बुधबार, भाद्र ३ गते २०८३

भारतको पछिल्लो किसान बन्दको सन्देश र भबिष्य 

आश्विन १९, २०७८ मंगलबार
भारतको पछिल्लो किसान बन्दको सन्देश र भबिष्य 


भारतको संयुक्त किसान मोर्चा(एसकेएम)को आह्वान गएको सेप्टेम्बर २७ मा भएको भारत बन्द जोडदार एबं शानदाररुपमा सफल भएको देखिएको छ । त्यो बिशाल किसानको बिरोधको कारबाही भारतको मोदी सरकारले गत बर्ष ल्याएको तीन किसान बिरोधी कानुन लागु भएको ठिक एक बर्ष पछि भएको थियो । भारतका राष्ट्रपतिले एक बर्ष अघि २७ सेप्टेम्बर २०२० कै दिन ती तीन कानुनमा स्वीकृतिको छाप लगाएका थिए ।
भारतको त्यो किसान बन्दमा करोडौं मानिस–किसान, खेत मजदुरहरु, औद्योगिक मजदुरहरु, यातायात तथा परिबहन मजदुरहरु, कर्मचारीहरु, दोकानदारहरु,बिद्यार्थीहरु, यूवा तथा महिलाहरुले भाग लिएका थिए ।
भातका क्षेत्रीय दलहरु लगायत धेरैजसो बिपक्षी दलहरुले यो किसान बन्दप्रति आफ्नो समर्थन जनाएका थिए । पश्चिम बंगालको तृणमूल काग्रेस मात्र यसको अपबाद रहेको देखियो र यो बन्दको बिरोधमा उत्रियो तथा राज्य सरकारले बिरोध प्रदर्शन गर्ने मानिसहरुका बिरुद्ध कारबाही चलायो ।
सहभागीता र समर्थनको ब्यापकताको हिसाबले यस बन्दलाई भारतमा यसै बर्ष गएको २६ मार्चमा संयुक्त किसान मोर्चाले आयोजना गरेको बन्दको तुलनामा यसमा  त्योभन्दा ब्यापक जन समर्थन बढेको मूल्यांकन भारतमा गरिएको छ । उतिबेला भारतका चार राज्यहरु असम, पश्चिम बंगाल, तमिलनाडु र केरल तथा केन्द्र शासित प्रदेश पुडुचेरीमा चुनाव चलिरहेको थियो । त्यतिबेला तिनलाई बन्दभन्दा बाहिर राखिएको थियो । तर यस पटकको २७ सेप्टेम्बरको बन्दले ती सबै राज्यहरुलाई प्रभावित तुल्यायो भने केरलमा त पूरै जन जीवन नै ठप्प रहेको कुरा प्रकाशमा आयो । त्यहाँ ट्रेडयूनियनहरु, ब्यापारिक संगठनहरु तथा अन्य क्षेत्रहरुको पनि ब्यापक जन सहभागिता रहेको थियो । त्यसैले त्यहाँ बन्दको कारबाहीमा मजदुर किसान एकतामा ठूलो बृद्धि भएको मूल्यांकन गरिएको छ। ।
यो बन्दले जोडदाररुपमा के स्मरण गरायो भनिदैछ भने गत बर्ष २६ नोभेम्बरदेखि दिल्लीको वरिपरी सीमानामा भएको किसान संघर्षले जुन बितेको १० महिनादेखि लगातार चलिरहेको छ आफ्नो आन्दोलनको गति गुमाएको छैन, बरु अझ ब्यापक बनाएको छ । तीन कृषि कानुन फिर्ता लिन मोदी सरकारले अडियल रुप लिइरहेको देखेर त्यसका बिरुद्ध यो किसान बन्दलाई भारतका  एउटा के संकेत मानिदैछ भने यो संघर्ष अब पनि जारी  रहने मात्र होइन,अब यो अझ तीब्र गतिमा अघि बढ्ने छ । अब यो अन्दोलन शासक पार्टीसँग राजनैतिक टक्कर लिने दिशामा अग्सर हुन थालेको प्रतीत हुन्छ । अहिलेसम्म किसान मोर्चाले उत्तर प्रदेश तथा उत्तराखण्डको बिधान सभा चुनाबमा भारतीय जनता पार्टीका बिरुद्ध चुनाव प्रचार गर्ने निर्णयलिइसकेको छ । लाखौं लाख संघर्षरत भारतीय किसानहरुले भाग लिएको मुजप्फर नगरका किसानहरुको महापञ्चायतले यस सम्वन्धमा लिएको संकल्पले यही शक्तिशाली अभिब्यक्ति दिएको छ ।