आइतबार, आश्विन १८ गते २०८३

नेपाल काभा वुमेन्स भलिबलमा इरानलाई ऐतिहासिक पराजित गरी फाइनलमा

श्रावण २३, २०८१ बुधबार

 -सीताराम थापा 
  (विशेष प्रतिनिधि)

काभा महिला भलिबल नेसन्स लिगमा नेपालले इरानलाई साेझाे ३-० सेटमा हराउदै नेपाल फाइनलमा प्रबेश गरेकाे छ।
नेपालले भोलि उपाधिका लागि दक्षिण एसियामा दबदबा जमाएकाे भारतको सामना गर्नेछ। जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधि चुम्नकाे लागि नेपाल एक जित आवश्यक रहेकाे छ।यस अघि लिग चरणमा भारत लाई पनि ऐतिहांसिक जित हासिल गरेकाे थियाे।नेपाली टिमले पहिलो सेटकाे प्रदर्शनमा इरानलाई २५-२१ ले सहज पराजित गर्याे।

Darsakutsaha.jpeg
दोस्रो सेटकाे खेलमा नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४-२१ को अग्रता बनाइसकेकाे थियाे। तर नेपालले लगातार ३ अंक जोडेर खेललाई २४-२४ काे समान अंक लियाे। नेपाली महिला खेलाडीकाे उत्कृष्ट प्रदर्शनमा नेपालले दाेस्राे सेट २८-२६ काे प्रतिष्पर्धामा ईरान लाई पराजित गरि २-० को अग्रता बनायाे।
तेस्रो सेटकाे सुरूवात प्रतिस्पर्धात्मक बन्यो। तर नेपालले इरानलाई मौका नै नदिएर २५-२० ले हराउँदै सोझो सेटको जित दर्ता गर्यो। 
खेलमा अरुणा शाहिकाे कप्तानिमा स्पाईकर उषा भण्डारी र निरुता ठगुन्ना,शलिना श्रेष्ठ, शरस्वति चाैधरी, साफिया पुन, सुमित्रा लगाएतले उच्च प्रदर्शन गरे। 
नेपालले लगतार जितेर फाईनल पुग्दा त्रिपुरेश्वर कभर्डहलमा उच्च ओहाेदाका ब्यक्तित्वहरु, खेलकुद मन्त्री, खेलकुद संघ, भलिबल संघ, नेता, कलाकार, प्रशिक्षक, खेलाडी, पत्रकार, र हजाराै नेपालीहरुकाे प्रत्यक्ष हेरेर तालि र झण्डा फहराइरहेका थिय। लाखाै दर्शककाे साथमा जितकाे माहाेलले खुसियालि साटासाट गरे।

kheladimahilaharu.jpeg

नेपालले जारी लिग चरणमा जितिसकेकाे बलियो टाेलि भारतसँग पुन: फाइनल उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। 
फाइनलमा भारत लाई पुन: पराजित गर्ने रणनिति बनाउने र उपाधि चुम्ने प्रशिक्षक जगदिस भट्टले बताउनु भयाे। कप्तान अरुणा शाहिले जित्ने दाबेदार प्रदर्शन गर्ने खेलाडीकाे उच्च मनाेबल रहेकाे बताईन्।
फाइनल खेल भोलि साँझ ५ बजे हुनेछ। इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ। खेल हाम्राे खेलकुदमा हेमन्त हमाल लगायतले कमेन्टर गर्ने छन्।
नेपाली खेल भलिबलकाे इतिहासमा दक्षीण एसियामा नेपालले स्थान लिइरहदा राज्य र सरकारले विशेष महत्व दिनुपर्ने आवश्यकता छ।

-सीताराम थापा, विशेष संबाददाता एवं सामाजिक अभियान्ता।