बुधबार, भाद्र ३ गते २०८३

काभा वुमन्स नेसन्स अन्तर्राष्ट्रिय भलिबल लिगमा शुरुवात जित : नेपाल उत्साहित


श्रावण १८, २०८१ शुक्रबार
काभा वुमन्स नेसन्स अन्तर्राष्ट्रिय भलिबल लिगमा शुरुवात जित : नेपाल उत्साहित

-सीताराम थापा
काठमाण्डाैंमा काभा वुमेन्स नेसन्स लिगमा बिहीबार नेपालले श्रीलंका लाई जितेर विजयी शुरुवात गरेको छ ।
नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हाे।
नेपालमा भएकाे काभाकाे खेल मध्ये एशियाका देसहश्र भारत, इरान, श्रीलंका, माल्दिभ्स र नेपाल सहित पाँच वटा देशकाे सहभागीता रहेकाे छ।
नेपालले श्रीलंका लाई २५-१९, २५-१८ र २५-१९ अंकमा जित हाँसिल गरेकाे हाे।
 पहिलाे सेट नेपालले लगतार जितेपछि दोस्रो सेटमा श्रीलंकालाई १८ अंकमै रोकेर जित्याे।  तेस्रो सेटमा भने १५ अंक सम्म श्रीलंका केही अगाडि भए पनि नेपालले कमब्याक गरि लगतार  खेलाडीहरुकाे टिम वर्कमा जित्न सफल भएकाे थियाे।
तीवटै सेटमा मैदान बाहिर ननिस्केर लगतार उत्कृष्ट खेल प्रदर्शन गर्नेमा १८ बर्षीय युवा स्पाईकर उषा भण्डारी र डिफेन्डर शलिना श्रेष्ठ रहेकि थिईन्। यद्यपि १४ जना खेलाडी आवश्यकता अनुसार प्रशिक्षक जगदिश भट्टले १२ जना खेलाडी लाई पालैपालाे टिम वर्मा खेलाए।
नया राष्ट्रिय खेलाडीमा यसै खेलबाट डेब्यू गरेका  सुमित्रा रेग्मी र आरति सुबेदीले पनि आफ्नाे राेचक खेल देखाए। दुबैकाे खेल राम्राे रहेकाे कप्तान अरुणा शाहीले बताईन्।
कप्तान अरुणा शाहि भन्छिन् "‘तेस्रो सेटमा मेरो सेटिङ मिस्टेक भयो सेटर र खेलाडी परिवर्तनपछि जित्न सफल भयाे" उनले भनिन।
खेल साेझाे सेट जितेर  तीन अंक जोडेपछि नेपाली वुमन्स टोली उत्साहित भएर कभर्ड हल परिक्रमा गरी गुन्जायमान बनाएकाे थियाे।
खेलाडीहरु लाई हाैसला दिन कभर्ड हलमा नेपाली समर्थक, कलाकार, अन्य खेलाडी, पाहुनाले नेपाली टाेलिलाई स्वागत गरेका थिए।
नेपाली टाेलीका कप्तान अरुणा शाही भन्छिन्, "हामी पहिले श्रीलंकालाई ५ सेट खेलेर जितेका अवस्थामा अहिले सोझो सेटमा नेपाली टिमले हराउँदा धेरै खुसी  छौं ।’ 

mahilavolley.jpeg
यसअघि सन् २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कपमा  नेपालले ३–२ को सेटमा जित निकाल्न सफल भएकाे थियाैं।
नेपाली टाेलिका मुख्य प्रशिक्षक जगदिश बताउछन् " यो  पहिलाे जित जिताउनु पर्ने थियाे जितेपछि नेपाली खेलाडीमा जित्नका लागि उत्साह थपेको बताउँछन" उनले थपे,-"खेलमा रहेका १४ जना आवश्यक पर्दा सबै खेलाडीले आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेर देखाएकाे बताए।  ‘प्रशिक्षकको रुपमा मैले जस्तो सोचेको थिएँ त्यस्तै खेल वुमन्स खेलाडीले खेले’ प्रशिक्षक भट्ट थप्छन् 
नेपालले यसपछिका  खेलमा थप रणनिति बनाउदै उपाधि दाबेदार संग भिड्ने बताए ।

Darsak.jpeg
उनी भन्छन्  ‘हामीले भारत र इरानसँग चुनाैतिकाे सामना गर्नु पर्ने छ।  यी दुई टिमलाई जितेर पोलको विजेताको रुपमा सेमिफाइनल खेलेमा फाइनलमा पुग्न सहज हुने बताउछन्।
नेपाल भलिबल संघकाे अध्यक्ष जितेन्द्र जंग चन्द पनि यस पटक जित्न बाकि रहेकाे भारतलाई जितेर उपाधि चुम्न सकेमा नेपाली वुमन्स भलिबल खेल अझै राम्राे हुने बताउछन्। 
नेपनलले खेल जितेपछि खेलाडीकाे उत्साह र आत्मबिश्वास थपेकाे सबैकाे बुझाई छ।
-* थापा विशेष संबाददाता एवं सामाजिक अभियान्ता हुन्।