आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय क्रान्तिकारी माेर्चाकाे भेला सम्पन्न,नयाँ नेतृत्वकाे चयन

भाद्र २०, २०८१ बिहीबार
राष्ट्रिय क्रान्तिकारी माेर्चाकाे  भेला सम्पन्न,नयाँ नेतृत्वकाे  चयन

काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको प्रथम राष्ट्रिय भेला तथा बार्षिकोत्सब हिजो काठमाण्डौको सेतोपुलस्थित कृष्णसेन इच्छुक प्रतिष्ठानमा सम्पन्न भयो  । यस  भेलाले संयोजकको चयनकासाथै संयोजक सहीत पाँच सदस्यीय कार्य सम्पादन समितिको गठन पनि गरेको छ । त्यसको संयोजक क. लोकनारायण सुबेदी र सदस्यहरुमा क.सन्तबहादुर नेपाली, क.पुष्कर गौतम, क. लक्ष्मण उप्रेति र क. शैलज पौडेल चयन हुनु भएको छ ।

kiran.jpg


 नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीको अध्यक्षता तथा अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समितिका सदस्य क.लक्ष्मण उप्रेतिको सञ्चालनमा सम्पन्न भएको भेलाको बन्द सत्रमा संयोजक क. सन्तबहादुर नेपालीले मोर्चाको समीक्षा पत्र र मोर्चाका सदस्य क. पुष्कर गौतमले कार्य बिधिमा संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । ती दुबै दस्तावेजमा ब्यापक छलफल गरी परिमार्जन सहीत पारित गरिएको थियो । भेलाले राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका बिभिन्न प्रस्तावहरु पनि पारित गरेको छ ।  

Subedimorccha.jpg
 राष्ट्रिय भेलाको उद्घाटन सत्रको   कार्यक्रमका प्रमुख अतिथि मोर्चाको घटक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय महाधिवेशन समितिका संयोजक क. मोहन बैद्य  ‘किरण’ हुनुहुन्थ्यो र उहाँले नै कार्यक्रमको ब्यानर पढेर भेला तथा बिशेष कार्यक्रम उद्घाटन भएको घोषणा गर्नु भएको थियो । यस उद्घाटन कार्यक्रमका अध्यक्षता मोर्चाका संयोजक  सन्तबहादुर नेपालीले गर्नु भएको थियो । मोर्चाका  सचिवालय सदस्य संगीत श्रोताको संचालन तथा सचिवालय सदस्य पुस्कर गौतमको स्वागतमा शुरु भएको कार्यक्रमको आरम्भमा  ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणकासाथ कार्यक्रम अघि बढेको थियो । 

Santamorcha.jpg
उदघाटन सत्रमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि मोहन बैद्य किरणले भेला सफलताको शुभकामना दिनुको साथै नेपाली कम्युनिष्ट आन्दोलन रक्षात्मक रुपमा रहेको भन्दै यो अवस्थामा क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुन आवश्यक रहेको बताउनु भएको थियो । उहाले क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुन पर्ने त्यसो गर्न नसके संयुक्त मोर्चा गठन गरेर पनि जान पर्ने अहिलेको देशको राष्ट्रिय आवश्यकता रहेको कुरामा जोड दिनुभयाे । नेपालमा बाह्य रुपमा हेर्दा सडक ,सदन, र सरकारमा कम्युनिष्ट नै कम्युनिष्ट रहेको भन्दै सच्चा कम्युनिष्ट कोहो ? भन्ने भेद खुल्न नसकेको कुरा उहाँले औंल्याउनु भएको थियो  । नेपालको कम्युनिष्ट आन्दोलनको विभिन्न तीता मीठा अनुभव रहेको यथार्थ पनि सुनाउँदै उहाँले सही किसिमले  एकता अभियानलाई अघि बढाउनु पर्ने कुरामा जोडदिनु भएको थियो

