आइतबार, आश्विन १८ गते २०८३

क.पुष्पलालको जन्म शतबार्षिकीमा महिला समस्याको चर्चा

आषाढ २३, २०८१ आइतबार
क.पुष्पलालको जन्म शतबार्षिकीमा महिला समस्याको चर्चा

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका स्थापनाकर्ता तथा कम्युनिष्ट आन्दोलनका महान मार्गदर्शक एबं चिन्तक कमरेड पुष्पलालको जन्म शतबार्षिकीको सन्दर्भमा बिश्व महिला आन्दोल र क्लारा  जेटकिनको जन्म दिनको अबसरमा नेपाली महिलाका समस्या र महिला आन्दोलनको बिषयमा छलफल कार्यक्रम काठमाण्डौमा एक बिशेष समारोहका बिच  सम्पन्न भयो । 

lalsalam.jpeg
त्यस अबसरमा कार्यक्रमको अध्यक्षको आसनबाट बोल्नु हुँदै क. पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोहसमितिका सदस्य सचिव तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले पुष्पलालको जन्म शताब्दी मनाउनुको अर्थ नै कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गतिमा हिडाउँदै नेपाल राष्ट्र र नेपाली जनताका युगौंदेखि बर्तमानसम्मका समस्या हल गर्न उहाँको बिचारको वरिपरी सबै निष्ठबान क्रान्तिकारी कम्युनिष्ट एक हुने दिशामा अग्रसर हुनु र त्यसका लागि सही ढंगले छलफल चलाउनु तथा सशक्त कम्युनिष्ट आन्दोलनको पुनर्बिकास गर्नु हो भन्नु भयो । माक्र्सबाद लेनिनबाद र माओ बिचारधारालाई नेपाली माटोमा बिजारोपण गर्ने कमरेड पुष्पलालले क्लारा जेटकिन र रोजा लक्जेम्बर्ग जस्ता बिश्व श्रमिक महिलाहरुको मुक्ति र प्रगतिको निम्ति नेतृत्व गनुहुर्ने महिला नेतृहरुबाट समेत सिकेर १५ सेप्टेम्बर १९४९ मा  कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्दा नै महिला समुदायले आफ्ना हक अधिकारका निम्ति अरु जनबर्ग सँगसँगै संघर्षमा एकजुट भएर अघि बढ्नु पर्ने कुरा महिला समुदायका मागसहीत प्रष्टरुपमा उठाउनु भयो ।

maunadharan.jpeg 
कार्यक्रममा उहाले अगाडि भन्नु भयो – आज कम्युनिष्ट आन्दोलन बिचलित र बर्ग समन्वयको गलत दिशामा गएर जोसँग पनि मिल्ने, राष्ट्र र जनताका हित बिपरीत जस्तासुकै राष्ट्रघाती सन्धि सम्झौता गरेर पनि सत्तामा जाने संसदबादी भासमा डुबेकोले त्यसलाई सच्याउन पुष्पलालको बाटो सही किसिमले पक्रनुभन्दा अर्को कुनै बाटो छैन भन्नु भयो । त्यसका निमित्त निष्ठाबान क्रान्तिकारी कम्युनिष्टहरुको एकीकरण, बामपन्थीहरको ध्रुबीकरणर र संयुक्त जन आन्दोलनको उठान आजको राष्ट्रिय आवश्यकता हो भन्नु भयो ।  उहाले राणा शासन कालमा दमनकारी क्रुर शासन सत्तासँग झुक्नुभन्दा त्यसका बिरुद्ध जलसमाधि लिनु उपयुक्त ठानेर ६७ जना पुरुष अनुयायी सहीत अरुण खोलामा हाम फाल्नु त्यतिबेला र अहिले पनि समाजका लागि सानोतिनो साहस र संघर्षकाृ चानेचुने.कुरा थिएन भन्दै योगमायाको क्रान्तिकारी भावनाप्रति पनि सम्मान प्रकट गर्नु भयो ।

shrambridhi.jpeg
 आमन्त्रित बक्ता अतिथिगण तथा उपस्थित सहभागी सबैलाई सम्मान गर्दै कमरेड पुष्पलाल जन्म शतबार्षिर्की राष्ट्रिय समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका कोषाध्यक्ष सीता सुबेदीले महान क्रान्तिकारी माक्र्सबादी नेता कमरेड पुष्पलाल, बिश्व महिला नेतृ क्लारा जेटकिन तथा क्रान्तिकारी समाज सुधारक नेपाली महिला योद्धा योगमाया नेउपानेहरुको निष्ठबान क्रान्तिकारी भावना र मर्मलाई बुझेर कमरेड पुष्पलालले अघि सार्नु भएको माक्र्सबाद लेनिनबाद माओबिचारधारालाई दृढताकासाथ पक्रेर ब्यबहारमा उतार्न सकेमा मात्र यो जन्म शत बर्षिकी मनाएको सही ठहरिन्छ भन्नु भयो । उहाले कम्युनिष्ट घोषणा पत्र लेख्दै देखि महिला मुक्तिको संघर्षमा बिशेष जोड दिनु भएको र मातृ सत्तात्मक समाजको इतिहास खोजी गरेर महिलाहरु कसरी संघर्ष गर्दै आए, कसरी दबाइए अनि कसरी बिद्रोह गरे र उनीहरुको बिद्रोहलाई थामथाम थुमथुम पार्न देबी(महिला)हरुको शक्ति पीठ बनाएर पूजा अर्चना गर्ने परम्परा बसालेर अल्मल्याउने काम गरियो भन्ने कुरा प्रष्ट पार्नु भएको र जनताको संघर्षको इतिहासलाई अझ पनि खोजबिन गरेर उजागर गरर अघि बढ्न शिक्षा दिनु भएको छ त्यसलाई मनन गर्नु पर्दछ भन्ने कुरा दर्शाउनु भयो । 

