शनिबार, आश्विन १७ गते २०८३

नेपालकाे ऐतिहासिक पहिलाे फ्रेन्चाइज एभरेष्ट महिला  नेपाली र विदेशी भलिबल : एक रिपाेर्ट


आश्विन १३, २०८१ आइतबार
नेपालकाे ऐतिहासिक पहिलाे फ्रेन्चाइज एभरेष्ट महिला  नेपाली र विदेशी भलिबल : एक रिपाेर्ट

- सीताराम थापा

क.  फ्रेन्चाईज एभरेष्ट लिग: 
नेपाली राष्ट्रिय खेल भलिबल इतिहासमा पहिलाे पटक खेलाडी वर्गिकरणसहित  फ्रेन्चाइज लिग भलिबल वात्सल्य एभरेष्ट महिला भलिबल लिग  सोमबारदेखि नेपालकाेाजधानि काठमाडौंमा सुरु हुँदैछ।

इन्फिनिटी ड्रिम्सको आयोजना र नेपाल भलिबल संघकाे समन्वयमा  हुन लागेको यस फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)  कभर्डहलमा असोज १९ गतेसम्म खेल्ने छन्। 

६ वटा टाेलिमा काठमाण्डाै स्पाइकर्स, ललितपुर स्पाइकर्स, गण्डकी थण्डर्स, चितवन शक्ति,  मधेश युनाइटेड, कर्णाली यस्विस नामक टाेलिमा नेपाली र बिदेसि खेलाडीले खेल्दै छन्।
हरेक टोलीमा मार्कि खेलाडी सहित  १२ खेलाडी टिम बनेकाे छ। नेपाली ड्राप्टबाट ८-८ जना र १  खेलाडी ट्यालेन्ट हन्टबाट  छनाैट गरि लिएकाे छ। ट्यालेन्ट हन्टबाट अवसर पाएका  ६ खेलाडीले खेल्ने तयारी छ। प्रत्यक टाेलिमा ३ विदेशी खेलाडी अनिवार्य हुने भएता पनि  गण्डकीले चार बिदेसि खेलाडी अनुबन्धन  गरिसकेकाे छ। 
फ्रेन्चाइज लिगका क्लबले आफ्नो राष्ट्र र क्लबबाट प्रतिनिधत्व गरी थुप्रै उपाधि जितिसकेका अनुभवी तथा उदियामान खेलाडीलाई अनुबन्ध गरिएकाे नेपाल भलिबल संघकाे अध्यक्ष जितेन्द्र चन्दले बताउनु भयाे। 
अनुभवी र युवा विदेशी खेलाडीको आगमनले खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भलिबलकाे अन्तराष्ट्रिय रेफ्रि तथा संयाेजक टहलसिह थापाले बताउनु भयाे। भर्खर नेपालमा उप बिजेता र माल्दिप्समा भएकाे काभा कल्ब लिगमा  दक्षीण एसिया उपाधि बिजेता नेपाली महिला खेलाडी उत्साहित बनेर खेल्ने छन्। 
बिदेशी खेलाडी उमेर करिब  २० देखि ३० वर्षसम्मका क्षेत्रिय तथा नेसन्स लिगमा खेलेका चर्चित खेलाडी सहभागी हुने र खेलकाे चर्चा चुलिकाे नेपाल भलिबल संघकाे बुझाइ छ।

यस अघि नेसन्स लिगमा खेलेकाे चर्चित  नेपाली खेलाडीहरु यसपटक भने बाँडिएर विदेशी खेलाडीसँगको समन्वयमा खेल्नेछन् । विदेशी र नेपाली खेलाडीको कम्मिनेशन कस्तो हुन्छ भन्ने जिज्ञासा रहेकाे काेचहरु बताउछन्। 

