शनिबार, आश्विन १७ गते २०८३

दक्षिण एशियाकी एक सशक्त महिला अभियन्ता प्रखर वक्ता कमला भासिनको देहावसान

आश्विन ९, २०७८ शनिबार
दक्षिण एशियाकी एक सशक्त महिला अभियन्ता प्रखर वक्ता कमला भासिनको देहावसान

दक्षिण एशियाली क्षेत्रकी एक शसक्त महिला अभियन्ता, मानबाधिकारकर्मी एबं बर्गीय शोषण र सामाजिक उत्पीडन अन्त्य हुनुपर्दछ भन्ने दृढ मान्यता राख्ने महिला नेत्री कमला भासिनको क्यान्सरको बिमारीले आज बिहान असामयिक निधन भएको छ।

पिछडिएको प्रचलित मूल्य, मान्यता र परम्परमा बिरुद्ध महिला पुरुष समानता र न्यायको प्रखर महिला ब्यक्ति यस क्षेत्रले गुमाएको छ । महिला अधिकाको संघर्ष पुरुप बिरुद्ध होइन गलत सामाजिक बिकृति र मूल्य मान्यतका बिरुद्ध हो भन्ने प्रष्ट धारण थियो । उहाँको ७५ बर्षमै असामयिक निधन भयो ।

उहाले संयुक्त राष्ट्र संघ अन्तरगतको कृषि तथा खाद्य संगठनमा पनि काम गरिसक्नु भएको थियो ।