आइतबार, आश्विन १८ गते २०८३

प्रम एनभिए कप राष्ट्रिय भलिबल भब्यतासाथ सम्पन्न


जेठ २७, २०८१ आइतबार
प्रम एनभिए कप राष्ट्रिय भलिबल भब्यतासाथ सम्पन्न


काठमाण्डाै- आठाैं प्रधानमन्त्री नेपाल भलिबल एसाेसियसन महिला र पुरुष कप २०८१ आठाैं दिनमा राष्ट्रिय खेलकुद संघकाे कभर्ड हल त्रिपुरेश्वरमा  भब्यताका साथ सम्पन्न भएकाे छ। प्रत्येक वर्ष हुने सर्वाधिक धनराशीकाे साे प्रधानमन्त्री राष्ट्रिय भलिबल राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल भलिबल संघले आयाेजना गरेकाे थियाे।

भलिबलमा यस अघिकाे राष्ट्रिय कप बाट क्वाटर फाईनलमा पुगेकाे राष्ट्रिय स्तरका साबिकका बिजेता पुरुष ८ टिम र महिला ६ टिम मात्र सहभागिता रहेकाे थियाे। सरकारी विभागीय राष्ट्रिय टाेलीमा त्रिभुवन आर्मि क्लब, नेपाल पुलिस क्लब, एपिएफकाे पुरुष महिला दुबै गरि ६ टिम सहभागी रहेका थिए। 

Volley5.jpeg
साथै साविककाे विजेता पुरुषमा गण्डकी प्रदेश भलिबल संघ, कर्णाली प्रदेश, काेशी प्रदेश, सुदूरपश्चिम प्रदेश, बुडानिलकण्ठ क्लब गरी आठ टिमकाे सहभागिता थियाे भने महिलामा न्यू डायमन्ड भलिबल र एभ्रेष्ट बुटवलकाे सहभागिता थियाे।

खेलकाे चर्चित खेलकुद कमेन्ट्रेटर हेमन्त राज  हमालले राष्ट्रिय भलिबलकाे लाईभ सहित कमेन्ट्री आकर्षक ढंगले गरेका थिए। लिग चरणमा प्रत्यक ७ दिन सबैले सबै टिम संग ७ दिन खेल्दा सबै लाई जितेर गण्डकि प्रदेश भलिबल संघ टिमले सबै भन्दा बढि नम्बर २० ल्याएर अग्र स्थानमा आएकाे थियाे।

यस्काे निकट्तम प्रतिद्वन्दी टिटिएच हेल्प नेपालले १८  दाेश्राे स्थान, नेपाल पुलिस क्लब तेश्राे र आर्मि चाैथाे भयकाे थियाे।लिग चरणमा महिलामा महिलामा एभरेष्ट, र पुलिस अगाडि आएका थिए।

Gandaki.jpeg

यस टिम लाई दाेहाेर्षायर फईइनल खेलाउदा पुरुषमा सबै भन्दा बढि नम्बर लियकाे गण्डकी प्रदेश लाई हेल्प नेपालले पुन जितेर प्रथम र गण्डकी द्वितीय भयकाे थियाे। तेश्राेकाे लागि नेपाल पुलिस र त्रिभुवन आर्मि लाई पुन खेलाउदा पुन नेपाल पुलिसले नै जितेर तेश्राे स्थान हासिल गरेकाे हाे।
महिलामा वनि पुन खेलाउदा जित हासिल गर्दै  धेरै अंक ल्यायकाे  एभरेष्ट दाेश्राे भयर नेपाल पुलिस प्रथम हुन सफल भयाे भने तेश्राे स्थान ले लियकाे थियाे।

प्रथम हुने पुरुषकाे टिटिएच र महिलाकाे नेपाल पुलिसले  ८ -८ लाख नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र पाएका थियाे। सबै टिमलाई जिते पनि  द्वितीय स्थानमा चित्त बुझाएकाे गण्डकी प्रदेश टिम र महिलाकाे एभरेष्ट टिमले ४-४ लाख पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र पाएकाे थियाे।

vlolley2.jpeg

सर्वाेत्कृष्ट र विधागत एक एक जनालाई आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरस्कार दिइएकाे थियाे । जाे यसप्रकार रहेका छन्ः

महिलातर्फ

सर्वाेत्कृष्ट – उषा भण्डारी (पुलिस)
स्पाइकर – केपी अनुश्री (एभरेस्ट)
सेटर – कमला पुन (पुलिस)
सर्भर – निरुता ठगुन्ना (एपिएफ)
ब्लकर – सुर्या (एभरेस्ट)
लिवेरो – शान्तिकला तामाङ (पुलिस)
प्रशिक्षक – रुपेश कुमार विष्ट (पुलिस)

विधागत पुरुषतर्फ
सर्वाेत्कृष्ट – मुवासर राजा वाटो (हेल्प नेपाल)
स्पाइकर – सन्तोष (गण्डकी)
सेटर – अदनान खान (हेल्प नेपाल)
सर्भर – रमन कुमार (गण्डकी)
ब्लकर – सफल विक (पुलिस)
लिवेरो – टोप बहादुर थापा ‘दीपक’ (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)

पुरस्कार उत्कृष्ट महिला पुरुष लाई ५० -५० हजार र बिधागत लाई २० हजारका दरले पुरस्कृत गरियकाे थियाे।