बुधबार, भाद्र ३ गते २०८३

बिश्वमा मंकीपक्सकाे खतरा बढ्दाे, सावधान बन्नुपर्ने


भाद्र ७, २०८१ शुक्रबार
बिश्वमा मंकीपक्सकाे खतरा बढ्दाे, सावधान बन्नुपर्ने
काठमाण्डो । बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ल आजभोली बिश्वा तीब्ररुपमा फैलिरहेको मंकीपक्स अर्थात एमपक्स माहामारीका बारेमा प्रष्ट पार्दै यो आमाको गर्भमा हुर्किदै गरेको बच्चालाई लाग्न सक्ने बताएको छ । 
यसै साता यस फैलदो बिमारीसँग सम्बन्धित बिषयमा उठेका प्रश्नहरुका बारेमा केही जानकारी दिदै यो कुरा प्रश्नोत्तरको रुपमा संगठनले सार्बजनिक गरेको हा  । त्यस क्रममा उसले बताएको छ कि यो मंकीपक्स आमरुपमा बिमारीलाई छुने यौन सम्बन्ध राख्ने र निकट सम्पर्कमा रहने मानिसहरु सर्न सक्छ । यो मंकीपक्स भाइरस संक्रमित ब्यक्तिद्वारा छोएका कुनै पनि बस्तु या उसले टेके या छोएको भुइबाट समेत स्वस्थ ब्यक्तिाई सर्न र फैलिन सक्छ ।
जानकारी दिने क्रममा गर्भाबस्थाको बेलामा यो  संक्रमण भ्रूणसम्म पनि फैलिन सक्ने बताइएको छ ।जन्मिदै गर्दा या जन्मेपछि छालाको छालामा सम्पर्क हुँदा र शिशु या तिनका आमा बाबु निकट सम्पर्कमा आउँदा पनि यो रोग फैलिन सक्ने बताइएकोछ ।
बिश्व संघले के खतरा पनि औंल्याएको छ भने जुन ब्यक्तिमा यो भाइरस रहेको छ तर बिमारीको कुनै लक्षण भने देखिएको छैन र पूरै स्वस्थ जस्तै देखिन्छ त्यस्ता ब्यक्तिहरुबाट समेत यो संक्रमण फैलिएको देखिएको छ । तर यस बारेमा अझ थप अध्ययन गर्नुृपर्ने आवश्यकता रहेको पनि औंल्याइएको छ । उसले भनेको छ यो मंकीपक्सको संक्रमित ब्यक्तिको शुक्राणुमा पनि जिउदा भाइरस देखा परेका छन् । तर के अझै प्रष्ट भइनसकेको बताइएको छ भने यो भाइरस शुक्राणु, योनीको तरल पदार्थ र आमाको दूधबाट कत्तिको फैलिन सक्ने त्यस खतराको अझै यकिन भने भइसकेको छैन ।
monkeypoxw.webp
यस सम्बन्धमा बिश्व स्वास्थ्य संगठनले १४ अगस्टका दिन यो महामारीलाई अन्तर्राष्ट्रिय स्तरको सार्बजनिक स्वास्थ्य संकटको स्थिति भनेर घोषणा गरेको थियो ।
अहिलेसम्म बिश्वभरीमा यो मंकीपक्सका ६ हजारभन्दा बढी रोगका घटनाहरु देखापरिसकेका छन् र ६०० भन्दा बढी मानिसको यसबाट ज्यान गइसकेको छ ।
यो रोग लागेपछि निको हुन दुइ देखि चारसातासम्म लाग्न सक्ने बिश्व स्वास्थ्य संगठनले बताउँदै जबसम्म शरीरमा यस सम्बन्धि  फोकाहरु पूर्णरुमा सुकेर जाँदैनन् र त्यो ठाउँमा नयाँ छाला पलाउँदैन तबसम्म रोगीलाई पूर्ण संक्रमणमुक्त मान्न सकिदैन । त्यसैेले त्यस्ता रोगीहरुबाट टाढै र सतर्क रहनु पर्दछ । सम्पर्कमा आउनु हुँदैन । यस्ता साबधानी बाहेक अरु कुनै उपचार या खोपको बारेमा भने केही बताइएको छैन ।