मुंबई। प्रसिद्ध उद्योगपति एवं टाटा संस के मानार्थ अध्यक्ष भारतको पद्म विभूषण सम्माले सुशोभित रतन एन टाटाको आज बिहान मुंबईको ब्रीच क्यण्डी अस्पतालमों ८६ वर्षको निधन भएको छ ।
उद्योगपति परोपकारी तथा समाजसेवी टाटाको जन्म २८ डिसेम्बर १९३७ का दिन भएको थियो । टाटा समूहका अध्यक्ष चंद्रशेखरनले जारी गरेको बक्तब्यमा उनको देहाबसानको जानकारी दिदै भनेका छन् – “हामी श्री टाटालाई बहुतै दुखकासाथ विदाई गरिेरहेका छौं । उनी वास्तवमा एक असाधारण नेता थिए, जसको अतुल्य योगदानले केवल टाटा समूहलाई मात्र होइन भारत राष्ट्रलाई नै ठूलो योगदान पुर्याएको छ ।
उनी टाटा समूहको अध्यक्षभन्दा अझ उच्च ब्यक्तित्व थिए । उनको जीवन र कर्मले देश भित्र लाखौं लाख भारतीयको मन छोएको छ र उनी अबिस्मरणीय छन् भने बाहिरी संसारमा पनि उनको ठूलो सम्मान रहेको बताइएको छ ।