आइतबार, आश्विन १८ गते २०८३

नेपालमा आठाै प्रम-एनभिय राष्ट्रिय भलिबल: गण्डकी प्रदेस विशेष


जेठ १८, २०८१ शुक्रबार
नेपालमा आठाै प्रम-एनभिय राष्ट्रिय भलिबल: गण्डकी प्रदेस विशेष

 

*सीताराम थापा
( विशेष प्रतिनिधि) 

आठाै प्रधानमन्त्री कप( एनभिए) नेपाल भलिबल संघ द्वारा आयोजनामा हुने  महिला तथा पुरुष भलिबल प्रतियाेगिताकाे भाेलि  ब्यवस्थापन र तयारी पुरा भएको छ । 

राष्ट्रिय भलिबल प्रतियाेगिता जेठ १९ देखि २८ गते सम्म त्रिपुरेश्वर अस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कबर्डहलमा आयोजना जेष्ठ १९ गते  ३.  बजे बाट उधघाटन खेल सुरु हुने प्रतियाेगिताका संयाेजक यूवराज श्रेष्ठले जानकारी दियका छन।
उद्वघाटन खेलमा प्रधान मन्त्री, खेलकुद मन्त्री, राखेपका सदस्य सचिब, ओलम्पिक कमिटिका अध्यक्ष, लगायत बिशिष्ठ ब्यक्तिहरुकाे सहभागिता रहने छ।

खेलमा यस अघि एनभिय कपमा क्वाटर फाईनल प्रबेस गरेका राष्ट्रिय स्तरका पुरुष ८ टिम र महिला ६ टिम प्रतियाेगितामा प्रतिस्पर्धा गर्ने छन् । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुने भएकाे बताईन्छ।

gandaikvolleybaall.jpeg

गण्डकी प्रदेसकाे विशेष तयारी: -
आठाै प्रम एनभिय भलिबल राष्ट्रिय प्रतियाेगितामा बिगतमा क्वाटर फाईनल पुग्न सफल नेपालमा लाेकप्रिय गण्डकी प्रदेस भलिबल संघका टाेलिले विशेष तयारी गरेकाे गण्डकी प्रदेसका प्रमुख प्रशिक्षक रमेस केसिले जानकारी दिनु भयाे।
गण्डकी प्रदेस भलिबल टिमले नेपालकाे प्रदेस स्तर बाट पटक-पटक बिभागिय टाेलि लाई समेत जित हासिल गरेर राष्ट्रिय स्तरमा सर्बाधिक लाेकप्रिय बनेकाे टिम लाई यसपटक उपाधि हासिल गर्ने तयारी रहेकाे केसिले नेपाल पत्र राष्ट्रि न्यूज लाई बताय।

गण्डकी बाट प्रशिक्षण गराउदै खेल खेल्ने उत्कृष्ट खेलाडिकाे नाम पत्रचार गरि खेलाडि, प्रशिक्षक, ब्यवस्थपककाे नामावलि सार्वजनिक भयकाे छ।
गण्डकी टिम बाट खेल खेल्न जापन जानु भएकाे चर्चित भलिबल खेलाडि रबि केसि लाई जापनकाे खेल प्रेम समय छाेट्टयायर खेल्न बाेलाएकाे केसिले बताय।चर्चित भलिबल खेलाडि रबि केसि आजै नेपाल आईपुग्ने छन्। 

team.jpeg

यस अघि रबि केसि राष्ट्रिय एनभिय कपमा उत्कृष्ट खेल प्रदर्शन गरि ३ पटक गण्डकी टिम बाट मेन अफ द म्याच बनेका उनी यु- २३ राष्ट्रिय टिम बाट  समेत खेलेकाे ब्यक्ति हुन्। 
गण्डकी टिममा धेरै उत्कृष्ट खेलाडि मध्य बाट छनाैट गरिएकाे र खेलमा छिमेकि देसका  खेलाडिले पनि गण्डकी प्रदेस  बाट प्रदर्शन गर्ने प्रहिक्षक रमेस के सि बताउछन्। यस तयारीले गण्डकी मात्र नभयर एउटा पब्लिक टिम बाट उत्कृष्ट खेलाडि छनाैट र खेल प्रदर्शनकाे सर्बाधिक चासाेकाे बिषय सामाजिक संजालमा देख्न सकिन्छ।

गण्डकी भलिबल संघ बाट खेल खेलाउन अनुभबि र उत्कृष्ट प्रशिक्षक बिधामा राष्ट्रिय सम्मान पाई सकेकाे गण्डकिकाे प्रमुख प्रशिक्षक रमेस  के.सि.लगायतकाे विशेष भूमिका हुने छ।
गण्डकी प्रदेस भलिबल टिमलाई देस बिदेसमा रहेका खेल प्रेमि ब्यक्तिहरुकाे सहयाेग सद्भाब निरन्तर रहेर दर्शककाे मन जित्न सफल सदैब भयकाे छ।

* थापा विशेष प्रतिनिधि एवं सामाजिक अभियान्ता पनि हुन्।