यस लिगमा ९ राष्ट्रका १९ विदेशी खेलाडी अनुबन्ध भएका छन् । साेमबार बाट हुने भलिबल खेल्मा विश्व भलिबलको पावर हाउस अमेरिकादेखि टर्की र रसिया लगायतकाे चर्चित बिदेशी खेलाडीले पर्दर्शन गर्ने गरि नेपाल आएकाे नेपाल भलिबलकाे मुख्य प्रशिक्षक जगदिश भट्ट बताउनु हुन्छ। उहाँ काठमाण्डाै टिमकाे काेच गर्नु हुने छ।
ख. खेलाडी र खेलकाे राैनक: 
खेलमा  भारतीय राष्ट्रिय खेलाडी ५ जना, टर्की, रसिया र थाइल्यान्डका ३ जना, खेलाडी छन् । अमेरिका, ग्रीस, बुल्गेरिया, ट्युनिसिया र काजकस्तानका  ५ जना गरि १३ जना बिदेशी खेलाडी हुने झन्। उनीहरु आउट साइड र अपोजिट हिटरदेखि सेटर र ब्लकर तथा ओभरल खेलाडी हुन्।
विभिन्न देशका विदेशी खेलाडीहरु  पहिलोपटक नेपालमा आएर लिग खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् ।
यस्ता खेल बाट खेलाडीकाे बिकास हुने नेपाली महिला टिमकाे कप्तान अरुणा शाहि बताउछिन्। 
इन्फिनिटी ड्रिम्सले अब पालाे महिलाकाे भनी, महिला सशक्तिकरण भन्दै महिला भलिबल आयोजना गर्न लागेको हो । यसले नेपाली भलिबललाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य समेत राखेको बताइएकाे छ।

यस्तै खेलाडीहरुले यस लिगबाट हारजित जे भएपनि आर्थिक रुपमा समेत केही रकम आर्जन गर्नेछन् । ‘ए’ तहका मार्की खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । ‘बी’ तहकाे खेलाडिले १ लाख,‘सी’ तहले ५० हजार पाउने हुदा सबै खेलाडीलाइ लाभ हुने छ। फ्रेन्चाइज टोलीले उपाधि जित्ने र उप बिजेता तथा उत्कृष्ट खेलाडीले छुट्टै पुरस्कार पाउने छन्। 
उपाधि जित्न प्रत्यक टाेलिले  लक्ष्य चुम्न धेरै रकम खर्चिएर विदेशी खेलाडी आफ्नाे टिममा अनुबन्ध गरेका छन्।

इन्फिनिटी ड्रिम्स र नेपाल भलिबल संघ बिच ७ वर्षको लागि सम्झौता भएकाेछ। पहिलो वर्ष संघलाई २५ लाख रुपैयाँ दिनेछ । हरेक वर्ष १० प्रतिशतले उक्त रकम वृद्धि हुँदै जाने बताइएकाेले राष्ट्रिय खेलमा शसक्तिकरण भएर दक्षीण यसिया भन्दा माथि जाने भलिबल संघकाे अध्यक्ष जितेन्द्र संघले बताउदैआउनु भएकाे छ।

kheladiharu.jpeg

कुन टोलीमा कुन विदेशी खेलाडी ?

१. काठमाडौं स्पाइकर्स 
मार्कि खेलाडी: उषा भण्डारी
एन्ड्रिए स्भेतानोभा, सेटर (बुल्गेरिया)
पेलिन एरोक्टे, अपोजिट हिटर (टर्किए)
फुल्डेन युरल, आउट साइड हिटर (टर्किए)

२. ललितपुर क्विन्स:
श्रेष्ठ
सुताड्ता चुवुलिम, आउट साइड हिटर (थाइल्याण्ड)
पत्राथिप सन्त्राकुन (थाइल्याण्ड)
वारन्या श्रीलाओङ (थाइल्याण्ड)

३.चितवन शक्ति
मार्कि खेलाडी: अरुणा शाहि
सूर्या, मिडल ब्लकर (भारत)
केपी अनुश्री, आउट साइड हिटर (भारत)
अन्ना दिमित्रिभा, मिडल ब्लकर (रसिया)

४. गण्डकी थण्डर्स: 
मार्कि खेलाडी: शरस्वति चाैधरी
एलिसा रुबियक (रसिया)
शिल्पा सिन्धु (भारत)
एकातोरिना जुभ्यागिन्त्सेभा (रसिया)
जुही शा (भारत)

५. कर्णाली 

गाब्रिएल बेन्डा, (अमेरिका)
एथानेसिया लियाकी, (ग्रीस)
जेनेप आउट्रान (टर्किए)

६. मधेश युनाइटेड
चन्द
कालिनोभा यभ्जेनिया, आउट साइड हिटर (काजकस्तान)
यस्रा जेराम्दिनी, मिडल ब्लकर (ट्युनिसिया)
जिनी कोभात साजी, सेटर (भारत)

- थापा विशेष संबाददता एवं सामाजिक अभियान्ता हुन्।