lalsalam2.jpeg
कार्यक्रममा बोल्नुहुँदै महिला नेतृ तथा लामो समयदेखि महिला आन्दोलनमा क्रियाशील सूर्या थापाले कमरेड पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा जुन योगदान दिनु भएको छ त्यसको सार्थकता आज झन बढेको छ । हिजो उहाँमाथि नेतृत्व बर्गले जुन गलत आरोप लगायो पुष्पलालको क्रान्तिकारी जीवन र कर्मले त्यसको पूरै खण्डन गरिसकेको छ भन्नु हुँदै बिश्व श्रमिक महिला आन्दोलनमा जर्मनी माक्र्सबादी महिला चिन्तक क्लारा जेटकिनले श्रमिक महिला मुक्तिका लागि खेल्नु भएको महत्वपूर्ण भूमिका दिनुभएको योगदान बारे बूँदागतरुपमा उहाँले बताउनु भयो । उहाले पनि क्रान्तिकारी कम्युनिष्ट एकतामा बिशेष जोड दिनुभयो । उहाँले समाज सुधारक महिला योद्धा योगमाया नेउपानेको क्रान्तिकारी भावनाको कदर पनि यसरी मात्र हुन्छ भन्नु भयो ।


 महिला नेतृ तथा संबिधान सभा सदस्य समेत रहनुभएकी दामा शर्माले संबिधानमा महिलाका हक अधिकारका कुरा धेरै लेखिए पनि त्यसको कार्यान्वयका लागि संघर्र्ष नगर्ने हो भने ती पनि लागु हुँदैनन । सत्ता दलाल पूँजीवादको हातमा छ । नेपाली जनबादी क्रान्तिको कार्यभार पूरा गर्दै समाजबादमा जानुको बिकल्प छैन भन्नु हुँदै सच्चा कम्युनिष्टहरु एक जुट भएर मात्र कमरेड पुष्पलाल र क्लारा जेटकिनका सपनाहरु पूरा गर्न सकिने छ भन्ने कुरा उहाँले राख्नु भयो र आन्दोलनलाई सच्याउँदै अघि बढनु पर्ने सुझाव दिनु  भयो ।
 अखिल नेपाल महिला संघकी क्रान्तिकारी नेतृ तथा योद्धा धिरेन्द्र उपाध्यायले कमरेड पुष्पलालको सही माक्र्सबादी – द्वन्द्वात्मक भौतिबादी सिद्धान्त, तदनुरुपको कार्यनीति र अन्तरबिरोधको सही सञ्चालन तथा कम्युनिष्ट आन्दोलनप्रति अबिचलित निष्ठाकासाथ जुन नयाँ जनबादी क्रान्तिको पक्षमा उहाँ दृढताकासाथ खडा हुनु भयो त्यो आजको लागि पनि ऐतिहासिक मार्ग दर्शक बाटो हो । त्यही बाटोबाट नयाँ जनबाद हुँदै हामी समाजबादमा जानु पर्छ । दलाल पूँजीवादको एक मात्र बिकल्प समाजबाद मात्रै हो । यसैका लागि बिश्व समाजबादी नेता महिला नेतृ कमरेड क्लारा जेटकिनले पनि महिला मुक्तिको बाटो देखाउनु भएको हो । हामी यही बाटोमा लाग्ने प्रण कमरेड पुष्पलालको जन्म शतबार्षिकीको अबसरमा गर्नु पर्छ भन्नु भयो ।

dhunbahera salma.jpeg
 कानुनकी बिद्यार्थी सम्बृद्धि घिमिरेले नेपालको संबिधानले महिलाहरुका निम्ति राजनीतिक, आर्थिक, सामाजिक, पारिबारिक तथा साँस्कृतिक अधिकार लेखिएका भए पनि लागु हुन सकिरहेका छैनन्  । महिला पुरुष सबै एकजुट भएर यी लेखिएका कानुन लागु गर्न दबाबकारी संघर्ष गर्न सकेमा मात्र क्लारा जेटकिन र क. पुष्पलालले देखेका सपना पूरा गर्नतिर हाम्रो नेपाली समाज अघि बढ्न सक्छ भन्नु भयो । 


कार्यक्रमको आरम्भमा अन्तराष्ट्रिय  क्रान्तिकारी धुन बजाउँदै र कमरेड पुष्पलालको फोटोमा अबीर तथा पुष्पार्पण गर्दै सम्मान प्रकट गरिएको थियो भने देशको साम्राज्यबाद बिरोधी, जनबादी र कम्युनिष्ट आन्दोलनमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुमा हार्दिक सम्मान सहीत एक मिनेट मौनधारण गरिएको थियो ।