देश र जनताका जल्दाबल्दा समस्या र गम्भीर संकटप्रति चिन्तित प्रगतिशील बुद्धिजीवीहरुले एक प्रगतिशील बौद्धिक अभियानको गठन गर्दै त्यसको प्रारम्भिक अबधारणा पत्र समेत प्रस्तुत गरेका छन् । महदीप पोखरेल संयोजक रहेको त्यस अभियान समूहमा बन तथा कृषिका अनुभवी बिज्ञ लगायत बिभिन्न बिभिन्न क्षेत्रका बौद्धिक ब्यक्तित्वहरु रहेको बताइएको छ । अहिले यस समूले उपत्यकामा २१ सदस्यीय र चित्तवनमा १५ सदस्यीय बौद्धिक समूह गठन गरिसकेको छ भने अरु क्षेत्रमा पनि बौद्धिक समूह गठन गरिसकेपछि राष्ट्रिय भेला गरेर यसलाई राष्ट्रिय स्वरुप दिइने बताइएको छ । यस बौद्धिक अभियानको अबधारणा यस प्रकार रहेको छ ः
सामाजिक रुपान्तरणको निम्ति प्रगतिशील बौद्धिक अभियानको अबधारणा ः–
१) भूमण्डलिकृत निगम पुजिबाद वा नब उदारीकरणले बिश्व समुदाय बिच मच्चाएको लुट र नेपालको संन्दर्भमा यस्को हानिकारक परिणामको विश्लेषण गर्दै त्यस्को भण्डाफोर सहित बिरोध गर्ने,अबरोध खडा गर्ने र निषेध गर्ने।यस्को विकल्पमा आत्मनिर्भर स्वाधीन अर्थप्रणालीको पृष्ठपोषण गरिनेछ।
त्यस्को निम्ति बौद्धिक बहस र अभियानको नेतृत्व गर्ने।
२)नेपालको सन्दर्भमा यहाँको प्राकृतिक श्रोत माथी बाहिरियद्वारा कब्जा,आन्तरिक उत्पदकत्व ह्रा, जनशक्ति पलायन आदिका कारण र समाधानका उपायहरु बारे राष्ट्रिय स्तरमा बृहत् बहसको सृजना गर्ने।नेपालमा भुमीको(जमिन) बैज्ञानिक ब्यबस्थापन र उत्पादन,रोजगारी ,समृद्धिको प्रमुख आधारशिला बनाउने तर्फ कार्यक्रम सहित बहस र कार्यान्वयन तर्फ जोड दिइनेछ।कृषिमा पेटेन्ट राइट र खाद्य सम्प्रुभतामा जोड दिइनेछ।
३)देश हित बिपरित भएका सन्धि ,सम्झौता ,निर्माण भएका कानुन र बिधेयक समेतको अध्ययन ,अनुसन्धान गरि सत्यतथ्य जन सामु ल्याई खारेजी ,रुपान्तरणको बाताबरण सृजना गर्ने।वैदेशिक सैन्य रणनितीको हस्तक्षेपूर्ण गतिविधिबारे जनतालाई सुसूचित गर्दै त्यस्को भण्डाफोर गरिनेछ।
४)देश र जनताको पक्षमा हुने आमूल परिवर्तनको आन्दोलनहरु ,भ्रष्टाचार बिरोधि अभियान,राष्ट्रघात विरुद्धको आन्दोलनमा नैति,भौतिक समर्थन वा सहभागिता देखाउने।सुरक्षा संयन्त्र,न्यायलय,कर्मचारी प्रशासनको संरचनागत आमूल परिवर्तन सहितको नयाँ शासकीय स्वरुप कस्तो हुनुपर्छ भन्ने बिषयमा व्यापक बहसको सृजना गरिनेछ ।
