शनिबार, आश्विन १७ गते २०८३

उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण

आश्विन १४, २०७८ बिहीबार
उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण


काठमाण्डाै । उत्तर कोरयाले पछिल्लो पटक गएको मंगलबार शक्तिशाली र प्रभावकारी ह्वासङ –८ नामको हाइपरसोनिक क्षेप्यास्त्रको बिकास र सफल परीक्षण गरेको छ । एक पछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आइहेको उत्तर कोरियाले महत्वपूर्ण पाँच बर्षे सैन्य बिकास सैन्य बिकास योजना तयार गरिएको र यो महत्वपूर्ण पाँच हतियार प्रणालै मध्ये एक भएको सरकारी सञ्चार माध्यहरुले जनाएका छन् । यो उत्तर कोरियाले  हाइपरसोनिक क्षेप्यास्त्रको नबीनतम् सफल परीक्षण भएको जनाएको छ ।

यो नयाँ क्षेप्यास्त्र ’रणनीतिक हतियार’ भएको उनीहरुले जनाएका छन्। यस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ ज्ञाता बिश्लेषकहरु ृृउल्लेख गर्दछन् ।

यो परीक्षणले कडा प्रतिबन्धका बीच पनि प्योङयाङ अस्त्र विकास र निर्माणको कामलाई निरन्तरता दिएको थप सङ्केत गरेको छ।

यस सम्वन्धमा उत्तर कोरियोको सरकारी मुखपत्र केसीएनएले “यो हतियार प्रणालीको विकासले हरेक कोणबाट देशको आत्मरक्षा क्षमतालाई थप वृद्धि गरेको छ’’ जनाएको छ ।
 एकै महिनाभित्र उत्तरकोरियामा भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो। यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।

उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ। त्यसअघि पनि उसले बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।
साधारण क्षेप्यास्त्र भन्दा हाइपरसोनिक क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमताका हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने समाचार संस्था एएफपीले जनाएको छ।

परीक्षणबाट यो ’क्षेप्यास्त्रको गन्तव्यमा नियन्त्रण स्थिरता’ को पुष्टि भएको पनि कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

श्नाेत -बिभिन्न न्यूज एजेन्सीहरू