आइतबार, आश्विन १८ गते २०८३

बिबिध बिषयमा मार्क्सबादी एकता अभियानकाे बक्तब्य


आश्विन २४, २०८१ बिहीबार
बिबिध बिषयमा मार्क्सबादी एकता अभियानकाे बक्तब्य

इजरायलले गरेको प्यालस्टनमाथिकाे अमानबी नरसंहार र जातीय सफाइ तथा सहकारीका साना बचतकर्ताको रकम फीर्ता, डेरी व्यवसायीहरुलाई भुक्तानी र बाढीपीडितहरुलाई राहत बितरण बिषयमा संवेदनशील बन्ने संबन्धमा मार्क्सवादी एकता अभियान—नेपालले एक प्रेस वक्तव्य  
एक बक्तय प्रकाशित गरेकाे छ । अभियानका प्रतिनिधि श्रीकान्त पण्डितले प्रकाशित गरेकाे बक्तब्य यस प्रकार छ ।

एकतिर अन्ताराष्ठ्रिय क्षेत्रमा विभिन्न बहानाबाजी गरेर इजरायली सरकारले हज्जारौँ निर्दोष प्यालेस्टाइनी र लेबनानी जनताको ज्यान लिएको र लाखौँलाई नियतपूर्वक आफ्नो जन्मभूमिबाट लखेटेको घटना र, अर्कोतिर, देशभित्र विभिन्न समस्याहरु मध्ये तत्काल सहकारीका साना बचतकर्ताको रकम फीर्ता र डेरी व्यवसायीहरुलाई भुक्तानी टड्कारी समस्या बनेकोमा मार्क्सवादी एकता अभियान—नेपालको ध्यानाकर्षण भएको छ। 

१. प्यालेस्टाइन प्यालेस्टिनी जनताको आफ्नो मातृभूमि भएतापनि राज्यविहीन यहुदीहरुलाई राज्य दिने ध्येयले सन् १९४७ मा संयुक्त राष्ट्र संघले प्यालेस्टाइनबाट इजरायली भूमि छुट्ट्याइ दिएपछि सन् १९४८ मा इजरायल आधिकारिक रुपमा जन्मिएको थियो । प्यालेस्टाइनी जनताको तीब्र बिरोध बीच त्यतिबेला छुट्ट्याइएको त्यही सीमामा मात्र इजरायल शान्तिपूर्वक रहेको भए न्यायप्रेमी विश्व समुदायलाई ‘दुई राज्य र सहअस्तित्वको सिद्धान्त’लाई स्विकार गर्न सजीलो हुने थियो। तर साम्राज्यवादी अमेरिकाको हातहतियारजन्य रणनीतिक आडभरोसामा इजरायलको यहुदी सरकार भीषण दमन र राज्य आतङ्कको सहाराले योजनाबद्ध ढंगले प्यालेस्टाइनी भूमि बलपूर्वक खुम्च्याउने, प्यालेस्टाइनी जनतालाई आफ्नै भूमिबाट बिस्थापित गराउने मात्र होइन, लेबनानमाथि समेत आक्रमण गर्ने गरेर त्यो युध्दले पुरै मध्यपूर्वलाई प्रभावित गरिरहेको छ।
इजरायलको यो घृणित विस्तारवादी परियोजनालाई साथ दिने कुनै पनि शक्ति/महाशक्तिप्रति हामी घोर खेद प्रकट गर्दछौँ । गत अक्टोबरयता ७० प्रतिशत महिला र केटाकेटी सहित २४ हजार भन्दा ज्यादा निर्दोष प्यालेस्टाइनी जनता मारिएका तथ्यांक प्रकाशित छन् । गाजा क्षेत्रबाट मात्रै १९ लाख प्यालेस्टाइनी अर्थात त्यस क्षेत्रको ८५ प्रतिशत जनसंख्यालाई आफ्नो घर र मातृभूमि छोडेर बिस्थापित हुन बाध्य बनाइएको यो घटनालाई हामी यसको घोर निन्दा एवम् भर्त्सना गर्दछौँ ।
प्यालेस्टाइनी तथा लेबनानी जनताको सार्वभौम अधिकारको सम्मान गर्दै र उनीहरूको न्यायपूर्ण आवाजप्रति गहिरो ऐक्यबद्धता जनाउँदै इजरायलले गरेको क्रुर अमानवीय युद्ध तुरुन्त बन्द गर्न हामी माग गर्दछौँ । इजरायलको यो बर्बतापूर्ण हिंसाको बिरुद्ध प्यालेस्टाइनी तथा लेबनानी जनताका पक्षमा संवेदनशील बन्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ । साथै, युद्ध चलिरहुञ्जेल श्रमको सिलसिलामा इजरायल र लेबनान गएका नेपालीको जीवन रक्षाको लागि बेलैमा उनीहरूलाई नेपाल फर्काउने कदम चाल्न पनि हामी नेपाल सरकारलाई अपील गर्दछौ । साथसाथै, न्याय र शान्तिको पक्षमा उठेको विश्वब्यापी आवाज, अन्तर्राष्ट्रिय नियम मर्यादाको उल्लंघन गर्ने इजरायल सरकारलाई सशक्त रुपमा आवश्यक कारबाही गर्न संयुक्त राष्ट्र संघलाई आह्वान गर्दछौँ । 

२. बहुसंख्यक नेपाली जनताको महान चाड दशैं आइसक्दा पनि सहकारीका साना बचतकर्ताको रकम फीर्ता नहुनु, डेरी व्यवसायीहरुलाई डेरी विकास संस्थानले भुक्तानी नदिनु र गरीब तथा सुकुम्बासी स्तरका हालैको बाढी पीडित परिवारहरुले उचित राहत नपाउनुले कमजोर आर्थिक स्थितिका ती नेपाली जनतालाई कति मर्का परेको होला भन्ने सजीलै अनुमान गर्न सकिने कुरा छ। सरकारको यो गैरजिम्मेवार व्यवहार प्रतिनेपाली जनता अत्यन्त आक्रोशित र दुःखित भएका छन् । सरकारलाई यस प्रति पनि ध्यानाकर्षण गराउन चाहन्छौं।

३. बहुसंख्यक नेपाली जनताको महान चाड दशैं २०८१ रमणीय बनोस् भन्ने शुभकामना !