नेपाल उद्योग परिसंघ युवा उघनी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषय छलफल गरेको छ। मञ्चले जनता एग्रो एण्ड फरेष्ट्रीसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गरसँग नेपालमा अगानिक कृषिको सम्भावना तथा अन कृषिका फाईदाहरुका विषयमा छलफल गरेको हो ।
सो अवसरमा राजदूत गोल्डबर्गरले इजरायलले सीमीत वर्षाका बावजूद आफ्नै देशमा पर्यास साधा उत्पादन गर्न सफल मात्र नभई निर्यात समेत गरिरहेको बताए । इजरायलले प्रयोग गरेका आधुनिक कृषि प्रणालीहरुका विषयमा जानकारी गराउँदै उनले नेपाली उद्यमीहरूलाई भारतका कृषि केन्द्रहरुको भ्रमण गरी उन्नत कृषिका बारेमा ज्ञान प्राप्त गर्न आग्रह गरे ।
कार्यक्रममा गोल्यान सुपमा अध्यक्ष पवन गोल्यानले नेपालमा अर्गानिक कृषिको महत्व र विषयमा आफ्ना धारणा राखेका थिए । उनले जनता एग्रो एण्ड फरेष्ट्रीका कृषि उद्यमीका लागि लगानी , साझेदारी तथा उत्पादन खरीदका अवसरका विषयमा समेत जानकारी गराएका थिए । नेपाल उद्योग परिसंघ युवा उधमीका अध्यक्ष अनुराग गोयलले नेपालको कृषि क्षेत्रमा नवप्रवर्तन र विकासलाई प्रवर्द्धन गर्न मञ्चले आफ्नो तर्फबाट सक्दो सहयोगी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्टर्टअपहरुलाई नेपालमा अर्गानिक कृषिको पूर्ण सम्भावनालाई उपयोग गर्न निरन्तर सहयोग गर्ने समेत बताए ।
नेपालपत्र संवाददाता