५ बामपन्थी समूह

काठमाडौं । बिभिन्न बाम घटकहरु सम्मिलित राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल सहीत १५ वटा बिभिन्न वामपन्थी दल तथा आन्दोलनहरुले बिहीबार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै  प्यालेस्टाइनी र लेबनानी जनतामाथि जारी बर्बर र नृशंश इजरायली  नरसंहार रोक्न संयुक्तरुपमा माग गरेका छन् ।उनीहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी नर संहार र जातिय सफया गरिरहेको इजरायली सरकारमाथि कडा कारबाही गर्न अन्तर्राष्ट्रिय समूदायसँग आह्वान समेत गरेका छन् ।

संयुक्त बिज्ञप्तिमा हस्ताक्षर गर्नु हुने दल तथा मोर्चा र सगठनहरुमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, राजेश नेपाली, अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख, बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपाल, कृष्ण शर्मा, प्रबक्ता नेपाल समाजबादी पार्टी, दीपक चलाउने, कार्यालय सदस्य नेकपा बहुमत, लोकनाराण सुबेदी, संयोजक राष्ट्रिय क्रान्तिकारकिारी मोर्चा, नोपाल, श्याम श्रेष्ठ संयोजक प्रगतिशील रुपान्तरण आन्दोलन, नेपाल,  डा. महेश मास्के, प्रमुख सम्पादक बामपन्थ, डा. गणेश गुरुङ्ग, अध्यक्ष, सामाजिक उत्तरदायित्वको लागि चिकित्सक नेपाल, डा. शरद वन्त संयोजक, पिपुल्स हेल्थ मुभमेण्ट नेपाल डा. सञ्जीव उपे्रती, बृहत नागरिक आन्दोलन, मीना पोडेल, समाजिक अनुसन्धानकर्ता, उषा तितिक्षु, पेलेस्टिनी सालिडारिटी नेपाल, र ज्योतिलाल बन, उपसंयोजक, प्रगतिशील रुपान्तरण आनदोलन नेपाललगायत नेताहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा इजरायल सरकारले प्यलोस्टाइनी जनतामाथि घोर अत्याचार गरिरहेको आरोप लगाइएको छ ।

साम्राज्यबादी अमेरिकाको उक्साहट र पृष्ठपोषणमा इजरायलको यहुदीवादी सरकार भीषण दमन र राज्य आतङ्कको सहाराले योजनाबद्ध ढंगले प्यालेस्टिनी भूमि बलपूर्वक खोस्दै, खुम्च्याउँदै र प्यालेस्टिनी जनतालाई आफ्नै भूमिबाट बिस्थापित गराउँदै आफ्नो सीमा विस्तारको कार्यमा’ लागेको नेपाली वामपन्थी दलहरूको आरोप छ।

इजरायल अहिले हिजबुल्लाहले आक्रमण गरेको निहुँमा ऊ लेबनानमाथि समेत आक्रमण गर्न अघि सरेको र यो द्वन्द्वले अब इरानलगायत पूरै पश्चिम एसियालाई अँचेट्ने छाँट देखिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यो द्वन्द्वका कारण प्यालेस्टाइनी भूमीबाट लाखौंको संख्यामा स्थानीय जनताहरू विस्थापित भएको स्पष्ट पार्दै विज्ञप्तिमा नेपाली समूदायलाई द्वन्द्वग्रस्त क्षेत्रमा नजान र गएकालाई तत्काल उद्धार गरी फर्काउन सरकारसँग आह्वान गरिएको छ ।

साथै, बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल उद्धार गरेर घर फर्काउन पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।बिज्ञप्तिको पूर्ण पाठ यस प्रकार रहेको छ :

Hastaxyar.jpg