नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको शनिबार बसेको बैठकले चितवनलाई आधार मानी आजदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य तोकेको हो ।
नयाँ मूल्य अनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ४६५ रुपैयाँ पर्नेछ । ठूलो अन्डा प्रतिक्रेट ४८० रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय रुपैयाँ पर्ने संघले जनाएको छ । गर्मीका कारण अण्डा उत्पादन घटेपछि अन्डाको मूल्य बढेर गएको छ ।