आइतबार, आश्विन १८ गते २०८३

यु-१९ राष्ट्रिय भलिबल प्रतियाेगिताकाे खेलाडी छनाैट


आषाढ ४, २०८१ मंगलबार
यु-१९ राष्ट्रिय भलिबल प्रतियाेगिताकाे खेलाडी छनाैट

यु-१९ पुरुष- महिला राष्ट्रिय भलिबल प्रतियाेगिताकाे प्रदेशमा खेलाडी छनाैट कार्य सम्पन्न भएकाे छ।

यु- १९ देखि राष्ट्रिय भलिबल खेल बिकास गर्न जिल्ला हुँदै प्रदेश खेल प्रतियाेगिता बाट खेलाडी छनाैट गरी राष्टिय  र अन्तराष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलाडी छनाैट गरिएकाे हाे। खेलमा फाईनलमा जित्ने टिम मात्र नभएर राम्राे खेल्ने प्रदेशका १२ जना खेलाडी छनाैट गरि प्रशिक्षण दिईरहेकाे गण्डकी प्रमुख  प्रशिक्षक रमेश केसीले बताए । 

पाेखरा गण्डकी प्रदेश भलिबल संघले जिल्ला भलिबल संघले छनाैट गरि पठाएकाे यु-१९ खेलाडीकाे प्रतियाेगिता गरि १२ जना खेलाडी समेत छनाैट गरेकाे छ।

पाेखराकाे १० जिल्लाकाे खेलाडी बिच प्रतिष्पर्धाकाे फाईनल चरणमा पुरुष तर्फ बागलुङ जिल्लाले पर्वत जिल्ला लाई २-० साेझाे सेटमा पराजित गरेर बागलुङ उपाधि र पर्वत उप बिजेता बनेकाे थियाे। पुरुष तर्फ स्याङजा र तनहुं पनि अगाडि थिय।

baglungkhel2.jpeg

यसै गरि महिला तर्फ म्याग्दी जिल्लाले कास्की जिल्ला लाई २-१ मा पराजित गरि म्याग्दीले उपाधि र कास्की उप बिजेता बनेकाे थियाे।

महिला तर्फ खेलमा पर्वत र बागलुङ नवलपुर पनि अगाडि थिए। बिजेता र उप बिजेता आयकाे टिम लाई ट्रफि, मेडल, प्रमाण पत्र सहित पुरस्कृत गरिएकाे छ। बिजेता उप बिजेतामा बागलुङकाे सुर्य बिक र पर्वतकाे सन्दिप नेपालिकाे टक्कर रहेकाे थियाे। खेलाडि छनाैटमा सधै  सबैले अवसर पाउने र नपाउने भएकाे आशंका र गुनासाे छ। यद्यपि खेलाडी छनाैटमा राष्ट्रिय अन्तराष्ट्रिय जित्नु पर्ने हुँदा सर्वाेत्कृष्ट र तटस्थ रहेकाे जनाइएकाे छ।

गण्डकीमा खेलमा सहयाेग गर्न जिल्ला प्रदेस, राष्ट्रिय काेच र रेफ्रिहरु, जिल्ला र प्रदेश भलिबल संघकाे अध्यक्ष तथा प्रतिनिधिहरु र खेलाडीकाे सहभागिता रहेकाे थियाे।

खेलाडिहरुले काठमाण्ठाै कभर्ड हलमा साहाना प्रधान प्रतिष्ठानकाे आयाेजना तथा नेपाल भलिबल संघकाे  सहयाेगमा प्रदेश स्तरिय खेल खेलाई  राष्ट्रिय तथा अन्तराष्ट्रमा खेल्ने यु- १९ राष्ट्रिय भलिबल खेलाडी छनाैट गरिने र बिजेता टिमहरु लाई पुरस्कृत गरिने गण्डकी प्रदेश काबा अध्यक्ष हरी कुमार श्रेष्ठले बताए ।