। morchamaun.jpg
कार्यक्रमको उद्घाटन सत्रमा मोर्चाकाे एक घटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीे यो मोर्चा साम्राज्यवाद विरोधी र प्रतिगमन विरोधी शक्तिहरुको साझा मञ्च रहेको बताउनु भयाे । छद्मभेषी अवसरबादीहरुले कम्युनिष्ट आन्दोलनको चिन्तन र चरित्र छोडेर प्रतिगामी, यथास्थितिबादी बिदेशी शक्तिसँग साँठगाठ गरेकोले यस्ता बिचलनकारीहरुबाट जनतामा कम्युनिष्टहरुप्रतिको दृष्टिकोण अबिश्वापूर्ण र दुःखद रहेको उल्लेख गर्नु हुँदै जनतामा संसदीय भासमा डुबेका र सशस्त्र संघर्ष गरेका सबैलाई हेरियो ,देखियो भन्ने स्थिति रहेकोले त्यो कुरालाई व्यवहारले नै चिर्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो  । विश्वमा पनि अनुकूल वातावरण नरहेको कुरा स्मरण गराउँनु हुँदै  उहाँले कसैले केही नगर्ने रहेछ भन्ने भ्रमपूर्ण स्थितिमा कम्युनिष्ट आन्दोलन पुगेको बताउनु भयो  । उहाँले मान्छेको भीडले क्रान्ति नगर्ने भन्नु हुँदै सही दृष्टिकोण, बिचार र नीतिका आधारमा  थप अधिकार र अग्रगामी उन्नत परिबर्तककोलागि जनतालाई सचेत पार्नुपर्ने कुरामा जोड दिनु भयो ।

Achyut morcha.jpg
ने.क.पा. मार्रक्सबादि पुस्पलालका नेता क. अच्युत ज्ञवालीले विगतमा वाम घटकहरुको अनेकौं मोर्चा बनेको र विघटन भएको अनुभव सुनाउँनु हुदै क्रान्तिकारी राष्ट्रिय मोर्चालाई विघटन हुनबाट जोगाउनु सबभन्दा ठूला काम हुने बताउनु भयो  र अब हुन्छ कि तब हुन्छ कि भन्दा भन्दै कम्युनिष्ट भन्नेहरुले नै  देश बेचेको अनुभव सुनाउनु भयो  ।

Adhikari.jpg
अर्का वक्ता मार्क्सबाद तथा पुष्पलाल मञ्चका संयोजक क. उदयराज अधिकारीले राष्ट्रिय भेला हुनु नै केही हुँदैछ भन्ने रहेको .संकेत रहेको बताउनु हुँदै पुराना कुरा दिमागमा राखेर पुर्वाग्रही भएर नयाँ कुरा नआउने भन्दै पुष्टी नभएका कुराहरु हटाएर पुष्टी भएका कुरा लिएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनु भयो  ।

Dhital morcha.jpgप्रतिरोध जनअधिकार आन्देलनका संयोजक प्रमोद धितालले नेपालको कम्युनिष्ट आन्दोलनमा ,क्रान्ति ,विद्रोह आन्दोलनमा पनि कारोबार किनबेचको लेनदेन चलिरहेको बताउँदै यसका विरुद्ध निर्मम सैद्धान्तिक संघर्ष गर्नु पर्ने र भण्डाफोर गर्नुपर्ने  कुरा जोडदाररुपमा उठाउनु भएको थियो  । 
bartaula morcha.jpg
नयाँ जनवादी मोर्चाका संयोजक निदेश बर्तौलाले वर्गविहीन समाज निर्माण गर्ने महान अभियानमा सबै लाग्नु पर्ने धारणा राख्नु हुँदै सही कम्युनिष्टहरु सही दृष्टिकोणका आधारमा एकताबद्ध नभै सुख छैन भन्नु भयो ।

नपाल कम्युनिष्ट पार्टीा. (मशाल)का राष्ट्रिय भेला आयोजक समितिका संयोजक विमल शर्माले नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत बनाउने कुरा पहिलेदेखिकै कुरा भएको भन्दै लेख्न जतिपनि लेख्ने तर व्यवहार र सर्वहारा दृष्टिकोणमा समस्या रहेको र यस  कुरालाई ब्यवहारबाट हटाउनु पर्ने  बताउनु भएको थियो । 

Sangeetmorcha.jpgउद्घाटन कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष सन्तबहादुर नेपालीले विगतमा गठन भैरहेको जस्तो मोर्चा यो  राष्ट्रिय क्रान्तिकारी मोर्चा नभएको उल्लेख गर्दै यसको स्थापनामा यसमा आबद्ध सबै घटकका नेता कमरेडहरुको अथक मिहनेत परेको यसले कार्यविधि बनाएर व्यवस्थित हुँदै गईरहेको धारणा राख्नु हुँदै उद्घाटन सत्रको समापन गर्नु भएको थियो । यो राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको गठन गत बर्ष २०८० साल भदौ १९ गते घोषणा गरिएको थियो ।

morchgroup.jpg