शनिबार, आश्विन १७ गते २०८३

तीन बुँदे सहमति बिपरीत सरकारद्वारा नेकपा(बिप्लब समूह)का नेता काेइराला पुन: पक्राउ

आश्विन १६, २०७८ शनिबार
तीन बुँदे सहमति बिपरीत सरकारद्वारा नेकपा(बिप्लब समूह)का नेता काेइराला पुन: पक्राउ

काठमाण्डौ । बर्तमान सरकारले राज्य र नेकपा(बिम्लब समूह) बीच भएको २०७७ फागुन २१ गतेको सहमति बिपरीत नेकपाका नेता पुष्प कोइरालालाई इलामा पुनः पक्राउ गरेको छ ।
नेकपाका तत्कालीन जिल्ला इञ्चार्ज रहेका कोइरालालाई २०७७ बैशाख २२ गते इलाममा पक्राउ गरी बम बिस्फोटन, सांगठनिक अपराध लगायत बिभिन्न मुद्दा लगाएको थियो ।अनि अदालतले उनलाई रिहाई गरे पनि पुनः अदालत परिसरबाटै उनलाई गिरफ्तार गरेर सम्झौताको उल्लघन गरेको छ र प्रतिबन्ध फुकुवा भएका पार्टीलाई यसरी प्रतिबन्ध सरह नै ब्यवहार गरेको छ ।

यसरी जबर्जस्ती राजनीतिकर्मीलाई थुनामा राख्ने राज्यको चरित्र पञ्चायतीकालीन चरित्र हो भन्ने सर्बत्र आलोचना भइरहेको छ ।