‘एम.सी.सी. सम्झौता खारेजी आन्दोलन’को कुपण्डोलमा बसेको बैठकले एमसीसी सम्झौता खारेजीका लागि प्रदर्शन र बिरोध सभा गर्ने लगायतका केही महत्वपूर्ण निर्णयहरु लिएको जानकारी प्राप्त भएको छ । ती निर्णयहरुमा सर्वप्रथम एम.सी.सी. सम्झौता खारेजी आन्दोलनमा थप तीनवटा देशभक्त सङ्गठनहरु समावेश भएका छन् । दोस्रो एम.सी.सी. सम्झौता खारेजको विकल्प नभएको र यही असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डेलाबाट शुरु गरेर विरोध ¥याली ंसंसद् भवन अघि पुगेर विरोधसभा गर्ने निर्णय गरेको छ ।
अन्य निर्णयहरुमा नेकपा(बिप्लब समूह)का सबै नेता–कार्यकर्ताको अविलम्ब रिहाई गर्न सरकारसँग माग र भारतको जी.एम.आर. कम्पनीसँग भएको सम्झौता खारेज गरी कुनै हालतमा म्याद थप नगरी क्षतिपूर्ति भराउने र माथिल्लो कर्णाली परियोजनालाई माथिल्लो तामाकोसीको मोडेलमा नेपाल सरकारले आफैंले सञ्चालन गर्ने काम अगाडि बढाओस् भन्ने जोडदार माग रहेको छ ।

बैठकको पूर्ण बिवरण यस प्रकार छ :
