काठमाण्डाै । ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) पूर्वि भेगीय क्षेत्रीय समिति, कोटेश्वरको पाँचाैं अधिवेशन सम्पन्न भएको छ। समितिका अध्यक्ष चेतनाथ काफ्लेकाे अध्यक्षता एवं ब्लोदानका वरिष्ठ सल्लाहकार लोकनारायण सुवेदीको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।
अधिवेशनमा शुभकामना मन्तव्य राख्दै प्रमुख अथिति सुवेदीले रक्तदान समानतामा आधारित सामाजिक सेवा भएको बताए । जाति, धर्म, लिङ्ग कसैलाई विभेद नगरी जोकोहीलाई पनि रगतको आवश्यकता परेको बेला सेवा गर्ने संस्था ब्लोदान भएको उनले उल्लेख गरे । रगतले हिमाल, पहाड र मधेशको बिग्रदो सम्बन्धलाई जोडेर सामाजिक सद्भाव कायम गर्न ठुलाे भूमिका खेलेको उनको बुझाई छ । आफुले ५७ पटक रक्तदान गरको अनुभव सुनाउदै सुवेदीले अरुहरुलाई स्वस्थ रहँदा रक्तदान गर्न आग्रह गरे । युवा पुस्ता नै रक्तदानको लक्षित वर्ग भएकाले उनीहरुलाई रक्तदान गर्न अभिप्रेरित गरेर अगाडि बढुनु पर्नेमा जोड दिए । संविधानले स्वास्थ्य सुविधा निःशुल्क उपलब्ध गराउने भनेको भन्दै सुवेदीले राज्यले रगतबाट नै उक्त कामको सुरुवात गर्न माग गरे ।
कार्यक्रमका विशेष अतिथि एवं ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिले विभिन्न संघसंस्थामा आवद्ध भएर पनि रक्तदान गरेकाको नाताले ब्लोदानमा जोडिएको उनको भनाई छ। ब्लोदानमा रक्तदानको मात्र कुरा हुने र मानव जीवन रहुँञ्जेल रगत आवश्यक पर्ने उनले जनाए । युवा पुस्तालाई रक्तदान गर्न अभिप्रेरित गर्न आवश्यक रहको उल्लेख गरे । हरेक ३ महिनामा रक्तदान गराउन सके विरामीको लागि आवश्यक पर्ने रगतको अभाव नहुने उनको भनाई थियाे ।
कार्यक्रममा ब्लोदानका केन्द्रीय सदस्य भोलानाथ पाठकले मृत्यको मुखसम्म पुग्दा पनि मानव जीवनमा रगतको आवश्यक पर्ने बताए । रगत आवश्यक परेका विरामीहरुलाई विना शाेधभरना र बिना भेदभाव रगत उपलब्ध गराउनु नै ब्लोदानको उदेश्य भएको उनको भनाई छ । रगतको अभावले कसैले अकालमा मृत्यु वरण गर्नु नपरोस भन्ने मान्यताका साथ रक्तदानमा लागेको बताउँदै पाठकले स्वयमसेवी रक्तदाताहरुलाई रक्तदानमा लागि रहन अभिप्रेरित गर्नुपर्नेमा जोड दिए ।
साे अधिवेशनले ब्लोदान पूर्वी भेगीय समितिको नयाँ कार्यसमिति समेत चयन गरेको छ। रवि रिमालको अध्यक्षतामा गठित नयाँ समितिको उपाध्यक्षमा माधवकुमार खड्का, सचिवमा संगिता शर्मा, सह–सचिवमा जीवन खड्का र कोषाध्यक्षमा रामहरी फुयाँल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा निलप्रसाद घिमिरे,जयराम खड्का, मधुकर केसी, सिता अधिकारी र तिलक बहादुर श्रेष्ठ चयन भएका छन्। समितिको कार्यकाल ३ वर्ष रहेकाे छ ।
नेपालपत्र संवाददाता