आइतबार, आश्विन १८ गते २०८३

पुष्पलालको क्रान्तिकारी  विचार छाडेर क्रान्तिकारी एकता हुन सक्दैन


आषाढ १५, २०८१ शनिबार
पुष्पलालको क्रान्तिकारी  विचार छाडेर क्रान्तिकारी एकता हुन सक्दैन

पुष्पलाललाई सही परिप्रेक्षमा सही ढंगल नबुझी र उहाँको नीतिलाई अबलम्बन नगरी कम्युनिष्ट आन्दोलनले सही दिशा र गति लिन नसक्ने तथा जनता र राष्ट्रका समस्या पनि हल हुँदैनन्। देशको विगतदेखि अहिलेसम्मको बस्तुगत स्थितिले यही यथार्थ प्रष्ट पारेको छ ।आज काठमाण्डौमा आयोजित क. पुष्पलाल जन्म शतबार्षिकी उद्घाटन समारोहमा बोल्नुहुने वक्ताहरुले याे यथार्थ औंल्याउनु भएकाे हाे। 

पुष्पलाल जन्म शत बार्षिकी समारोह समितिको अध्यक्षको आसनबाट बोल्नु हुँदे नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष कमरेड भिमप्रसाद सेढाईंले बिश्व कम्युनिष्ट आन्दोलनका प्रणेता कार्ल मार्क्स .र लेनिनलाई जसरी लखेटेका थिए कमरेड पुष्पलाललाई पनि नेपालमा त्यसरी नै लखेटे भन्ने उदाहरण दिनु हुँदै तर क. पुष्पलालले आफ्नो क्रान्तिकारी सत्य निष्ठा र सिद्धान्तको बाटाे कहिल्यै छोड्नु भएन । उहाँकाे क्रान्तिकारी धारलाई छोडेर हिँड्दा  देश  र जनताका आधारभुत समस्या अहिलेसम्म पनि हल नभएको मात्र होइन झन् जटील बनेर गएको यथार्थ उहाँले औल्याउनुभयो ।

कमरेड पुष्पलाल बाचुञ्जेलसम्म सामन्ती, साम्राज्यबादी र भारतीय एकाधिकार पूँजीवादी शक्तिका बिरुद्ध अबिश्रान्तरुपमा एकलब्यझै लडिरहनु भयो । तर अरुले पुष्पलाललाई खेदो गरेर समय बिताए । अहिले पनि सामन्तबाद र साम्राज्यबादसँग साँठगाँठ गर्नेले  पनि  पुष्पलाललाई मानेको स्वाँग  गर्दै पुष्पलाल शतबार्षिकी मनाइरहेका छन् । त्यस्ता  कम्युनिष्टहरुको बिगबिगीले कम्युनिष्ट आन्दोलन नेपालमा धराशायी बनिरहेको छ । यो स्थितिबाट कम्युनिष्ट आन्दोलनलार्ई मुक्त गर्न र सही बाटोमा ल्याउन क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु कमरेड पुष्पलालको बिचार वरीपरी मोर्चाबद्ध, ध्रुबीकृत र एकीकृत हुनु बाहेक अरु कुनै बिकल्प छैन ।  त्यसो नगरी कम्युनिष्ट आन्दोलनले सही बाटो लिदेैन । देश  र जनतका समस्या पनि हल हुँदैनन् – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड लोकनारायण सुबेदीले सुमारोहमा उपस्थित अतिथि तथा सम्पूर्ण कमरेड एबं मित्रहरुलाई स्वागत गर्दै उक्त धारणा ब्यक्त गनुृ भएको हो । 

padayatrajulus.jpg
कमरेड पुष्पलालका कान्छा भाइ बिजयलालले पुष्पलालमाथि शुरुदेखिने षडयन्त्र हुँदै आएको र जीवनभरी उनीमाथि हमला गर्ने काम भयो । उनका सच्चा अनुयायीहरुले पुष्पलालका चिन्तन, चरित्र, ब्यवहार र सिद्धान्तलाई सही ढंगले अघि बढाउन सके कम्युनिष्ट आन्दोलनको भबिष्य उज्जल छ भन्नु हुँदै  पुष्पलालका याेगदानहरु अमर छन् भन्नु भयो । 

पुराना कम्युनिष्ट तथा किसान आन्दोलनका नेता कमरेड नन्दन अर्यालले प्रमुख अतिथिकोे आसनबाट बोल्नु हुँदै  बिश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि साम्राज्यबादका एजेण्टहरु घुसेर यसलाईृ छिन्नभिन्न पार्ने, एकजुट हुन नदिने र देश र जनताई झन झन कमजोर पार्ने काम गरिरहेको छन् । यो कुरा बुझेर क. पुष्पलालको सही नीतिका वरिपररी गोलबन्ध नभए कम्युनिष्ट आन्दोलन अघि बढन सक्तैन भन्नु भयो । उहाले कम्युनिष्टहरु ढाटछल गर्ने नभई इमानदार र पारदर्शी हुन पर्दछ । देश र जनता लुट्ने र धोका दिने भ्रष्ट कार्य गर्नेहरु कोही पनि कम्युनिष्ट  होइनन् र कदापि हुन सक्तैनन्  भन्नु भयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता क. रामबहादुर बुढाले क.पुष्पलाल आज सबैका मान्य बैचारिक नेता ठहरिए पनि उहाँको बिचारलाई कसले सही किसिमले ग्रहण गर्छ र अघि बढ्छ त्यो बिचारणीय पक्ष छ । ओठे भक्तिले पुष्पलालको अनुयायी हुन सकिदैन भन्नु भयो । उहाँले सही कम्युनिष्टहरु ध्रुबीकरण र एकीकरणको दिशामा नलागी सुखै छैन भन्ने कुरामा जोड दिनुभयो ।

