संयुक्त राष्ट्र संघको ७६औँ महासभाको तेस्रो समितिमा अक्टोबर ४ तारिख सामान्य बहस आयोजित भयाे। त्यस बहसमा सिन्च्याङ, हङकङ, तिब्बत सम्बन्धी अमेरिकाले ब्यक्त गरेकाे गलत भनाइ र छ्यापेको हिलोलाई लक्षित गरी संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले कडा विरोध जनाएकाे छ। उजले केही मुलुकले संयुक्त राष्ट्र संघको प्लाटफर्मको दुरूपयोग गर्दै चुनौती तथा विरोध उठाउँदै मानवअधिकारको नाउँमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको उनले प्रष्ट्याए ।
। अमेरिकाले चाँडै नै घमण्ड र पूर्वाग्रह छोडी गलत बाटोबाट फर्किनु पर्ने आग्रह पनि चिनियाँ प्रतिनिधि चाङले गरेका छन्।
प्रतिनिधि चाङले जोड दिदै भनेका छन्,- ‘द्वन्द्वको सट्टामा विश्वलाई वार्ता चाहिन्छ। विश्वका विभिन्न मुलुकले पृथकताको सट्टामा सहकार्य छनौट गर्नुपर्छ। अमेरिकाले वार्ता तथा सहयोगको सही बाटोतिर फर्केर मानवअधिकारको प्रवर्द्धन तथा संरक्षणका लागि वास्तविक कार्य गर्ने आशा गर्दछौं।’
त्यस दिनकाे सम्मेलनमा इक्वेडर, गुयाना, कोटटिभुवा, उरुग्वे, नामिबिया, जिम्बाब्वे, लाओसले चीनको अडानको समर्थन गर्दै मानवअधिकारलाई राजनीतीकरण गरिएकोमा विरोध गरेका छन् भने क्यूबा, सिरिया, बेलारूस, इथियोपिया, उत्तर कोरियाले अमेरिकाको आधारहिन निन्दाप्रति कडा असन्तोष व्यक्त गर्दै मानवअधिकारको नाउँमा अरू देशको आन्तरिक मामिलामा हस्ताक्षेप गरेको भन्दै कडा विरोध गरेका छन्।