आइतबार, आश्विन १८ गते २०८३

सबै ३४ फौज्दारी कसुरमा पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्प दोषी


जेठ १८, २०८१ शुक्रबार
सबै ३४ फौज्दारी कसुरमा पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्प दोषी

 एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा  अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहरिएका छन्।

अमेरिकाकाे न्यायिक इतिहासमा भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो। अब अदालतले जुलाई ११ मा उनीविरुद्धकाे  सजाय सुनाउने छ।

पूर्ब राष्ठ्रपति ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ। कानुनविद्हरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको पनि बताएका छन्।

कसुरदार ठहरिएका पूर्ब राष्ट्रपति ट्रम्पले अदातलकाे यो आदेशलाई "कलङ्क" भन्दै उक्त मुद्दा हेर्ने निकायकोअध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन्।
बर्तमान अमेरिकी राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा अदालतकाे यो आदेश  दिएको हो।याे फैसला गर्नु अघि  २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म अदालतले बयान लिएको थियो। बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि "चुप बस्न" रकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि रहेकाे बताइन्छ ।यस सम्बन्धमा  ट्रम्पका एक वरिष्ठ अधिवक्ताले 'फक्स न्यूज'लाई बताएअनुसार पूर्वराष्ट्रपतिको कानुनी टोलीले पुनरावेदनका लागि “सबै उपायमाथि छलफल” गरिरहेको बताएका छन्।
याे अदालतको निर्णय वर्तमान अमेरिकी प्रशासनका लागि ठूलो जित भएको म्यान्हटनका पूर्वअभियोजक डङ्कन लेभिनले बताए।उनका अनुसार “यो मुद्दा बलियो रूपमा पुष्टि भएको र एक जनाको बयानले मात्रै नभई बिभिन्न कागजपत्र, इमेल र फोन अभिलेखले त्यसलाई पुष्टि गरेको थियो”।

उनले ट्रम्पले न्यायलाई "अवमूल्यन गर्न" आफ्नो सबै शक्ति प्रयोग गरेको भन्दै १० पटक फौजदारी अवहेलनामा संलग्न भएको पाइएको पनि बताए।उनले भने -“यो अभियोजकहरूको ठूलो जित हो।”अदालतमा बयान दिन उपस्थित भएका ट्रम्पका पूर्ववकिल माइकल कोएनले भने आफू "चिन्तामुक्त" भएको तर आश्चर्यचकित नभएको प्रतिक्रिया दिएकाे समाचारमा उल्लेख छ । 

साभार -बिभन्न न्यूज एजेन्सी