५)सामाजिक कुरीती, अन्धबिश्वास,बर्गीय÷जातीय÷क्षेत्रीय÷लैङ्गिक भेदभाव बिरुद्ध हुने अभियानहरुमा सहभागी हुने,आफ्नै पहलद्वारा पनि बिषयहरु उजागर गरी बहस,अभियान चलाउने।देशमा समउन्नत बैज्ञानिक संस्कृतिको अनुशरण गर्दै सांस्कृतिक रुपान्तरणको अभियानलाई बढ्वा दिने।जनपक्षीय कला ,साहित्यलाई बढ्वा दिइनेछ।ऐतिहासिक ज्ञान,बिज्ञान ,सिप र प्रबिधिलाई सम्मान गरिनेछ।
६) जनजिबिका ,स्वास्थ्य ,शिक्षा ,रोजगार ,सामाजिक सुरक्षा आदि सबालमा सबैको न्यायोचित अबसर ,अधिकारको साथसाथै जिम्मेवार राज्य निर्माणको दिशामा पहलकदमी अगाडी बढाइने छ।भ्रष्टीकरणको विरुद्ध र सुशासनको पक्षमा दह्रोसँग अडान लिइनेछ।
७)पृथ्वीको आयु समेतलाई संकटमा पार्ने गरि आइरहेको जलबायु परिवर्तनको कारण र नियन्त्रणका उपायहरुको चर्चा गरिनेछ ,बिकासोन्मुख राष्ट्रहरुलाई परेको कुप्रभाबको बारेमा भण्डाफोर सहित बहस गरिनेछ। अहिलेको युगमा बिकास भएको आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग र आउनसक्ने खतरापूर्ण अबस्थाको विश्लेषण गर्दै उपयुक्त नीति निर्माण बारे बहस सृजना गरिनेछ।
यश अभियानमा संग्लन सदस्यहरुले यी मुल मान्यताहरु नछोडीकन ब्याक्तिगत रुपले नै बौद्धिक स्वतन्त्रताको आभास हुनेगरी कार्य गर्न अधिकार राख्छन।उपयुक्त समयमा सामुहिक गोष्ठी ,अन्तरक्रिया ,समिक्षा र बैठकहरुको निरन्तरता पनि हुनेछ।
सदस्यहरुले सामुहिक र ब्याक्तिगत रूपमा पनि श्रब्य,श्रब्यदृश्य,अनलाइन ,पत्रपत्रिका ,सामाजिक संजाल आदि व्यापक सदुपयोग गर्नेछन।अथवा सूचना प्रबिधिको व्यापक र होशियार पूर्बक सदुपयोग गरिनेछ।
यस अभियान अन्तर्गत बहसका विभिन्न केन्द्रहरु बनाइने छ र छलफल बाट निर्मित माइक्रो टिमले त्यस्को नेतृत्व लिने भनिएकाे छ । ती केन्द्रहरू निम्नानुसार प्रस्ताबित छन्
१)जनजिबिका तथा राष्ट्रिय स्वाधिनता बहस केन्द्र
२) अर्थ राजनैतिक प्रणाली,शासकीय स्वरुप बहस केन्द्र
३)जन प्रशासन तथा सुशासन बहस केन्द्र
४) प्राकृतिक श्रोत साधन सम्भावना र सदुपयोग बहस केन्द्र
५)युबा,रोजगारी ,उद्यम बिकास बहस केन्द्र
६) उत्पीडन उन्मुलन बहस केन्द्र (महिला ,जात ब्यबस्था,क्षेत्रीय उत्पिडन)
७) बिज्ञान ,प्रबिधि,मिडिया ब्यबस्थापन सम्बन्धि बहस केन्द्र
यस अभियानको नाम :– “सामाजिक रुपान्तरणको निम्ति प्रगतिशील बौद्धिक अभियान “ हुनेछ।छोटकरी वा बोलीचालीमा “ बौद्धिक अभियान “ मात्र पनि भन्न सकिने बताइएकाे छ ।
नेपालपत्र संवाददाता