कृष्णनगर । सहबाज खाँन
कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालयको कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रजत प्रताप शाहले राम्रो हाम्रो नगरपालिका बनाउन सबैको महत्त्वपूर्ण भूमिका आवश्यक रहेकोे बताएका थिए । कानुनका कुराहरु हाम्रो व्यवहारमा लाने हो भने शान्ति पनि हुन्छ संगै विकास हुनुको साथै सामाजिक सद्भाव कायम हुन्छ शाहले प्रष्ट पारे ।प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा कार्यमा सधैं प्रहरी तैनाथ रहेकोेले जनता संग सहकार्य गरि आगाडि बढ्ने उल्लेख गरेका थिए ।

जिल्ला प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ भनी बताउनु भएको छ । राम्रो काम गर्नको लागि तिता मिठा जस्तो किसिमको प्रश्नले हाम्रो लागि काम गर्न स्वागतयोग्य रहेकोेले बताउदै सार्वजनिक सुनवाइमा उठेका सवाल र गुनासोलाई प्रष्ट पारेका थिए ।

शस्त्र जिल्ला प्रहरी उपरीक्षक धुर्ब बहादुर कार्कीले ईलाका प्रहरी कार्यालय कृष्णनगरले गरेको सार्वजनिक सुनवाइ कार्यक्रम मुख्य उदेश्य नागरिकहरु बाट अहिलेसम्म प्रहरीले गरेको कामकाजको पृष्ठपोषण लिने शान्ति सुरक्षा अमनचयन गर्न भन्दै जन गुनासो तथा जिज्ञासालाई प्रष्ट गर्दै अगामि दिनमा आएका सुझाव लाई छलफल गरि अगाडि बढने बताए । ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सुकदेव पौडेल ले कार्यक्रमलाई स्वागत गर्दै वर्ष भरि गरेको कार्य प्रगति लगाएत प्रस्तुत गरेका थिए ।