शनिबार, कार्तिक ८ गते २०८३

जनता समाजबादी पार्टीकाे महाधिवेशन जनकपुरमा हुँदै


जेठ २८, २०८१ सोमबार
जनता समाजबादी पार्टीकाे   महाधिवेशन  जनकपुरमा हुँदै

आजबाट जनता समाजबादी पार्टीको एकताकाे  राष्ट्रिय महाधिवेशन जनकपुर तिरहुतिया गाछीमा हुँदैछ । तीन दिनसम्म चल्ने यस महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नुकासाथै सम सामयिक राष्ट्रिय महत्वका प्रस्तावहरु पनि मारित गर्ने छ । 

अचानक पार्टी बिभाजन भए पछि यसलाई पुनर्संगित गरेर चुस्त दुरुत बनाउन र सुसञ्चालन गर्न यो महाधिवेशन बोलाइएको  छ । यस अधिवेशनमा बिभिन्न दलका नेताहरुलाई पनि शुभकामना दिन बोलाइएको खबर छ । तर अशोक राईको नेतृत्वमा बिभाजन भएको तप्कालाई भने यसमा बोलाईएको छैन ।

जेष्ठ ३० गतेसम्म चल्ने महाधिवेशन आज दिउँसो १ बजे महाधिवेशन उद्घाटन समारोह राखिएको छ। १३ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने  जसपाले  जनाएको छ।याे बिशेषा महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ। अध्यक्ष बाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ।

षडयन्त्रपूर्ण तरीकाले पार्टी बिभाजन गरिएकाे र त्याे राजननीितक दल सम्बिध्न कानुन र संबिधान र नेपालकाे संबधानकाे पिन बिपरीत छ भन्ने जनाउदै जसपका अध्यक्षले सर्बाेच्चमा मुध्दा दिएका छन्र ।