
लाेकनारायण सुबेदी
बृटिश साम्राज्यवादका बिरुद्ध भारतीय जनतालई गोलबन्द गर्ने र भारतीय स्वतन्त्रता संग्रामलाई नेतृत्व प्रदान गर्ने मोहनदास करमचन्द गान्धी - महात्मा गान्धी - को जन्म २ अक्टोबर १८६९मा गुजरातमा भएको थियो । हिन्दू तथा मुस्लिम दुबैलाई एकजुट पारेर देशलाई अखण्ड र अबिभाजित राख्न खोज्दा ३० जनवरी १९४८ मा उनलाई हिन्दू अतिबादी नाथुराम गोड्सेले हत्या गरेका थिए । उनी भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं बैचारिक नेता मात्र होइन स्वाधीनताका परम पूजारी थिए । त्यसैले आज यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बृटिश सरकारको उपनिवेशका रूपमा रहेको दक्षिण अफ्रिकाका रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वाधीन तुल्याउन गान्धिको अतुलनीय योगदान रहेको छ । संयुक्त राष्ट्र संघले पनि अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । साध्य र साधन दुबै सही हुनुपर्दछ भन्ने अखण्ड मान्यता राख्ने गान्धिले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । स्पष्ट छ, स्वाधीनता उनको साध्य अर्थात् अभिष्ट थियो र साधन अहिंसात्मक आन्दोलन ।
महात्मा भन्ने शब्द ससंस्कृत भाषाबाट आएको हो र यसले उच्च सम्मानको अर्थ दिन्छ । गान्धिलाई सबैभन्दा पहिले साहित्यमा नोबेल पुरस्कारले बिभूषित साम्राज्यवाद बिरोधी भारतीय साहित्यकार रवीन्द्रनाथ टेगोरले महात्मा नामले सम्वोधित गरेका हुन् । भारतमा गान्धिलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ ।
सबैभन्दा पहिले गान्धीले आफ्नो अहिंसक सविनय अवज्ञालाई प्रवासी वकीलको रूपमा दक्षिण अफ्रिकामा भारतीय समुदायको नागरिक अधिकार निम्तिको संघर्षमा प्रयोग गरेका थिए । सूटबूटमा कसिने गरेका गान्धिले दक्षिण
गान्धीबाट सिकौं र बाह्य हस्तक्षेपका बिरुद्ध एकजुट होऔ !
बृटिश साम्राज्यवादका बिरुद्ध भारतीय जनतालई गोलबन्द गर्ने र भारतीय स्वतन्त्रता संग्रामलाई नेतृत्व प्रदान गर्ने मोहनदास करमचन्द गान्धी - महात्मा गान्धी - को जन्म २ अक्टोबर १८६९मा गुजरातमा भएको थियो । हिन्दू तथा मुस्लिम दुबैलाई एकजुट पारेर देशलाई अखण्ड र अबिभाजित राख्न खोज्दा ३० जनवरी १९४८ मा उनलाई हिन्दू अतिबादी नाथुराम गोड्सेले हत्या गरेका थिए । उनी भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता मात्र होइन स्वाधीनताका परम पूजारी थिए । त्यसैले आज यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बृटिश सरकारको उपनिवेशका रूपमा रहेको दक्षिण अफ्रिकाकाे रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वाधीन तुल्याउन गान्धिको अतुलनीय योगदान रहेको छ । संयुक्त राष्ट्र संघले पनि अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । साध्य र साधन दुबै सही हुनुपर्दछ भन्ने अखण्ड मान्यता राख्ने गान्धिले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । स्पष्ट छ, स्वाधीनता उनको साध्य अर्थात् अभिष्ट थियो र साधन अहिंसात्मक आन्दोलन ।
महात्मा भन्ने शब्द ससंस्कृत भाषाबाट आएको हो र यसले उच्च सम्मानको अर्थ दिन्छ । गान्धिलाई सबैभन्दा पहिले साहित्यमा नोबेल पुरस्कारले बिभूषित साम्राज्यवाद बिरोधी भारतीय साहित्यकार रवीन्द्रनाथ टेगोरले महात्मा नामले सम्वोधित गरेका हुन् । भारतमा गान्धिलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ ।
सबैभन्दा पहिले गान्धीले आफ्नो अहिंसक सविनय अवज्ञालाई प्रवासी वकीलको रूपमा दक्षिण अप्रिmकामा भारतीय समुदायको नागरिक अधिकार निम्तिको संघर्षमा प्रयोग गरेका थिए । सूटबूटमा कसिने गरेका गान्धिले दक्षिण अफ्रिकामा भारतीय र अफ्रिकीहरुमाथि गोराहरुको अत्याचार र अपमान देखेपछि गोराहरुको बिरोध स्वरुप स्वदेशमा बनेको धोती मात्र लगाएर हिड्ने निष्कर्शमा पुगे र त्यसै गरे ।
सन् १९१५ मा भारत फर्किएपछि उनले किसानहरू, कृषि मजदुरहरू, शहरी श्रमिकहरूको पक्षमा उनीहरुमाथिको अत्यधिक भूमिकर र भेदभावविरूद्ध आवाज उठाउन थाले । सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तारगर्ने, धार्मिक तथा जातीय एकताकालाई सबल बनाउने, आत्म-निर्भरता निम्ति र छूवाछूतको अन्त्य आदिको लागि एक पछि अर्को धेरै आन्दोलनहरु पनि चलाए । तर यी सबैभन्दा पहिला भारतलाई विदेशी औपनिबेशिक राजबाट मुक्ति दिलाएर स्वराज प्राप्ति उनको आन्दोलनको प्रमुख लक्ष्य थियो । गान्धीले बृटिश सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा 'दण्डी मार्च' र त्यसपछि सन् १९४२ मा 'भारत छोड'(क्वीट इण्डिया) आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे । उनले दक्षिण अप्रिmका र भारतमा विभिन्न समयमा कयौं वर्षम्म काराबासको सजाय भोग्नुपर्यो ।

तर गान्धीले सबै परिस्थितिहरूमा सत्य र अहिंसाको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे । उनले साबरमती आश्रमको आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवन को धेरै समय व्यतित गरे र परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्चा लगाए जसलाई उनी स्वयंले चर्खामा धागो काटेर हातैले बनाएका थिए । उनले सादा शाकाहारी भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामा लामा उपवास अर्थात् भोक हडताल पनि गरे । स्वाधीनताप्रेमी गान्धीबाट सबैले सिकौं र देशको सार्बभौकिता, अखण्डता, स्वाधीनता, समोन्नति र समानतका निमित्त आम नेपाली जनताको एकताको बलियो गाँठो कसौं !आजको बढ्दो बाह्य दबाबाट मुक्त हुन गान्धिबाट समुचित प्रेरणा लिनु मननीय छ ।