(विशेष प्रतिनिधि)
काठमाडौंकाे राष्ट्रिय भलिबल प्रतियाेगिताकाे लागि आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार तेश्रो जित हासिल गरेर उपाधिकाे प्रमुख दाबेदार बनेकाे छ। राष्ट्रिय कप साबिकमा जितेकाे दाबेदार टाेलिकाे राष्ट्रिय भलिलिबल माहनभेलामा अन्तराष्ट्रिय खेलाडिकाे पनि सहभागिता छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न दिनको छैठौं तथा अन्तिम खेलमा गण्डकीले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। गण्डकीले कोशीलाई क्रमशः २५-२१, २५-१९ र २५-२० ले हरायो । जितसँगै गण्डकीले ३ खेलबाट ९ अंक जोडेको छ। यता लगातार ३ खेलमा पराजित अंकविहीन छ ।
गण्डकी प्रदेस भलिबल संघकाे प्रमुख प्रशिक्षक रमेश केसि जस्ताे अवार्ड प्राप्त अनुभबि र दक्ष्य प्रशिक्षकले गण्डकी टिम लाई खेलाईरहेका छन्।
याे खेल बाट राष्ट्रिय खेलाडि छनाैटकाे यउटा मुख्य आधार मानिने उनी बताउछन्। नेपालमा सर्भाधिक लाेकप्रिय चर्चित भलिबल खेलाडि तथा स्पाईकर रबि केसि पनि जापन बाट भलिबल खेल्न गण्डकी प्रदेशले बाेलायकाे प्रशिक्षक केसि बताउछन्। रबि केसि राष्ट्रिय खेलाडिकाे दाबेदार मानिन्छन्।
उपाधिकाे दाबेदार प्रश्तुत गर्ने टिटिएच,आर्मि, नेपाल पुलिस,एपिएफ जस्ता राष्ट्रिय बिभागिय टाेलि पनि रहेका छन। खेल निरन्तर जारी रहेकाे छ।
नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ । लिग खेलपछि सिधै तेश्राे र फाईनल खेल हुने छ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेश्रो हुने टोलीले रु. ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। यसै गरि टफि, मेडल र प्रमाण पत्र पनि उपलब्ध हुने छ। बिधागत उत्कृष्ट्र खेलाडि लाई पुरस्कृत गरिने आयाेजकले जनाएकाे छ।
सीताराम थापा