अखिल नेपाल कम्युनिष्ट पार्टी एकता सयोजन समितिका नेता पुष्कर गौतमले हिजो पुष्पलालको सही नीतिलाई हमला गर्नेहरु पछि हटेपनि पुष्पलालको नीतिबाट ती कोशौं दुर गलत बाटो हिडिरहेको हुनाले नै हामीले राष्ट्रिय क्रान्तिकारी मोर्चा बनाउनु परेको र क्रान्तिकारी कम्युनिष्टहरुका बिच एकाताको खोजी गर्नु परिरहेको उल्लेख गर्नुहुँदै कम्युनिष्ट एकता बर्षकोरुपमा कमरेड पुष्पलालको यो जन्म शत बार्षिकी मनाउन सक्यौं भने यो क्रान्तिकारी दिशामा एउटा फलदायी कार्य  हुन्छ भन्नु भयाे । उहााले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आएका उतार चढावको पनि चर्चा गर्नु भएकाे थियाे । 

कार्यक्रममा नेकपाका सचिवद्वय क.महेन्द्र जोशी र क.रामदुलार महतो, कोषाध्यक्ष क.सीता सुबेदी र सचिावालय क चन्दु्रदेव रामले पनि बोल्नु हुँदै क. पुष्पलालको सही नीति नै क्रान्तिकारी कम्युनिष्टहरुका एकताको मूल आधार हो । प्रतिगमनकारी शक्ति र साम्राज्यबादी शक्तिसँग साँठगाँठ र सौदाबाजी गर्नेहरुसँग एकताको कुरा गर्नु केवल देश  र जनतालाई धोका मात्र हो भन्ने कुरा उहाँहरूले ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रमका बीचमा क. पुष्पलाल जन्म शतबार्षिकीको सम्मान गर्दै  अन्तर्राष्ट्रिय कम्युनिष्ट गीतका साथ  १०० झण्डा एकसाथ उठाएर कमरेड पुष्पलालप्रति उच्च सम्मान प्रकट गरिएको थियो भने उहाँको सम्मानमा प्रकाशित २०८१ सालको क्यालेण्डर सार्वजनिक पनि गरिएको थियो।

bimochna.jpg

साम्राज्यबाद बिरोधी तथा सामन्तबाद बिरोधी नेपाली जन आन्दोलनमा शहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति सम्मान प्रकट गर्दै शुरु भएको कार्यक्रममा  ललिता राईले ‘स्वागत गर्छाैं हामी जनताका योद्धाहरुलाई’ भन्ने स्वागत गीत गाउनु भएको थियो भने कार्यक्रमको बीचमा क. अमरदेव पासवानले नेपाली किसान मजदुरका पीडा दर्शाउदै मार्मिक भोजपुरी गीत सुनाउनु भएको थियो ।

कार्यक्रमका बीचमा नै ८० बर्ष नाघेका बयोबृद्ध कमरेडहरुलाई कमरेड पुष्पलाल अंकित लकेट र नेपाली खादा लगइदिएर सम्मान प्रकट गरिएको थियो । सम्मानित हुने कमरेडहरुमा नन्दन अर्याल, बारा, बिजयलाल श्रेष्ठ, काठमाण्डौ गोपाल पोखरेल, गुल्मी र शिवहरि घिमिरे सिन्धुली हुनुहुन्थ्यो ।

कार्यक्रमकै बीच बिभिन्न बाम तथा लोकतान्त्रिक पार्टी छाडेर बिभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएका १४ जना कमरेडहरुलाई कमरेड पुष्पलाल अंकित लकेट लगाइदिएर कार्यक्रमका अध्यक्ष क. भिमप्रसाद सेढाईले स्वागत गर्नु भएको थियो । कमजाेर स्वास्थ्य र अशक्तताका कारणले कार्यक्रमका संयाेजक कमरेड बयाेबृध्द शिव भटरार्इ भने याे समाराेहमा उपस्थित हुन सक्नु भएन । तर उहाँले कार्यक्रमकाे पूर्ण सफलताकाे शुभ कामना दिनु भएकाे थियाे । समाराेहमा उहाँकाे सुस्वास्थ्यकाे कामना गरिएकाे थियाे । 

आजै बिहान क.पुष्पलालको सम्मानमा पदयात्रा र पर्चा बितरण पनि गर्दै कोटश्वर परिक्रमा पनि गरिएको थियो । पार्टीका केन्द्रिय सदस्य क. प्रबीण जोशीको सौजन्यतामा प्रकाशित पर्चामा कमरेड पुष्पलालको योगदान बारे चर्चा गर्दै शतबार्षिकी सफल पार्र्न आह्वान गरिएको छ । पद यात्रामा कमरेड पुष्पलाल अमर रहुन्, नयाँ जनबादी क्रान्ति जिन्दाबाद, मार्क्सबाद लेनिनबाद माअाेबिचारधारा जिन्दाबाद, सामन्तबाद साम्राज्यबाद मूर्दाबाद, बिश्वका सम्पूर्ण श्रमजीवी जनता एक होऔं, मजदुर किसान एकता जिन्दबाद, क. पुष्पलाल जन्म शत बार्षिकी कार्यक्रम सफल पारौ भन्ने नारा लगाइएको थियो । 

jhanda padyatra.jpeg