आइतबार, आश्विन १८ गते २०८३

अमेरिकामा बन्दरगाह मजदुरहरू हडतालमा

आश्विन १६, २०८१ बुधबार
अमेरिकामा बन्दरगाह मजदुरहरू हडतालमा

अमेरिकामा बन्दरगाहका मजदुरहरू यतिबेला  हडतालमा उत्रिएका छन् । लगभग ५० वर्षमा पहिलो पटक, अमेरिकाको पूर्वी र खाडी तटहरूमा बन्दरगाह कामदारहरू हडतालमा गएका हुन, यो एउटा यस्तो कदम मानिदैछ जसले केही व्यस्त अमेरिकी बन्दरगाहहरू मार्फत अधिकांश व्यापार कटौती गर्नेछ र अर्थव्यवस्थामा निकै चिसोपना ल्याउन सक्छ।

portworkers.jpg

करिब ४५,००० कामदारको प्रतिनिधित्व गर्ने इन्टरनेसनल लङशोरमेन एशोसिएसन यूनियनका सदस्यहरूले ११ औं घण्टाको वार्ता गर्दा तलब वृद्धि र बन्दरगाहमा नयाँ प्रविधिको प्रयोगसम्बन्धी सम्झौता गर्न  असफल भएपछि भवनमा पस्ने छेकबाहरू(पिकेट) स्थापना गर्न थाले। विज्ञहरूका अनुसार यस्तो छोटो हडतालले केही स्थायी क्षति पु¥याउँछ तर एक हप्ता लामो रोकले अभाव, उच्च मूल्य र छंटनीसमेत निम्त्याउन सक्छ।