शनिबार, आश्विन १७ गते २०८३

बागलुंगकाे एक मात्र आदर्श बिद्यालय किन शैक्षिक गन्तव्य बनिरहेछ ?


आषाढ २६, २०८१ बुधबार
बागलुंगकाे एक मात्र आदर्श  बिद्यालय  किन शैक्षिक गन्तव्य बनिरहेछ ?

शैक्षिक सत्र शुरु भए संगै कानुन बिषय पढ्ने सुबिधा भएकाे एक मात्र आदर्श बिद्या  मन्दिर  माध्यामिक बिधालय बागलुङ, बिधार्थीकाे साझा शैक्षिक गन्तव्य बनेर त्यहाा बिद्यार्थी भर्ना भरना हुँदै छन्। 

साबिककाे धाैलागिरी अञ्चलमा "कानुन बिषय"  यसै बिद्यालयमा मात्र पढाइ हुने गर्दछ। कानुन र ब्यवस्थापनमा गुणस्तरीय र सर्बाेत्कृष्ट नतिजा दिने गरी अध्यापन गरिने भएकाेले याे बिद्यालय बिधार्थिकाे राेजाईमा परेकाे हाे। 
पछिल्लाे समय न्याय सेवामा राम्राे भबिष्य देखेपछि र पढ्नका लागि काठमाण्डाै भन्दा यहाँ सहज र उत्कृष्ट भएकाेले  यस आदर्श बिद्यालयमा कानुनकाे ब्यवस्थापन, शिक्षा, मानबिकी र कम्पय्यूटर साईन्स गरी पाच संकायमा उच्च नतिजा दिने गरी पढाइ हुने भएकाले सबै जिल्लाका बिद्यार्थीले कक्षा ११ मा भर्ना हुने गन्तव्य याे बिद्यालय बनेकाे छ ।

कक्षा ११ काे यतिबेला कानुन र ब्यवस्थापन बिषय जस्ताे महत्वपूर्ण बिषय अध्ययन गर्ने अवसर लिन आदर्श माध्यामिक बिधालय ( AVM) मा यतिबेला पहिलाे चरणकाे परीक्षाकाे साथ भिडभाड बढेकाे छ।

बिगत ६ बर्षदेखि सर्बाेत्कृष्ट नतिजा दिन सफल आदर्श बिद्यालयकाे शिक्षाकाे स्तरले कानुन र ब्यवस्थापन पढ्नकै लागि काठमाण्डाै, पाेखरा चाहार्न नपर्ने भएकाेले पनि यतिबेला भर्ना हुन बिधार्थिकाे चाप उलेख्यरूपमा बढेकाे बिद्यालका प्राचार्य भुपेन्द्र के. सी. ले नेपालपत्रलाई बताए।

बागलुङ नगरपालिका-३ सृजना टाेलमा रहेकाे आदर्श बाेर्डिङ स्कुलमा भर्ना हुन चाहने बिद्यार्थीकाे चाप बढेपछि राम्राे अङ्क लिएकाे र प्रबेश परीक्षा लियर बिधार्थी छनाैट गरिरहेकाे बिद्यालयका शिक्षक सह प्राचार्य दिपक खनालले बताए।
काननबिद अधिबक्ताहरुकाे उल्लेख्य संख्या रहेकाे जिल्ला र उच्च अदालत रहेकाे र मुद्दाकाे चाप भएकाे त्रिबिकाे धाैलागिरी क्याम्पस भएकाेले बागलुङ बजारमा अंग्रेजी माध्यामबाट कानुन र ब्यवस्थापन पढ्न याे बिद्यालय बिधार्थीकाे राेजाईमा पर्ने अभिभावकहरु बताउछन्। 

बिद्यालयमा बिद्यार्थीकाे चाप बढ्नुमा बिद्यालकाे वातावरण, गुणस्तरीय शिक्षा र यसले दिन नतिजा, कक्षा भित्रकाे सिकाई प्रकृया, याेग्य, दक्ष र अनुभबी  शिक्षक बिद्या लयमा भित्रिनु रहेकाे अभिभावकहरु बताउछन्।
कानुन मात्र नभएर सबै संकायमा उच्चस्तरीय गुणस्तरकाे पढाइ हुने शिक्षक शिव पाैडेल बताए । डिजिटल बाेर्ड मार्फत अध्यापन गराउदा बिधार्थीले छिटाे सिक्ने र बिद्यालयकाे ब्यवस्थापन र शिक्षण पद्धतिले राष्ट्रिय, अन्त राष्ट्रिय पहिचान दिन सफल हुँदै आएकाे छ। यसैले पनि आदर्श शैक्षिक गन्तब्यकाे हब बनेकाे हाे।