बुधबार, भाद्र ३ गते २०८३

धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको  प्रवर्ध्दनात्मक कार्यक्रम सम्पन्न

आश्विन १७, २०७८ आइतबार
धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको  प्रवर्ध्दनात्मक कार्यक्रम सम्पन्न

धरान / अन्तर्राष्ट्रिय चिनियाँ  कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवर्ध्दनात्मक कार्यक्रम धरानको बराह शपिङ्ग कम्प्लेक्सको हलमा  सम्पन्न भएको छ ।

दाहुवा टेक्नोलोजीका लागि सुनसरीको इटहरीस्थित आधिकारिक विक्रेता हाईटेक कम्प्युटर एन्ड ईलेक्ट्रोनिक्स तथा धरानस्थित आधिकारिक विक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजना तथा नेपालको आधिकारिक विक्रेता टेक वल्र्ड  डिस्ट्रिव्युसनको सहयोगमा प्रवर्ध्दनात्मक कार्यक्रम सम्पन्न भएकोहो।

कार्यक्रममा दाहुवाका सिसिटिभी लगायतका सुरक्षा निगरानी उपकरणबारे जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले वर्तमान समयमा विकासका लागि प्रविधि अत्यावश्यक रहेको र दाहुवाका उपकरणले विकासमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । त्यस्तै  बराह ग्रुपका जनसम्पर्क प्रमुख सुरेन्द्र विश्वकर्माले सुरक्षा सामग्रीहरु घर र अफिसको सुरक्षाको लागि उपयोगी हुने धारणा व्यक्त गरेका थिए ।

जिग्बी सोलुसनका अध्यक्ष मुकेश साहको सभापतित्वमा भएको कार्यक्रममा हाईटेक कम्प्युटरका संस्थापक तथा विक्री तथा प्राविधिक प्रमुख मिलन खड्काले वर्तमान समयमा दाहुवा कम्पनीका उत्पादनहरु आम मानिसहरुले प्रयोग गर्न सक्ने अवश्थामा रहेको र  दाहुवा अन्र्तराष्ट्रिय ब्राण्ड भएको जानकारी दिदै नेपालको सबै जिल्लामा दाहुवाको सेवा सुविधा विस्तार भइसकेको बताए । उनले सुरक्षा जस्तो संवेदनशील क्षेत्र भएको कारण जिम्मेवार भएर आफुहरु पनि लागिपरेको बताए । दाहुवा एसियाको टप र विश्व बजारमा दोस्रो नम्बरमा रहेको पनि बताए। 

कार्यक्रममा टेक वल्र्डका प्रमुख कार्यकारी अधिकृत भिसु तुलाधर, व्यवस्थापक राजकुमार घले लगायतले दाहुवाका उपकरणहरु बारे जानकारी गराएका थिए । सुनसरीमा  दाहुवा ब्राण्डले  सुरक्षा निगरानी उपकरणहरुमा अग्रणी स्थानमा रहेको  र दाहुवाका उत्पादनहरुको बजार विस्तार अझ व्यापक गर्नका  लागि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको   आयोजक जिग्बी टेकका प्रबन्ध निर्देशक विजय थापा मगरले जानकारी दिए ।